• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
आर्थिक वर्षको आधा अवधिसम्म पुँजीगत खर्च निराशाजनक, ३० प्रतिशत पुर्‍याउने अर्थमन्त्रीको निर्देशन 'अलपत्र'
64x64
सुमित्रा कार्की बिहीबार, पुस २२, २०७८  ११:३०
1140x725

काठमाडौं- पुस ५ गते अर्थ मन्त्रालयले पुँजीगत खर्चसम्बन्धी अन्तरमन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो। छलफलमा अर्थमन्त्री, अर्थसचिवसहित मन्त्रालयका उच्च अधिकारीहरुका साथै विकास बजेट खर्च गर्ने सबैजसो मन्त्रालयका सचिवहरु सहभागी थिए।

कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ-आफ्नो मन्त्रालयको पुँजीगत खर्च ३० प्रतिशत पुर्‍याउन सबै मन्त्रालयहरुलाई आग्रह गरे। उनले पुँजीगत खर्च नबढाए रकमान्तर गरेर अन्यत्र दिने चेतावनीसमेत दिए। पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले गर्नुपर्ने सहमति, समन्वयलगायतका कार्यहरू समयमै गर्ने प्रतिबद्धतासमेत जनाए।

अर्थमन्त्री शर्माले निर्देशन दिइरहँदा उक्त दिन (पुस ५)सम्मको पुँजीगत खर्च ६.७ प्रतिशत थियो। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार मंगलबार (पुस २०) सम्म यस्तो खर्च ८.७७ प्रतिशत पुगेको छ। यसबाट अर्थमन्त्रीले निर्देशन दिएयता पुँजीगत खर्च दुई प्रतिशतले मात्र बढेको देखिन्छ। त्यसैले अब पुस मसान्तभित्र अर्थमन्त्रीको निर्देशनबमोजिम खर्च हुने संकेत कतैबाट देखिँदैन। यद्यपि, मन्त्रालयगत खर्चको विवरण यहाँ उल्लेख गरिएको छैन। तर, अर्थ मन्त्रालयकै अधिकारीहरु पनि अबको एक सातामा पुँजीगत खर्च ३० प्रतिशत पुग्ने आधार नभएको स्वीकार गर्छन्।

महालेखा नियन्त्रक कार्यालयका अनुसार एक महिनाअघि (मंसिर २० गतेसम्म) पुँजीगत खर्च ५.६६ प्रतिशत रहेको थियो। एक महिनाको अन्तरालमा यस्तो खर्च जम्मा ३.०१ प्रतिशतले मात्र बढेको छ। 

गत आर्थिक वर्षको पुस मसान्तमा पनि पुँजीगत खर्च १४.१९ प्रतिशतमा सीमित थियो। चालु आर्थिक वर्षको तथ्यांक त्यो भन्दा निराशाजनक छ। अर्थमन्त्रीको निर्देशनअनुसार ३० प्रतिशत पुर्‍याउन पुस महिनामा मात्र करिब २३ प्रतिशत खर्च गर्नुपर्ने हुन्छ, जुन सम्भव नै नभएको एक पूर्वअर्थमन्त्री बताउँछन्। 

उनले भने, ‘एक महिनामै २३ प्रतिशतभन्दा धेरै पुँजीगत खर्च गर्नु भनेको सानो कुरा हैन। यो सम्भव हुने कुरा भएन। तर, अर्थ मन्त्रालयमा ठूला आयोजनाको पैसा रोकिएर बसेको र त्यो पैसा यही महिनामा जाने अवस्था आयो भने ३० प्रतिशत नै पुँजीगत खर्च नभए पनि केही बढ्नसक्ने अनुमान लगाउन चाँहि सकिन्छ।’

