काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुला)तर्फको मतगणना शनिबार गरिने भएको छ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार केन्द्रीय सदस्य (खुला) तर्फको मतगणना भोलि (शनिबार) विहान १० बजेबाट सुरु गरिन लागिएको हो।
केन्द्रीय सदस्य (खुला)तर्फ ३५ जना निर्वाचित गर्ने व्यवस्था छ। ३५ जनाको लागि ९९ जनाले उम्मेदवारी दिएका छन्।
संयोजक घिमिरेले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रत्येक उम्मेदवारले आफू वा आफ्नो १ जना प्रतिनिधि मतगणना कार्यमा उपस्थिति गराउन आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।