• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
माइतीघरमा अनसन किन? अम्बिकाप्रसाद भन्छन्– अंश नपाएर 
64x64
धनु विश्वकर्मा बिहीबार, पुस २२, २०७८  ०७:०२
1140x725

काठमाडौं– दिन ढल्किँदै छ। उनको उमेर जस्तै बूढो भइसकेको घामले धरहराबाट हाम्फालेको अलि अघि नै हो। 

माइतीघरको सडक उसैगरी व्यस्त छ। हतार छ गन्तव्यमा फर्किने सवारीहरुलाई। हतार त उनलाई पनि छ। तर, उनको हतारो कसले सुन्ने? कसले बुझ्ने?

जसले पाँच वर्षदेखि पर्खिरहेछन्, न्याय। धाइरहेका छन् न्यायालयको ढोकामा। चिहाइरहेका छन् न्याय पाउने आशाको आँखीझ्यालबाट।

तर, जिल्ला, उच्च हुँदै सर्वोच्च अदालतसम्म आइपुगेका चितवन, भरतपुर महानगरपालिका–११ का अम्बिकाप्रसाद अधिकारीको मुद्दाको टुंगो भने अझै लागेको छैन।

सोच्छन्– काठमाडौंको जीवनजस्तै छिटो छिटो काम भइदिने भए..।

माइतीघरमा अनसन किन? अम्बिकाप्रसाद भन्छन्– अंश नपाएर।

अंशका लागि अनसन?

सुन्दा अनौठो लाग्ला। तर, अधिकारी १८ पुसदेखि अंश नपाएको भन्दै माइतीघरमा अनसन बसिरहेका छन्। 

उमेरले ६ दशक पुग्दै गरेका उनले अड्डा अदालत धाउन थालेको पनि ५ वर्ष पुगिसक्यो। तर, न्याय पाएका छैनन्। न्यायको आशा मरिसकेको छैन। 

उनले पहिलोपटक २०७३ सालमा चितवन जिल्ला अदालतमा नै दाजुहरुविरुद्ध अंश मुद्दा हाले। तर, हारे। चितवन जिल्ला अदालतले आवश्यक कागजपत्र नपुगेको भन्दै उनको विपक्षमा फैसला गर्‍यो। उनी त्यहाँ रोकिएनन्। त्यसमा चित्त बुझाएनन्।

त्यसपछि आफूले अंश पाउनुपर्ने दाबीसहित उच्च अदालतमा पुनरावेदन गए। त्यहाँ पनि मुद्दा हारे। त्यसपछि उनी न्यायको अन्तिम लडाइँका लागि २ वर्षअघि सर्वोच्च अदालत आइपुगे। उनको मुद्दा २ वर्षदेखि सर्वोच्चमा विचाराधीन छ।

तर, उनी अहिले सर्वोच्चभन्दा करिब ३०० मिटरको दूरीमा रहेको माइतीघर मण्डलमा अनसन बसिरहेका छन्। 

उनको माग छ– मुद्दाको चाँडो फैसला होस्।

‘१५/२० चोटी पेसी तोकियो। तर, सुनुवाइ हुन बाँकी छ’, उनले सुनाए।

जग्गा लिलामीदेखि अनसनसम्म
उनी अंशका लागि अनसनमा बस्नुका पछाडिको कथा भने लामो छ। अम्बिकाप्रसादका बुवा छविरमणले ४ वटा बिहे गरे।चार आमाका पाँच छोरा छन्। जेठी श्रीमतीतर्फका एक, माइलीतर्फका दुई र साइलीतर्फका एक छोरा छन्। अम्बिकाप्रसाद कान्छी श्रीमतीतर्फका हुन्।

