काठमाडौं- नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सोमबार प्रस्तुत गरेको दस्तावेजमाथि प्रतिनिधिहरुले आज दिनभर छलफल गर्ने भएका छन्।
छलफलका लागि २५ वटा समूह बनाइएको छ। प्रवक्ता कृष्णबहादुर महराका अनुसार आज दिनभरि ती समूहहरुलाई छलफलको समय दिइएको छ। बुधबार भने छलफलको निष्कर्षसहित प्रस्तुतीकरण हुने उनको भनाइ छ।
'हामीले २५ वटा समूह बनाएका छौं। हाम्रो प्रदेश समिति संख्या ९ वटा छ। त्यसका दुई-दुई वटा समूह बनाइएको छ। ज्येष्ठ कम्युनिस्ट मञ्च र सल्लाहकार परिषद्को दुई-दुईवटा ग्रुप बनाएका छौं। त्यस्तै जनवर्गीय संगठनको समूह हुन्छ। विभाग र परराष्ट्रको पनि समूह हुन्छ,' उनले भने।
छलफलका लागि अधिकांश समूहले प्रज्ञा प्रतिष्ठानकै हल उपयोग गर्ने छन्। केही समूहले पार्टी कार्यालय पेरिसडाँडा र पार्टी प्यालेसमा पनि छलफल गर्ने छन्।
कुन समूहले कहाँ छलफल गर्ने छन् भन्नेबारे पनि व्यवस्था गरिएको छ।
कुन समूहको छलफल कहाँ?
१. ज्येष्ठ कम्युनिस्ट मञ्च- प्रज्ञा भवन
२. सल्लाहकार परिषद- प्रज्ञा भवन
३. सल्लाहकार परिषद- प्रज्ञा भवन
४. प्रदेश १ क - भानुभक्त हल प्रज्ञा
५. प्रदेश १ ख- भानुभक्त हल प्रज्ञा
६. प्रदेश २ क- पारिजात हल प्रज्ञा
७. प्रदेश २ ख- पारिजात हल प्रज्ञा
८. लुम्बिनी प्रदेश क- पुस्तकालय हल प्रज्ञा
९. लुम्बिनी प्रदेश ख- पुस्तकालय हल प्रज्ञा
१०. गण्डकी प्रदेश क- पेरिसडाँडा
११. गण्डकी प्रदेश ख- पेरिसडाँडा
१२. प्रवास- पेरिसडाँडा
१३. कर्णाली प्रदेश क- ए वान पार्टी प्यालेस
१४. कर्णाली प्रदेश ख- ए वान पार्टी प्यालेस
१५. सुदूरपश्चिम प्रदेश क- ए वान पार्टी प्यालेस
१६. सुदूरपश्चिम प्रदेश ख- ए वान पार्टी प्यालेस
१७. विभाग क- क्वालिटी ब्याङ्क्वेट
१८. विभाग क- क्वालिटी ब्याङ्क्वेट
१९. उपत्यका विशेष प्रदेश- क्वालिटी ब्याङ्क्वेट
२०. सम्पर्क समन्वय क- क्रिष्टल पार्टी प्यालेस
२१. सम्पर्क समन्वय ख- क्रिष्टल पार्टी प्यालेस
२२. बागमती प्रदेश क- वानेश्वर ब्याङ्क्वेट
२३. बागमती प्रदेश ख- वानेश्वर ब्याङ्क्वेट
२४. आयोग- काठमाडौं ब्याङ्क्वेट
२५. जवस,मोर्चा इन्चार्ज, कार्यालय, एकता- काठमाडौं ब्याङ्क्वेट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।