• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
पूर्वको भक्का यसरी भित्रियो काठमाडौं
64x64
धनु विश्वकर्मा शुक्रबार, माघ १४, २०७८  ०७:०५
1140x725
तस्बिरहरू : निमेशजंग राई

काठमाडौं– झापाका सक्षम संग्रौला काठमाडौं आए पनि भक्काको स्वाद बिर्सिन सकेका थिएनन्। तर, काठमाडौंमा भक्का पाउनै मुस्किल थियो। एक दिन उनी घट्टेकुलोस्थित अम्बिका लुइँटेलको पसलमा पुगे। त्यहाँ उनले पूर्वको जस्तै भक्का खान पाए। त्यसपछि आमालाई पनि लिएर उनी बेलाबेला ‘अम्बिका दिदी’को पसल पुग्छन्।

अम्बिका दिदीसँग भक्का पकाउने माटोको भाँडा भने छैन। माटोको भाँडामा पकाउन ग्यास बढी खर्च हुने हुँदा संभव नभएको लक्ष्मी बताउँछिन्। पूर्वको भक्का भने माटोको भाँडामा पकाउने हुँदा स्वाद नै छुट्टै हुने सक्षमको भनाइ छ। भक्का पकाउने त्यस्तो भाँडोलाई हन्डी भनिन्छ।

झापास्थित घर जाँदा बिहान र बेलुका नै भक्का खाने गरेको सक्षम बताउँछन्। ‘जाडोमा भक्का खानुको मजा बेग्लै हुन्छ। हाम्रो परिवार नै भक्काप्रेमी हो,’ उनी भन्छन्। झापामा खाएको भक्काको स्वाद उनकी आमाले पनि बिर्सिन सकेकी छैनन्। बिहान तरकारी किन्न आउँदा घट्टेकुलोमा उनकी आमाले पनि प्रायः भक्का खाने गरेकी छिन्।

भक्का पसल चलाउने अम्बिकाको घर पनि झापा नै हो। उनी झापाको खुदुनाबारीकी स्थायी बासिन्दा हुन्। दुई वर्षदेखि घट्टेकुलोमा व्यवसाय गर्छिन्।

त्यसअघि उनी वैदेशिक रोजगारीका क्रममा साउदी अरबदेखि भारतसम्म पुगेकी थिइन्। त्यसपछि फर्किएर काठमाडौंमा व्यवसाय सुरु गरिन्। पहिला फलफूल बेच्थिन्। त्यही क्रममा उनलाई भक्का बनाएर बेच्ने सोच आयो। झापामा खाएको भक्काको स्वाद उनले बिर्सिएकी थिइनन्। झापामा हुँदा आफैं पनि भक्का बनाउँथिन्। ‘काठमाडौंमा भेटिएका पूर्वका मानिसले भक्काबारे कुरा गर्थे। त्यहीकारण भक्काको बजार भएको लाग्यो र व्यवसाय सुरु गरेँ,’ उनले भनिन्।

जाडो महिनामा भक्काको व्यापार धेरै हुने उनी बताउँछिन्। अहिले उनी दैनिक १५ देखि २० किलो चामलको भक्का बनाउँछिन्। ‘भक्कालाई मौसमी व्यापार भन्दा हुन्छ। जाडोमा बढी बिक्छ। बिहान भक्का खानेहरू धेरै हुन्छन्,’ उनले भनिन्। 

के हो भक्का?
भक्का पूर्वका राजवंशी समुदायको परम्परागत परिकार हो। राजवंशी सुमदायले छोरीको बिहेमा मिठाई कोसेली पठाउँदा भक्का पनि समावेश गर्ने चलन छ। त्यसैगरी जाडो मौसममा विवाहित छोरीलाई माइत बोलाएर भक्का खुवाउने चलन पनि छ। घरमा आउने पाहुनालाई पनि भक्का खुवाएरै स्वागत गर्ने गरिन्छ।

भक्का चामलको पिठोबाट बनाइन्छ। गाउँघरमा भने भर्खर भित्र्याएको नयाँ धानको चामलबाट बनाउने गरिन्छ। पहिला चामललाई करिब दुई घन्टा पानीमा भिजाउनुपर्छ। त्यसपछि पानीबाट निकालेर थिगारेपछि पिसेर पिठो बनाउनुपर्छ। ओखल, ढिकी वा मिलमा पिस्न सकिन्छ।