अम्बिकाप्रसादका अनुसार छविरमणले छोराहरुले झगडा नगरुन् भनेर दाइजोमा आएको सम्पत्ती बराबर बाँडे। तर, पैतृक सम्पत्ति नबाँड्दै उनको मृत्यु भयो। बुवाको मृत्यु भएको पनि ११ वर्ष भइसकेको छ। बुवाको मृत्युपछि पैतृक सम्पत्ति नपाएको भन्दै अम्बिकाप्रसाद न्यायका लागि अदालत पुगेको बताउँछन्।

अनसनरत अम्बिकाप्रसाद अधिकारी।

उनका बुवाले साबुन उद्योग खोल्ने भनेर हालको नवलपुर जिल्लाको कौरेनीतिरको ४३ कठ्ठा, भरतपुरतर्फको ३ कठ्ठा र १७ धुर जग्गा धितो राखेर ऋण निकाले। तर, त्यो उद्योग धरासयी बन्यो। सबै लगानी डुब्यो। छविरमणले ऋण तिर्न सकेनन्। जग्गा रोक्का भयो। जसले गर्दा बिक्री गर्न पनि मिलेन।

भरतपुरमा रहेको दुई कठ्ठा जग्गा बेचेर २०५४ सालमा छबिरमणले रोक्का जग्गा फुकुवा गरे। पछि बुवाको शेषपछि अरु आमापट्टिका दाजुहरुले अंश पाएको तर, आफूले नपाएको अम्बिकाप्रसादको दाबी छ।

माइली आमापट्टि दाजु दिनेश प्रसाद अधिकारी र भाउजु (चन्द्र प्रसाद अधिकारीकी श्रीमती) मिनाले जालसाजी गरेको अम्बिकाप्रसादको दाबी छ।

भन्छन्– सन्तानले दुःख नपाऊन् भनेर यसो गरेको हुँ
उमेर ढल्किँदै गरेका अम्बिकाप्रसाद न्यायका लागि अनसन बस्नुपरेको वा मुद्दा, मामिला गरेको आफ्ना लागि होइन।  सन्तानले दुःख नपाऊन् भनेर यसमा लागेको उनी बताउँछन्। उनी आफैं पनि कानुनका विद्यार्थी हुन्। कानुनमा बीएल गरेको बताउने अम्बिकाप्रसादका दुई छोरा र एक छोरी छन्। 

अहिले भाडाको घरमा बस्छन्। सामान्य कृषि काम गर्छन्। आफूले न्याय नपाए पनि भोलिका दिनमा छोराछोरी सुखले बसुन् भन्ने मनसाय भएको उनी बताउँछन्।

मुद्दा लड्दालड्दै श्रीमतीकोे मंगलसुत्र बेच्नु परेको अम्बिकाप्रसादले सुनाए। बारम्बार मुद्दा पेसी चढ्ने तर, सुनुवाइ नहुने भएपछि अनसन बस्न बाध्य भएको उनी सुनाउँछन्। आफ्नो अनसन अनिश्चितकालका लागि रहेको उनले बताए।

उनी बिहानै माइतीघरमा अनसन बस्न पुग्छन्। बेलुका भने पहिलो दिन प्रहरी वृत्त सिंहदरबारले रानीवनको मानव सेवा आश्रम केन्द्रमा राख्यो। तर, अहिले उनलाई भद्रकालीमा राख्ने गरिएको छ। 

ढिलै भएपनि न्याय पाइएला भन्ने आश छ उनलाई। जिल्ला र पुनरावेदनमा उनले आफैं बहस गरेका थिए। सर्वोच्चमा भने शम्भु थापा र मञ्जुल गौतमले उनको मुद्दामा बहस गर्ने भएका छन्।

‘यो देशको कानुनी प्रक्रियामै ढिलासुस्ती छ। न्यायका लागि लड्दा लड्दै मरेँ भने पनि छोराहरुले न्याय पाऊन् भन्ने चाहना छ’, उनले कुराकानीको बिट मार्दै भने, ‘अन्तिम विकल्प नै आमरण अनसन देखेर अनसन सुरु गरेको हुँ। मसँग यो भन्दा अर्को कुनै उपाय छैन।’

प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्