काठमाडौं- पिछडिएको क्षेत्रबाट अर्जुनजङ्ग बहादुर सिंह कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
कुल खसेको ४६७२ मतमा २६७७ मत प्राप्त गरी सिंह विजयी भएका हुन्। एक पदका लागि सिंह र दीपक जङ्ग शाहीको प्रतिस्पर्धा भएको थियो। पराजित शाहीले २०५६ मत प्राप्त गरे।
विजयी सिंह देउवा पक्षका हुन्। बझाङका उनी पूर्व राजदूत समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।