काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेस गरेको प्रतिवेदनमा अन्य दललाई हेर्ने दृष्टिकोण स्पष्ट नभएको प्रतिनिधिहरुले उठाएका छन्। उपत्यका विशेष प्रदेश समूहको छलफलमा सहभागीहरुले यस्तो टिप्पणी गरेका हुन्।
क्वालिटी बैङ्क्वेटमा जारी छलफल सहभागीहरु कांग्रेस, एमाले, एकीकृत समाजवादी र राप्रपालगायत दललाई हेर्ने दृष्टिकोण के हो भन्दै प्रचण्डको प्रतिवेदनमाथि प्रश्न उठाएको एक नेताले बताए।
'हामी समाजवादमा पुग्ने भनेका छौं, कुन-कुन मित्र शक्ति हुन्, कुन-कुन वर्ग प्रतिस्पर्धी हुन्, कुन दललाई हेर्ने के दृष्टिकोण हो प्रतिवेदनमा स्पष्ट नभएको कुरा प्रतिनिधिहरुले उठाउनुभएको छ,' तीन नेताले भने।
माओवादीले प्रतिवेदनमाथि समूहगत छलफलका लागि २५ समूहमा विभाजन गरेको। ती समूहलाई छलफलका भोलिसम्मको समय दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।