चामलको पिठोलाई थोरै पानीमा मुछ्नुपर्छ। त्यसलाई गोलाकार (प्रायः माथि तल थेप्चो भएको) बनाउनुपर्छ। अनि पानीको बाफमा पकाउनुपर्छ। भक्का पकाउने भाँडामा तल पानी र माथि चामलको पिठोको डल्ला राखिन्छ। भाँडाको मुख बन्द गरिन्छ। केही बेर बफ्याएपछि भक्का तयार हुन्छ। भक्कालाई अचारसँग खान सकिन्छ। 

पूर्वका झापा र मोरङका साना ठूला विभिन्न सहरमा भक्काका पसल भेटिन्छन्। पूर्वको भक्का अहिले काठमाडौंमा पनि खान पाइन्छ। व्यापारिक रूपमा भने भक्का दुई प्रकारले बनाइन्छ, चामलको पिठोमा खुवा वा चकलेट हालेर। दुवै प्रकारका भक्का काठमाडौंमा प्रचलित छन्।

काठमाडौंमा ‘भक्का हाउस’
झापाका तिलक काफ्ले एउटा गैरसरसकारी आयोजनामा काम गर्थे। तर, उनी रोजगारीबाट सन्तुष्ट थिएनन्। आफैंले व्यवसाय गर्ने सोचमा थिए। के व्यवसाय गर्ने भन्ने निश्चित गरिसकेका थिएनन्। एक जना आफन्तले काठमाडौंमा भक्का बेच्न सुझाव दिए। आफू पनि पूर्वकै भएको कारण यो सुझाव उनलाई उचित लाग्यो।

अनि उनी फेरि झापातिर लागै। एक हप्ता राजवंशी समुदायसँग बसेर भक्का बनाउन सिके। त्यसपछि फर्किएर काठमाडौंको पुरानो बानेश्वरमा ‘भक्का हाउस’ खोले। त्यसअघि काठमाडौंका फुटपाथमा फाट्टफुट्ट भक्का बेचेको देखेका थिए।

‘बजारले जहिले पनि नयाँ स्वाद खोज्छ। मलाई पनि बिहानको खाजाको रूपमा काठमाडौंमा भक्काको व्यापार राम्रो हुन्छ भन्ने लाग्यो, त्यसैले भक्का हाउस खोलेँ,’ उनले भने। झापातिर जाडोमा बढी खाइने भक्का काठमाडौंमा १२ महिना नै बिक्री हुने उनी बताउँछन्।

उनले भक्का हाउस खोल्दा काठमाडौंमा धेरैलाई यसबारे थाहा थिएन। तर, पूर्वबाट आएर काठमाडौं बसेकाहरू जानकार थिए। पहिला त पूर्वबाट आएर बस्नेहरूलाई नै लक्षित गरेर उनले भक्का हाउस खोलेका थिए। बिस्तारै प्रचार हुँदै गयो। अनि अहिले सबैतिरका मानिस उनका ग्राहक बनेका छन्। अहिले माग पनि बढेको उनी बताउँछन्।

भक्का बेच्न मोरङबाट काठमाडौं
मोरङ, सुन्दरहरैँचास्थित गोठगाउँकी जयन्ती चौधरी पनि मैतिदेवी चोकमा भक्का बेच्छिन्। उनले काठमाडौंमा भक्का बेच्न थालेको दुई वर्ष भयो। उनी भक्काको व्यापार गर्नकै लागि काठमाडौं आएकी थिइन्।

उनकी दिदी मैतीदेवीमा व्यापार नै गर्थिन्। तर, उनी भक्का बेच्दैन थिइन्। दिदीले पूर्वका मान्छेले भक्का खोज्ने बताएपछि उनी काठमाडौं आएकी हुन्। मोरङमा नै उनले भक्का बनाउन जानिसकेकी थिइन्।

भक्का खाने ग्राहक बिहान र बेलुका आउँछन्। दैनिक चारदेखि पाँच हजार रुपैयाँको भक्का बिक्री हुन्छ।

भक्का बनाउन पूर्वबाटै उनले चामल ल्याउँछिन्। बजारमा पाइने सबै चामलको राम्रो भक्का नबन्ने उनी बताउँछिन्। त्यसैले गाउँबाटै लोकल चामल ल्याएकी हुन्।

झापाका खगेन्द्र अधिकारी भक्का खान प्रायः जयन्तीको पसलमा पुग्छन्। खगेन्द्र भन्छन्, ‘हामी पूर्वेली भक्का भनेपछि हुरुक्क हुन्छौँ। झन् जाडोमा त विशेष लाग्छ।’

प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्