• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
मदिराको नशामा पब्जी र फ्री–फायर: लिभिङ टुगेदर युवा-युवतीको चक्कु प्रहारबाट मुत्यु हिजैबाट बेपत्ता भएकी थिइन् एक युवती
64x64
नारायण अधिकारी शुक्रबार, पुस २३, २०७८  १९:५६
1140x725

काठमाडौं- 'लिभिङ टुगेदर रिलेसनसिप'मा रहेका युवा-युवती बिहीबार राति काठमाडौंको फैकास्थित राधाकृष्ण मन्दिर नजिकको एक घरको कोठामा मृत भेटिए। मृत भेटिनेमा संखुवासभा घर भएका २६ वर्षीय अनिश जिमी र खोटाङ घर भएकी अन्दाजी २२ वर्षीया युनिशा राई छन्।

उनीहरु दुवैको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ। बन्द कोठाभित्र दुवैजना मृत भेटिएकाले अहिलेसम्म उनीहरुको मृत्युमा तेस्रो व्यक्तिको संलग्नता नदेखिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङ बताउँछन्।

यद्यपि, उनीहरुको मृत्यु के कारण भयो भन्ने विषय अहिलेसम्म रहस्यको गर्भमै छ। बाह्य प्रमाण केही छैन। ‘बन्द कोठाभित्र रहेका दुवै जनाको मृत्यु भइसकेकाले यही कारणबाट विवाद भयो वा हानाहान भएर मृत्यु भयो भन्ने अवस्था छैन,’ एसएसपी खापुङ भन्छन्। यद्यपि, उनीहरुको मृत्युको कारणमध्ये मदिरा र 'पब्जी तथा फ्री–फायर (भर्चुअल गेम)' हुनसक्ने प्रहरी अधिकारी बताउँछन्।

पब्जीबाट जोडिएको सम्बन्ध २० दिनमै टुंगियो 
अनिश र युनिशा गेमबाटै साथी बनेका थिए। पब्जी खेल्ने क्रममै उनीहरुको चिनजान भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। अनिश सानीआमाको घरमा आमासँगै बस्दै आएका थिए। एक तले घरको एउटा कोठामा उनी सुत्थे भने अर्को कोठामा अनिशकी आमा। उनका बाबु भने वैदेशिक रोजगारीमा मेलेसियामा थिए। कक्षा १२ सम्म अध्ययन गरेका उनी विदेश जाने योजनामा थिए।

अनिशकी आमाले प्रहरीलाई बताएअनुसार उनी मोबाइलमा विभिन्न गेमहरु खेल्थे। रातिराति हान् हान्, मार् मार् भन्दै कराउँथे। यसरी पब्जी, फ्री–फायर खेल्ने क्रममा त्यही माध्यममार्फत् उनी युनिशासँग साथी बनेका थिए। त्यसपछि उनले युनिशालाई आफू बस्दै आएको घरमा ल्याएका थिए। बिहे नगरेको छोराले 'गर्लफ्रेण्ड' भन्दै केटी ल्याएपछि आफूले पनि बुहरीको रुपमा स्वीकारेको र उनीहरु करिब २० दिन अघिदेखि सँगै बस्दै आएको अनिशकी आमाले बताएको एसएसपी खापुङ बताउँछन्।

मृत केटा-केटी दुवैको अवस्था बुझ्दा उनीहरु अलि 'ट्रयाक आउट' भएजस्तो देखिएको महाशाखाकै एक अनुसन्धान अधिकारी बताउँछन्। यसरी करिब २० दिन अघिमात्रै पब्जीमार्फत् साथी बनेर लिभिङ-टुगेदरसम्मको अवस्थामा पुगेका उनीहरु गएराति मृत अवस्थामा भेटिए।

चक्कु प्रहारबाट मुत्यु
आइतबार राति उनीहरु सुतेको कोठामा आवाज आएको, कराएको जस्तो सुनिएको थियो। अघिल्ला दिनहरुमा जस्तै पब्जी, फ्री–फायर गेम खेलेर कराएका होलान् भन्ने अशिनकी आमाले सोचेकी थिइन्। तर, निकै समयसम्म पनि ढाङढुङ गरेको आवाज आएको र घ्यार, घ्यार... गरेको आवाज सुनेपछि अनिशकी आमाले ढोका खोल्न खोज्दा ढोका खुलेन। त्यसपछि अर्को कोठामा बस्ने मान्छेलाई बोलाएर ढोका फोडेर हेर्दा नग्न र अर्धनग्न अवस्थामा रगतले लतपतिएको अवस्थामा दुवै जना ढलेको अवस्थामा देखिएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए।

