• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
तस्करी गर्ने सशस्त्र, कारबाही भोग्ने सर्वसाधारण!
64x64
नारायण अधिकारी बुधबार, पुस २८, २०७८  १६:५३
1140x725
पीडित भनिएका द्रोण केसी र उनले छानबिनको माग गर्दै दिएको निवेदन।

काठमाडौं– सीमा सुरक्षा तथा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको एक टोली नै तस्करीमा संलग्न भएको आरोपमा मुछिएको छ। दक्षिणी सीमा क्षेत्र नवलपसारी (पूर्व)को गैँडाकोट नगरपालिका–१०, पितौजीस्थित सशस्त्र प्रहरीको ३१ नम्बर गुल्मबाटै तस्करीका सामान भनेर बरामद गरेका सामानहरु बेच्ने गरेको आरोप लागेको छ। 

तस्करीमा सामान बोक्न लगाउने सशस्त्र प्रहरी अधिकारीले उन्मुक्ति पाएको तर, सामान बोक्ने आफू भने कारबाहीको भागिदार भएको भन्दै एक सर्वसाधारण न्यायका लागि करिब २ वर्षदेखि विभिन्न निकाय धाइरहेका छन्। 

घटना २०७६ चैतको हो। रा१च ९४३ नम्बरको टाटा एस गाडीका चालक ५० वर्षीय द्रोण केसीले हल्चोक क्षेत्रमा गाडी पार्किङ गरेर राख्दै थिए। त्यति नै बेला एक अपरिचत व्यक्तिले उनलाई सामान लिन नारायणगढसम्म जाने प्रस्ताव गरे। ‘फेन्सी सामान लिन जानुपर्ने र १५ हजार भाडा दिने भनेपछि म तयार भएँ’, द्रोणले नेपाल लाइभसँग भने, ‘नारायणगढ भनेर नवलपुर पुर्‍याए।’

उनका अनुसार २०७६ चैत १ गते राति साढे ८ बजेतिर सशस्त्र प्रहरीको ३१ नम्बर गुल्म (ब्यारेक) बाट लेडिज कपडा ८ बोरा लोड भयो। ‘ब्यारेकबाट एक सिपाहीले तलबाट सामान दिए, मैले गाडीमा मिलाएँ’, द्रोणले भनेका छन्।

महानगरीय प्रहरी वृत्त थानकोटले विमानस्थल भन्सार कार्यालयलाई पठाएको पत्र।

द्रोणलाई फेन्सी सामान भनेर सशस्त्रको ब्यारेकमा पुर्‍याएर सामान लोड गराउने व्यक्ति थिए, मकवानपुरका रामहरि लुँइटेल र दाङका मेघे राउत। द्रोणसँगै अर्को निजी कारमा उनीहरु पनि काठमाडौंबाट गैँडाकोटस्थित सशस्त्रको ब्यारेकसम्मै पुगेका थिए। सामान लिएर उनीहरु करिब ९ बजे राति गैँडाकोटबाट काठमाडौंका लागि हिँडे। रामहरि र मेघे निजी कारमा फर्किए भने द्रोणले सामान बोकेको गाडी हाँके। नागढुंगा चेकपोस्टमा आएपछि प्रहरीले द्रोणको गाडी रोक्यो। फेन्सी सामानको बिल माग्यो। 

‘सुरक्षाकर्मीको ब्यारेकबाट सामान लोड भएकाले मैले बिलबारे कुरै नगरी सामान बोकेको थिएँ। प्रहरीले बिल मागेपछि मैले बिल भएको मान्छे आउँदैछन् भनेर रामहरिलाई फोन गरेँ’, द्रोणले नेपाल लाइभसँग भने, ‘रामहरिले आइपुग्न लागेको भनेका थिए। तर, निकैबेर कुर्दा उनी आएनन्। त्यसपछि प्रहरीले सामान, गाडीसहित मलाई भन्सार कार्यालय बुझायो।’

बिना बिल बिजक भन्सार छलेर सामान ल्याएको भन्दै महानगरीय प्रहरी वृत्त थानकोटले द्रोणलाई कारबाही गर्न भनेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाएको थियो। त्यसबेला वृत्तका डीएसपी घनश्याम श्रेष्ठ थिए। आउँछु भन्दै नआएपछि द्रोणले घनश्यामलाई त्यसबेला रामहरिसँग कुरा गर्न भन्दै नम्बर दिएका थिए। डीएसपी श्रेष्ठले रामहरिसँग फोनमा कुराकानी पनि गरे। तर, उनलाई पक्राउ गर्नुको साटो द्रोणलाई मात्रै डीएसपी श्रेष्ठले भन्सारको जिम्मा लगाए।

