काठमाडौं- नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्दै विश्वका धनी देशहरुले प्रकृति र मानवीय संरचनामा खर्चगर्नु पर्ने रकम हातहतियार र सैन्य शक्तिमा खर्च गरेको उल्लेख गरेका छन्।
उनले पहिलो र दोस्रो विश्वयुद्धको अनुभवबाट तेस्रो विश्वयुद्ध रोक्ने प्रयत्न गरिए पनि सामाज्यवादी गुटहरुका बीचमा प्रतिस्पर्धा नरोकिएको बताएका छन्।
यस्तै, विश्व युद्धको समाप्तिपछि पनि नाटो मार्फत् विश्वमा विभिन्न प्रकृतिका युद्ध र हिंसा थोपर्ने, कठपुलती सरकार निमार्ण गर्ने, प्रकृतिक श्रोत र मानव श्रम लुट्ने प्रक्रिया भने चलिरहेको प्रचण्डले प्रतिवेदनमा उल्लेख गरेका छन्। प्रचण्डले उक्त प्रतिवेदनमा विश्वको ७० देशमा अमेरिकाको सैन्य शक्ति फैलिएर रहेको बताएका छन्।
विश्वका ११ देशले सुरक्षा र सैन्य क्षेत्रमा गरेको लगानी

विश्वका ठूला र धनी देशहरुले गरेको आविस्कारहरु पुँजीपतिहरुको हातमा नाफा कमाउन सहयोग गर्ने साधनका रुपमा प्रयोग हुन्छन् र तिनले प्रकृति, समाज र मानवजातिको हितमा स्वतः कम गर्न नसक्ने प्रचण्डको तर्क छ।
भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय पूँजीवादले विज्ञान प्रविधिको प्रयोगबाट उत्पादक शक्तिको विकास गरी अत्यधिक नाफा केन्द्रित गरे पनि उत्पादन सम्बन्धका दृष्टिले धनी र गरिबका बीचको खाडल झन् भयानक बन्न गएको तथ्य स्वयम् पूँजीवादी अर्थशास्त्रीहरुले नै स्वीकार गरेको प्रचण्डले प्रतिवेदनमा उल्लेख गरेका छन्।
प्रतिवेदनमा प्रचण्डले भनेका छन्, ‘आज वर्गीय अन्तरविरोध यति विकराल भएको छ कि जसको तुलना इतिहासको कुनै पनि कालखण्डसँग गर्न सकिँदैन। यदी विश्वका एकसय जना मात्र धन कुबेरहरु मिलेर खरिद गर्न चाहेमा विश्व नै खरिद गर्न सक्ने भयावह स्थिति आज बनेको छ।'
उनले संसारको कुल जनसंख्याको झण्डै ७५ प्रतिशत जनता अल्प विकसित र विकाशील देशहरुमा रहेका बताएका छन्।
जसको साथमा संसारको कूल सम्पत्तिको १५ प्रतिशत मात्र रहेको उनको बुझाइए छ। प्रतिवेदनमा भनिएको छ, ‘झण्डै ८५ प्रतिशत सम्पत्ति २५ प्रतिशत जनसंख्या रहेका धनी देशहरुमा केन्द्रित रहेको र त्यो सम्पत्तिको अत्यन्त ठूली हिस्सा तिनै धनी देशका पनि सिमित धनाढ्यहरुको कब्जामा रहेको छ।’
विश्वको सबैभन्दा धनी १० जनाको सम्पत्ति [विलियन अमेरिकी डलरमा]

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।