राति करिब १२ बजेतिर महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरी, महाशाखाका एसएसपी खापुङसहितको टोली घटनास्थल पुगेको थियो। ‘युवती नग्न अवस्थामा खाटमै उत्तानो अवस्थामा रगतले लतपतिएको अवस्थामा मृत थिइन्। युवक कट्टुमात्रै लगाएको अवस्थामा ढोका नजिक ढलेको अवस्थामा थिए। उनको शरीर तातै थियो,’ परिसरका एक अनुसन्धान अधिकारीले भने, ‘त्यसपछि हामीले युवकलाई हेल्पिङ ह्याण्ड अस्पताल पठायौं तर, डाक्टरले मृत घोषित गरे।'

प्रहरीका अनुसार युवतीको पेटलगायत शरीरका १८/२० ठाउँमा चक्कुका डाम थिए। युवकको पनि पेटमा चक्कुले रोपेजस्तो डाम थियो भने घाँटी पनि आधा रेटिएको थियो। कपडाहरु छरपस्ट थिए। रातो लेदरको चक्कुको खोल, चक्कु, पनि कोठामै भेटिएको थियो। गोल्डेन वकको बोतल, दुईवटा गिलास, चुरोटका ठुटा, कचौरीमा कुखुराको मासु समेत भेटिएको थियो।

अहिलेसम्मको प्रहरी अनुसन्धान अनुसार कुनै विषयमा विवाद हुँदा अनिशले पहिला युनिसाको हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने ठम्याइ छ। युवतीको मृत्यु पहिला हुनुले पनि आक्रोशित हुँदा युवतीको हत्या गरेर अनिशले घाँटी रेटेर आत्महत्या गरेको हुनसक्ने अनुसन्धान अधिकारी बताउँछन्।

हत्यासम्मको अवस्था किन आयो, के कारण उनीहरुबीच विवाद भयो भन्ने विषय दुवै जनाको मृत्यु भएकाले रहस्यको गर्भमै छ। उनीहरुबीच कस्तो सम्बन्ध थियो लगायतको विषय पनि सार्वजनिक हुन सकेको छैन। प्रहरीका अनुसार उनीहरुसँगै अर्को एक युवती पनि केही दिन सँगै बस्दै आएकी थिइन्। ती युवतीले आफू मृतक युवतीको फूपु दिदी बताएकी थिइन्। तर, घटना हुने दिनबाटै ती युवती त्यो घरबाट हिँडेको पाइएको छ। उनीमाथि सोधपुछ गर्न प्रहरीले ती युवतीको बारेमा जानकारी लिइराखेको छ। 

एउटा कारण बन्नसक्छ- मदिरा र फ्री–फायर
'क्राइम सिन'मा मदिराको बोतल भेटिनुले उनीहरु मदिराको नशामा रहेको भन्ने देखिएको प्रहरीको बुझाइ छ। अर्कोतर्फ पब्जी, फ्री–फायरमार्फत् चिनजान भएर लिभिङ टुगेदरसम्मको अवस्थामा रहेको पनि देखिएको छ।

फ्री–फायरले मान्छेलाई क्रुर बनाउने र उनीहरुका अघिल्ला दिनका गतिविधिहरुले पनि उनीहरु फ्री–फायरको लतमा रहेको भन्ने बुझिएको एसएसपी गिरी बताउँछन्। 

‘उहाँका आमाका अनुसार उनीहरु दुवैजना फ्री–फायरको लतमा रैछन्। बेलुका भएपछि हान् हान्, मार् मार् भन्ने गरेको पनि आमाले सुन्नु भएको रहेछ,’ एसएसपी गिरीले नेपाल लाइभसँग भने, ‘एकातर्फ मदिराको नशामा हुनु र अर्कोतर्फ मान्छेलाई क्रुर बनाउने फ्री–फायरको लतमा हुनुले सामान्य विवाद हुँदा पनि आक्रोशमा आएर हत्या भएको जस्तो देखिन्छ।’ 

फ्री–फायरले मान्छेलाई क्रुर र आक्रोशित बनाउने हुँदा त्यो राति उनीहरुबीच केही कुरामा सामान्य विवाद हुँदा पनि त्यसले हत्यासम्मको अवस्थामा पुर्‍याएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। गिरी भन्छन्, ‘वास्तवमा भन्नुपर्दा पब्जी, फ्री–फायर जस्ता गेम बन्द नै हुनुपर्छ। यसले मान्छेलाई क्रुर बनाउँछ र जस्तो पनि अपराध गर्न मान्छे पछि पर्दैनन्। जसकारण सामान्य विवादमा पनि मान्छेले ठूलो अपराध गर्नसक्ने अवस्था आउँछ।’

प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  १९:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ सोमबार बौद्धको नयाँबस्तीस्थित स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा खाेजी काराेबार गरेकै अवस्थामा उनलाई पक्राउ गरिएको... मंगलबार, असार २४, २०८२
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बाल... आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए। घटना राति स... आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
सात दिनभित्र चित्त बुझ्दो जवाफ नआए झाँक्रीलाई निष्काशन गर्नै एकीकृत समाजवादीको चेतावनी मंगलबार, असार २४, २०८२
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्