• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
कमलादीमा भेटिएका ‘राता मान्छेहरू’ : मलाई नसोध कहाँ दुख्छ घाउ!
64x64
धनु विश्वकर्मा बुधबार, पुस १४, २०७८  १२:०५
1140x725

काठमाडौं– मध्य पुसमा काठमाडौं निकै चिसिएको छ। गुल्जार गल्लीहरु सबेरै निदाउँछन्। बिहान अबेर उठछन्। चिसोले ठिहिर्‍याएको छ काठमाडौंका कानहरू। नाकबाट पानी बगिरहेको छ। र, कठ्याङ्ग्रिएका छन् औंलाहरू।  

तर, कमलादीस्थित प्रज्ञा भवन भने माओवादी महाधिवेशनको रापतापले तातिएको छ। जहाँ देरैभरबाट आएका ‘ऊर्जावान’ कार्यकर्ता र महाधिवेशन प्रतिनिधिले एक/एक ‘मसाल’को काम गरिरहेका छन्। यस्तै एक मसाल हुन्, उदयपुरको कटारी–२ का विनोद कटुवाल।

उनी माओवादीको उदयपुर जिल्ला अध्यक्ष पनि हुन्। उनको परिचय यत्तिमै सीमित छैन। उनको परिचयमा एउटा पीडा, एउटा घाउ पनि जोडिएको छ कहिल्यै नमेटिनेगरी– सहिद परिवारका सदस्य।

उनी सकेसम्म ती दिनहरु सम्झन चाहँदैनन्। जब उनलाई ती दिनहरु सम्झना आउँछ, मनमा विद्रोहको ज्वारभाटा उम्रिन्छ। आक्रोशका छालहरु उर्लिन थाल्छन्। पीडाको प्यारामिटर उकालो लाग्छ।  

विनोदका अनुसार उनी १२ वर्षको हुँदा राज्य पक्षले उनका बुवा मोहन कटुवालको हत्या गर्‍यो– २०५५ सालमा। बुवाको हत्या गरेको चार वर्षपछि राज्य पक्षले नै विनोदकी आमा गंगाको हत्या गर्‍यो–२०५९ मा। विनोद र उनका दाजुबहिनीले बुवाआमाको लास समेत हेर्न पाएनन्।

उसो त विनोद आमाको हत्या हुनुभन्दा २ वर्षअघि नै माओवादीमा पूर्णकालीन भइसकेका थिए। जब, बुवाको हत्या भयो उनको बाल मष्तिष्कमा प्रतिरोधको बिउ रोपियो। उनी कक्षा ८ मा पढ्दापढ्दै १४ वर्षकै उमेरमा ‘मृत्यु या मुक्ति’का लागि ‘राता मान्छे’हरुसँग गोलबन्द भए। 

समय बित्दै गयो। माओवादी हतियार बिसाएर शान्ति प्रक्रियामा आयो। पटक-पटक सरकारमा सहभागी भयो। केहीपल्ट सरकारको नेतृत्व गर्‍यो। तर, विनोदजस्ता कयौं मान्छेहरूको पीडा सम्बोधन गर्न सकेन। सशस्त्र युद्धकालमा अभिभावक गुमाएका, सन्तान गुमाएका र बेपत्ता पारिएकाका आफन्तहरूको पीडा उस्तै छ। घाउ उस्तै छ।

संक्रमणकालीन न्याय निरुपणमा माओवादी र राज्यले चासो नदिँदा विनोदहरु पीडा गुनगुनाइरहेका छन्। हरिभक्त कटुवालको शब्दमा नारायण गोपालले भनेजस्तै– मलाई नसोध कहाँ दुख्छ घाउ!

माओवादी भएकै कारण उनको परिवार विस्थापित भयो। उनीहरू माओवादीको सहयोगमा सिन्धुपाल्चोकमा आएर विस्थापित जीवन बिताए। उनका दाजु पनि भूमिगत भएका थिए। तर, शान्ति प्रक्रियापछि भने उनी राजनीति त्यागेर घरव्यवहारमा रमाइरहेका छन्।

विनोदले पनि युद्धकालमै मकवानपुरकी शर्मिला पाख्रिनसँग जनवादी विवाह गरे। उनीहरुको दुई छोरा छन्। शर्मिलाले पनि युद्धकालमा बुवा गुमाइन्। विनोद राजनीतिमा सक्रिय रहेपनि शर्मिला भने घरायसी जीवनमै अल्झिरहेकी छन्। 

आफूले लामो समय रगत, पसिना बगाएको पार्टी उनलाई अहिले कस्तो लाग्छ त? भन्छन्, ‘पार्टी पुँजीवादमा फस्यो। सहिद परिवार, घाइते, अपांग र बेपत्ताका पीडा जस्ताका तस्तै छन्। गणतन्त्रका लागि आहुती दिनेहरु खोइ कता छन् आज?’ 

नेतृत्वले अब यी समस्या सम्बोधन गरोस् भन्ने विनोदको चाहना छ। 

‘जनयुद्ध’की हसिना अमिना बनेर काठमाडौं आइन्
कपाल सेतै छ। मुजा परेका उनका गालाहरुले निर्धक्क बुढ्यौलीको परिचय दिइरहेका छन्। तर, सर्लाहीको चक्रघट्टा गाउँपालिका–३, सुन्दपुरकी अमिना खातुनले कहिल्यै निर्धक्कको जीवन बाँच्न पाइनन्। थाहा छैन, गाउँको नामजस्तै उनको जीवन कहिले सुन्दर हुन्छ? 