द्रोणले भन्सार कार्यालयमा पनि आफू निर्दोष रहेको, भाडामा सामान बोक्न मात्रै गएको बताएका थिए। यस घटनामा सशस्त्र प्रहरीदेखि रामहरि र मेघे दोषी रहेको उनको भनाइ थियो। ८ दिन हिरासतमा राखेपछि २ लाख ३० हजार ५०० धरौटीमा द्रोण रिहा भए। रिहापछि अहिलेसम्म उनी न्यायका लागि लडिरहेका छन्। 

पीडित भनिएका द्रोण केसीको निवेदन।

स्रोतका अनुसार ३१ नम्बर गुल्मले तस्करीका सामान नियन्त्रणमा लिने र व्यापारी रामहरिलाई बेच्ने गरेको थियो। त्यही सामान बोक्दा द्रोण फसेका थिए।

सशस्त्र प्रहरीकै ब्यारेकबाट सामान लोड भएकाले घटनाको छानबिन गरी तस्करीको सामान नियन्त्रणमा लिएर बेच्न सशस्त्र प्रहरी र फरार दुई व्यापारी (रामहरि र मेघे)लाई कारबाही गरी पाउँ भन्दै उनले सशस्त्रको हेडक्वार्टरदेखि महानगरीय प्रहरी परिसर काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भन्सार कार्यालयसम्म लिखित निवेदन दिएका थिए। तर, कतैबाट अहिलेसम्म सुनुवाइ नभएको उनले बताए। 

सशस्त्रले ‘यस घटना हाम्रो क्षेत्राधिकारभित्र नपरेको र भन्सारले नै सबै काम गर्ने’ भन्दै जवाफ फर्काएको थियो। परिसर काठमाडौंले पनि भन्सारलाई देखाउँदै पन्छिएको थियो।

रामहरि लुँइटेललाई पक्राउ गर्न विमानस्थल भन्सार कार्यालयले प्रहरीलाई लेखेको पत्र।

यता भन्सार कार्यालयले भने रामहरि र मेघेलाई पक्राउ गरी ल्याउन भन्दै उनीहरुको ठेगानासहित जिल्ला प्रहरी कार्यालय मकवानपुर र दाङ प्रहरीलाई पत्र पठाएको थियो। तर, अहिलेसम्म प्रहरीले उनीहरुलाई पक्राउ गरेर उपस्थित गराउन सकेको छैन। 

मान्छे नै फेला नपरेको जवाफ प्रहरीले पठाएको छ। जबकि द्रोण आफैंले ठेगाना खोज्दै मकवानपुर पुगेर रामहरिलाई भेटेका थिए। ‘नफस्नु फसिहालियो अब म केस सल्टाउँछु’ भनेर आश्वासन दिएका रामहरि त्यसपछि सम्पर्कविहीन भएको द्रोणको भनाइ छ। 

‘तस्करी गर्ने सशस्त्र प्रहरी, व्यापारी, सजाय पाउने म जस्तो सर्वसाधारण? न्याय भन्ने चिज हराएको महसुस भयो’, द्रोणले भने, ‘बिना कसूर दुःख त पाइयो नै। १६ लाखमा किनेको गाडी अहिलेसम्म भन्सारले फिर्ता दिएको छैन। किस्ता भने हालिराख्नु परेको छ। अब हामीजस्तो सर्वसाधारण कसरी बाँच्ने? कतैबाट न्याय नपाइने भइयो।’

द्रोण केसीलाई हिरासतमा राख्न विमानस्थल भन्सार कार्यालयले प्रहरीलाई लेखेको पत्र।

द्रोणले भनेको बेला ३१ नम्बर गुल्मको गुल्मपति थिए, सशस्त्रका डीएसपी भानुभक्त लम्साल। डीएसपी लम्सालले द्रोणको कुरा अस्वीकार गरे। ‘सशस्त्रको ब्यारेकबाटै तस्करीका सामान लोड हुने भन्ने कुरा हुँदैन। त्यसो भन्दा आफू जोगिन्छु कि भनेर उहाँले भन्नु भएको होला’, उनले भने। 

यस विषयमा उजुरी परेपछि कानुन शाखाले समेत छानबिन गरिसकेको र आफू निर्दोष रहेको डीएसपी लम्सालको दाबी छ। 

प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  १६:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ सोमबार बौद्धको नयाँबस्तीस्थित स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा खाेजी काराेबार गरेकै अवस्थामा उनलाई पक्राउ गरिएको... मंगलबार, असार २४, २०८२
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बाल... आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए। घटना राति स... आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
सात दिनभित्र चित्त बुझ्दो जवाफ नआए झाँक्रीलाई निष्काशन गर्नै एकीकृत समाजवादीको चेतावनी मंगलबार, असार २४, २०८२
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्