फाइल तस्बिर। काठमाडौं– नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले महामन्त्रीमा आफूले नजिते पनि आफ्नो पुस्ताको विजय भएको बताएका छन्।
महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन शुक्रबार आयोजित कार्यक्रममा उनले चुनावमा गएपछि हार–जित स्वाभाविक भएको उल्लेख गर्दै मित्रवत् प्रतिस्पर्धालाई सामान्य रूपमा लिएको बताए।
‘हामीले सँगै पार्टीका कमजोरीमाथि प्रश्न उठाएका थियौँ। म पनि उत्तर दिने ठाउँमा जान चाहन्थेँ, तर म सफल हुन सकिनँ,’ उनले भने, ‘जो साथीहरू पुग्नुभएको छ। फेरि हिजोजस्तै नहोस्, नयाँ प्रश्न उठ्ने ठाउँ नहोस्। हाम्रो पुस्तामा धेरै आशा छ। कार्यशैली फरक होस्।’
चुनाव जित्न पार्टीमा एकता आवश्यक भएको उनले बताए। ‘आन्तरिक प्रतिस्पर्धाको विधि पनि बदल्नु आवश्यक छ। नीतिसहितको नेतृत्व आउने अवस्था हुनुपर्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।