तर, उनी हरेकपटक माओवादीका कार्यक्रममा सहभागी भइरहन्छिन्। नहोऊन् पनि कसरी! उनी आफैं द्वन्द्वकालमा भूमिगत भएकी थिइन्। उमेरले ६ दशक नजिक पुगेकी अमिनाले कक्षा २ सम्म मात्र पढेकी छन्। 

महिला र दलितमाथि भइरहेको शोषनका विरुद्ध उनी २०५४ सालमै भूमिगत भइन्। विद्रोहको मसाल सल्काइन्। अन्यायका विरुद्ध आगो ओकल्न हिँडिन्। उनी युद्धमा हिँडिन्, यता उनका पति तहिदर रहमान बेपत्ता भए। अहिलेसम्म उनी बेपत्ता छन्। युद्धकालमा हसिना भनेर चिनिएकी अमिनालाई अब आफ्ना बेपत्ता लोग्ने फर्केर आउँछन् भन्ने आश छैन। तर, बेपत्ताहरुको खोजीका लागि पार्टीले केही गरिदिए हुन्थ्यो भन्ने चाहिँ लागिरहन्छ।

माओवादीको जारी महाधिवेशनमा उनी मुस्लिम कोटाबाट प्रतिनिधि भएर आएकी रहिछन्। उनले महाधिवेशनमा अध्यक्ष प्रचण्डलाई भेट्ने मौका पाइन्। अमिना माओवादी र राज्यबीच शान्ति सम्झौता भएपछि पहिलोपटक काठमाडौं आएकी हुन्। त्यतिबेलाको भेटमा प्रचण्ड तन्नेरी लाग्थ्यो उनलाई। तर, अहिले प्रचण्ड बूढो लाग्छ– बूढो हुँदै गएको माओवादी आन्दोलनको रापतापजस्तै। 

‘प्रचण्ड पनि बूढा भएछन्। आन्दोलन पनि बूढो भयो। हिजोजस्तो जोस, जाँगर रहेन’, प्रज्ञा भवन परिसरमा टाँगिएका नारैनाराको फ्लेक्सतर्फ हेर्दै अमिनाले लामो सास तानिन्।

‘जनयुद्ध’को निसाना बोकेका पासाङ
२०५७ साल वैशाख वैशाख ४ गते। नयाँ वर्षको रौनक बाँकी नै थियो। त्यो भन्दा बढी देशमा द्वन्द्वको आगो झन् बढिरहेको थियो। लिखुपिके गाउँपालिकाका पासाङ शेर्पा त्यही दिन माओवादी युद्धमा होमिए। 

पहिले एमालेन अखिलमा लागेका उनलाई माओवादीका अजेण्डा मन परे। पछि उतै लागे। माओवादीमा सेनाको कमाण्डर भएर काम गरे। 

दुःखद् संयोग! उनी वैशाखमै घाइते भए। २०६२ वैशाख २० गते युद्धबिराम हुँदै थियो। त्यसको तीन दिन अगाडि मोरङको रमितेमा उनी सेनासँगको दोहोरो भिडन्तमा परे। गोली लागेर उनको तिघ्राको हड्डी छिया छिया भयो। युद्धको निसाना बोकिरहेका पासाङ अहिले पनि वीर अस्पतालमा उपचारका लागि पुगिराख्छन्। वीरमा उनको उपचार चलिरहेको छ। 

घाइते अपांग संघको केन्द्रीय उपाध्यक्षसमेत रहेका पासाङ माओवादीको राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका छन्। 

‘अहिलेसम्म औषधी खाइराख्नुपर्छ। हिँड्न गाह्रो हुन्छ। फुटेको ठाउँमा स्टिल राखेको छ। त्यही स्टिलले फेरि समस्या गराएको छ’, पासाङ भन्छन्, ‘अस्पतालले फेर्नुपर्छ भनेको छ। यो निकै खर्चिलो छ। पहिले संगठनले उपचार गर्‍यो। मेरो आफ्नै ७/८ लाख खर्च भइसकेको छ।’

माओवादीप्रति उनका धेरै गुनासा छन्। द्वन्द्वका घाइतेलाई उपचार गर्न नसकेको माओवादीप्रति आक्रोशित पनि छन्। 

‘श्रेणीका आधारमा भत्ता दिन्छु भनेको राज्यले। तर, पावर हुनेले पाएका छन्। जो युद्धका वास्तविक घाइते हुन्, तिनले पाएका छैनन्’, उनले भने। 

उनले माओवादी महाधिवेशनस्थल चहारे। भित्ताहरूमा प्रचण्ड–बाबुरामका फोटा टाँसिएका छन्। तर, युद्धमा बलिदान गरेका सहिदहरुका फोटो नदेख्दा पासाङको मन दुख्यो। हिजो राज्यसँग लडेका उनी आज पार्टीसँग लड्नु परिरहेको बताउँछन्।

‘यो परिवर्तन सामन्तीले किस्तीमा राखेर दिएको होइन। यी सहिद, घाइते र बेपत्ताको रगतमाथि होली खेलेर आएको हो’, उनी आक्रोशित बने, ‘सकिन्छ सम्मान गर। सक्दैनौ, अपमान पनि नगर।’

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्