किन भएन पुँजीगत खर्च?
पुँजीगत खर्च हुन नसकेकोबारे अर्थ र विकासे मन्त्रालयका अधिकारीहरु एक अर्कालाई दोष देखाउने गर्छन्। विकास बजेट धेरै लिने मन्त्रालयहरुले काम नगर्दा पुँजीगत खर्चमा प्रगति हुन नसकेको अर्थका अधिकारीहरु बताउँछन्। यता, अन्य मन्त्रालयका अधिकारीहरु भने अर्थ मन्त्रालयकै अलमलले खर्चमा सुस्तता हुने गरेको आरोप लगाउँछन्। अर्थबाट समयमा भुक्तानी नहुने, नीतिगत झण्झट, वनको अड्को, अदालतको 'स्टे अर्डर' लगायतलाई पनि उनीहरुले ढिलाइको कारण देखाउने गरेका छन्। 

अर्थ मन्त्रालयका एक अधिकारीले विकासे मन्त्रालयहरुले काम गर्नेभन्दा पनि बढी बहाना बनाउने गरेको दाबी गरे। ‘अर्थ मन्त्रालयले गर्ने कामहरु तीव्र गतिमा भएको छ। अर्थ मन्त्रालयले गर्ने निरन्तर काम पनि त्यति धेरै हुँदैन। तर, उहाँहरुले गर्ने कामको गति सुस्त भएको छ। विकास निर्माणका काम गर्ने भौतिक पूर्वाधार, ऊर्जा, सहरी विकास, खानेपानीलगायत मन्त्रालय तथा ठूला निकायको काम सुस्त हुँदा पुँजीगत खर्च बढाउन सकिएको छैन।’

विकासे मन्त्रालयले पुस महिना पछाडि मात्र विकासको कामले तीव्रता पाउने बताएको उनले जानकारी दिए। अर्थका ती अधिकारी भन्छन्, ‘विकासका काम गर्ने मन्त्रालयहरुका भनाइमा अहिले काम राम्रोसँग अगाडि बढ्न सकेको छैन। अहिले विकासको कामको सुरुआत भइरहेको छ। यसले पुस पछिबाट लय समात्छ।’

अर्थ मन्त्रालयले ती मन्त्रालयहरुलाई पुस मसान्तसम्म ३० प्रतिशत खर्च गर्ने कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएको भए पनि अहिलेसम्म कुनै कार्ययोजना पेस नगरेको उनले बताए। ‘विकास खर्च गर्न मन्त्रालयलाई कहाँ कस्तो खालको अप्ठ्यारो छ भनेर हामी दैनिकजसो अनौपचारिक/औपचारिक रुपमा बुझिरहेका छौं। सबैले आफ्ना समस्याहरु देखाउनुभएको छ। कसैले ठेक्काको काम ढिला भएको बताएका छन्। कसैले वनसम्बन्धी समस्या देखाउनुभएको छ। कसैले जग्गा मुआब्जाको कुरा नमिलेको कुरा निकाल्नुभएको छ,’ ती अधिकारीको भनाइ छ।

अर्थ मन्त्रालयले समयमा फाइल पास नगर्दा पनि विकासको काम रोकिएको भन्ने आरोपमा सत्यता नभएको उनको भनाइ छ। त्यसरी काम रोकिएको भए अनुसन्धान गरेर जतिसक्दो छिटो काम गर्ने तयारी गरिहेको ती अधिकारीले सुनाए।

अर्थ समितिमा छलफल
प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले सोमबार धेरै विकास खर्च गर्ने मन्त्रालयका मन्त्री तथा सचिवहरुसँग चालु आर्थिक वर्षको पुँजीगत खर्चसम्बन्धी छलफल गरेको थियो।

समितिले पुँजीगत खर्चबारे भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, वन तथा वातावरण, सहरी विकास, ऊर्जा जलस्रोत तथा सिँचाइ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवहरुसँग जानकारी लिएको हो। मन्त्रालयका प्रायः सबै सचिवहरुले चालु आर्थिक वर्षको चार महिनामा पुँजीगत खर्च सुधार नभएको स्वीकार गरेका थिए।

भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रमान श्रेष्ठले अर्थ मन्त्रालयबाट करिब साढे दुई अर्ब रुपैयाँ बराबर बजेट भुक्तानी रोकिएको बताए। सचिव श्रेष्ठले चालु आर्थिक वर्षको सुरुआतमा सरकार परिवर्तन भइ बजेटका योजनाहरु रोकिँदा सोचेअनुसार पुँजीगत खर्च नभएको बताए। उनले नयाँ सरकारले सबै योजनाहरु रोकेर प्रतिस्थापन विधेयक ल्याएको कारण तीन महिना योजना कार्यान्वयनमा ढिलाइ भएको दाबी गरे। 

'साउन र भदौमा ठेक्का व्यवस्थापन गर्नुपर्नेमा यो वर्ष कात्तिक र मंसिरमा मात्रै व्यवस्थापन गरिएको थियो। करिब अढाइ अर्ब खर्च भएको भुक्तानी हुन सकेको छैन। अर्थ मन्त्रालयले भुक्तानीमा किन ढिलाइ गरिरहेको छ बुझ्न सकिएको छैन। त्यस्तै, यसअघि खारेज गरिएका तीन सडक डिभिजन कार्यालयहरूबाट हुने काम नहुँदा थप समस्या आएको छ,' सचिव श्रेष्ठले भने। मन्त्रालयबाट काम भइरहेका र भइसकेका आयोजनाको भुक्तानीसमेत अर्थले रोकिदिएकोले समग्र खर्च कम देखिएको उनको भनाइ छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले पनि पुँजीगत खर्चमा सुधार नभएको स्वीकार गरे। उनले कृषि मन्त्रालयका ठूला कृषि परियोजनाहरुमा कर्मचारी अभाव भएको कारण विनियोजित वार्षिक बजेट खर्च गर्न नसकिएको बताए।

त्यस्तै, सहरी विकास मन्त्रालयका सचिव मणिलाल गेलालले आर्थिक वर्षको अन्तिममा खर्च गर्ने प्रवृत्ति कायम रहेकाले पुँजीगत खर्च हुन नसकेको बताए। उनले पनि सरकार परिर्वतन र प्रतिस्थापन विधेयकलाई नै कारण देखाए। 

वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेमनारायण कँडेलले सरकारले विकासको गतिअनुसार जनशक्तिको आकलन गर्न नसक्दा पुँजीगत खर्चमा असर परेको बताए। उनले नेपालले विकासको गति मागेको तर, बजेटको आकारमा खोजेको बताए। सचिव कँडेलले बजेटको आकार र विकासको गति बढाउँदा जनशक्तिको आकलन गर्न नसक्दा समस्या भएको बताए।

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले भने ऊर्जा मन्त्रालयको पुँजीगत खर्चमा कुनै समस्या नभएको बताए। उनले उर्जा क्षेत्रमा निजी क्षेत्रको प्रशस्त लगानी भएकाले पुँजीगत खर्च राम्रो रहेको दाबी गरे।

प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  ११:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
कारोबारसँगै खुम्चियो सेयर बजार यसअघि साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ अंकले बढेर २७०६ विन्दुमा पुगेको थियो। सोमबार, असार २३, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण "भारत र बाङ्ग्लादेशमा राम्रो काम गरेको यो कम्पनीले राम्रै गर्ला भन्ने अपेक्षा थियो। तर उहाँहरूले केही काम गरे पनि समयमा काम नगरेपछि... आइतबार, असार २२, २०८२
साताको पहिलो दिन बढ्यो सेयर बजार, साढे ९ अर्बको सेयर कारोबार सेयर बजार झिनो अंकले बढे पनि कारोबार रकम साढे ९ अर्ब पुगेको छ। आज सेयर बजारमा ९ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला मंगलबार, असार २४, २०८२
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह मंगलबार, असार २४, २०८२
तस्बिरमा हेर्नुहोस् नेपाल–चीन सीमा क्षेत्रमा बाढीको दृश्य मंगलबार, असार २४, २०८२
आज सङ्घीय संसद्का दुवै बैठक बस्दै मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्