• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
जनगणनाको प्रारम्भिक नतिजामै प्रश्न, तथ्यांक विभाग भन्छ– काठमाडौंबासी ढोकै खोल्दैनन्
64x64
धनु विश्वकर्मा बुधबार, माघ १९, २०७८  ०७:०४
1140x725

काठमाडौं– केन्द्रीय तथ्यांक विभागले माघ १२ गते राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्‍यो। त्यही दिन साहित्यकार राजन मुकारुङले फेसबुकमा यस्तो स्टेटस लेखे, ‘गणकहरू हामीकहाँ आएनन्, हामीले पनि बोलाएर दुःख दिनु उचित ठानेनौँ, अनि हामी नै छुट्यौँ। चाहँदा स्थानीय तहले मिलिकमै काम तमाम गर्ने कुरा हो– जनगणना।’

मुकारुङजस्तै धेरै सर्वसाधारणले जनगणनाको प्रारम्भिक नतिजामा प्रश्न उठाएका छन्। अर्घाखाँचीको पाणीनी नगरपालिका–४ का सागर भटट्राईले पनि आफ्नो गणना नभएको बताएका छन्। उनको १० जनाको परिवार छ। जेठा दाइका छोराछोरी र आमा गाउँमा बस्छन्। माइला दाइ खगराज गुल्मीमा क्याम्पस पढाउँछन्। अर्का एक दाइ भारत बस्छन्।

सागर भने काठमाडौंको बालाजु बस्छन् र वैदेशिक रोजगार बोर्डमा काम गर्छन्। उनका अनुसार घरमा भएका दाजु र आमाको मात्र गणना भएको छ। काठमाडौंमा उनको गणना नै भएन। उनी भाडामा बस्ने घरमा १६ वटा कोठा छन्। घरबेटी त्यहाँ बस्दैनन्। त्यो घर बस्ने कसैको गणना नभएको उनी बताउँछन्। 

त्यस्तै दैलेखको आठबीस कोट गाउँपालिकाका प्रेम विश्वकर्माले पनि आफ्नो गणना नभएको बताएका छन्। उनको घरमा आमा, बुबा, दाइ, भाउजू र बहिनी छन्। ‘घरमा गणक गएका रहेछन्। एउटा छोरो काठमाडौं छ भन्दा उतै गणना हुने बताएछन्। तर, यता मसँग कसैले तथ्यांक लिएन,’ उनले भने।

प्रेम त्रिभुवन विश्वविद्यालयमा राजनितिशास्त्रमा स्नाकोत्तर गरिराखेका छन्। कीर्तिपुरमा डेरा बस्छन्। आफू कलेज समयबाहेक डेरामै हुने उनको भनाइ छ।

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ की डोमा तामाङ जनगणनाका लागि आफ्नो घरमा कोही नआएको बताउँछिन्। काठमाडौं डेरामा बस्ने भाइ पनि गणनामा छुटेको उनी बताउँछिन्। आफ्नो गाउँका धेरै परिवारसम्म गणक नपुगेको उनको दाबी छ।

केन्द्रिय तथ्यांक विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंले भने कतिपय व्यक्ति छुट्नु स्वाभाविक भएको बताए। उनले भने, ‘राष्ट्रिय जनगणना भनेको व्यक्तिगत परिचयपत्र माग्नका लागी गरिने गणना होइन, योजना निर्माणका कार्यलाई बाँडफाँड गर्न गरिन्छ। त्यसैले सबैको व्यक्तिगत विवरण नआउन सक्छ। त्यो स्वाभाविक हो।’

वैदेशिक रोजगारीका क्रममा रहेकाको विवरण सम्बन्धित परिवारबाट लिइएको उनले जानकारी दिए। अन्य व्यक्ति भने जुन ठाउँमा बसोबास गरेको हो, त्यहीँबाट विवरण संकलन भएको उनको भनाइ छ। 

काठमाडौंलगायत शहरी क्षेत्रमा गणकहरूलाई विवरण लिन समस्या परेको चौलागाईंले बताए। उनले भने, ‘काठमाडौंमा ढोका नखोल्ने, घरमा मान्छे नभेटिने जस्ता समस्या आए। भाडामा बस्नेलाई भेट्न झनै मुस्किल भयो।’ 

जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम
केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। १० वर्षअघि २०६८ सालमा भएको जगगणनामा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो। एक दशकमा जनसंख्या २६ लाख ९७ हजार ९७६ जना बढेका छन्। 

जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ। अघिल्लो जनगणनामा वृद्धिदर १.३५ प्रतिशत थियो। यो वृद्धिदर ८० वर्षयताकै सबैभन्दा कम हो। १९९८ साल यताका सबै जनगणनामा वृद्धिदर एक प्रतिशतभन्दा माथि थियो। तर, १९८७ र १९७७ सालको जनगणनामा वृद्धिदर ऋणात्मक थियो।

नेपालमा १९६८ सालमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालादेखि जनगणना गर्न सुरु भएको हो। यसपटकको जनगणना बाह्रौँ हो। 

यसपटकको जनगणनाअनुसार महिलाको संख्या एक करोड ४९ लाख एक हजार १६९ अर्थात्, ५१.०४ प्रतिशत छ। त्यसैगरी पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार ३११ अर्थात्, ४८.९६ प्रतिशत छ। 

अमेरिकामा पनि तीन प्रतिशतसम्म छुट्छन्
तीर्थराज चौलागाईं
सूचना अधिकारी, केन्द्रीय तथ्यांक विभाग

राष्ट्रिय जनगणना भनेको व्यक्तिगत परिचयपत्र माग्नका लागि गरिने गणना होइन। योजना निर्माणका कार्यलाई बाँडफाँड गर्न जनगणना गरिन्छ। त्यसैले सबैको व्यक्तिगत विवरण नआउन सक्छ। त्यो स्वाभाविक हो। पक्कै पनि कतिपय नागरिक छुटेका होलान्। अमेरिकाजस्तो दक्ष जनशक्ति र प्रविधि भएको ठाउँमा पनि दुईदेखि तीन प्रतिशत छुट्ने रहेछन्। 

जनगणना गणना गर्नेको मात्र दायित्व नभएर दिनेको पनि दायित्व हो भन्ने बुझ्नुपर्छ। गणकले दोहोर्‍याएर अथवा तेहेर्‍याएर पनि विवरण लिएको देखिन्छ। त्यसैले सकेसम्म नछुटाउने र नदोहोर्‍याउने प्रयास हुन्छ। ठूलो संख्यामा गरिने काम भएको हुनाले केही तलमाथि हुनु स्वाभाविक हो।

वैदेशिक रोजगारीका क्रममा विदेश रहेकाको भने सम्बन्धित परिवारबाटै गणना भएको छ। अक्सर जहाँ बसोबास भएको हो, त्यहीँबाट विवरण संकलन हुन्छ। त्यसैले विदेश हुनेबाहेक डेरा बस्नेहरूको हकमा सम्बन्धित ठाउँबाट नै गणना भएको छ। तर, काठमाडौँलगायत शहरी क्षेत्रमा भने ढोका नखोल्ने समस्या भयो। कतिपयमा घरबेटी नभेटिने, कतिपयमा भाडामा बस्ने नभेटिने पनि भयो। यस्ता खालका समस्या पनि स्वाभाविक हुन्।

गणनाका लागि नागरिकलाई राज्यले सुसूचित गराएको हो। विभिन्न मिडियामार्फत जानकारी गराइएको हो। फोनको रिङटोनमा पनि सूचना दिइएको हो। धेरैभन्दा धेरै नागरिकसम्म जानकारी पुर्‍याइएको थियो।

मतदाता नामवली र जनगणनाको फरक नबुझेर पनि प्रश्न गरिएको छ। धेरैले मनाङको उदाहरण दिँदै मतदाताभन्दा जनसंख्या कम भएको बताएका छन्। मनाङका धेरै मान्छे जिल्लाबाहिर छन्। उनीहरू जहाँ छन्, त्यहीँ गणना हुन्छ। तर, मतदाता नामवली सम्बन्धित जिल्लामा नै संकलन हुन्छ र भोट हाल्न त्यहीँ जानुपर्छ। त्यसकारण फरक परेको हो।

केही समयअघि तथ्यांक विभागले नै नेपालको जनसंख्या तीन करोड पुगेको अनुमान सार्वजनिक गरेको थयो। त्यो अनुमान मात्र थियो। नेपालको अघिल्लो जनगणना र जनसंख्या वृद्धिदरलाई आधार बनाएर अनुमान गरिएको थियो। अहिले सार्वजनिक गरिएको जनसंख्या चाहिँ आधिकारिक हो। त्यसैले नेपालको जनसंख्या तीन करोड पुगेको छैन।

जनसंख्या वृद्धिदर घट्नुमा हालको बच्चा कम जन्माउने परिपाटी पनि कारक हो। त्यसैगरी देशको उर्वर जनशक्ति विदेशमा छ। प्रजनन् क्षमता भएका नागरिक वैदेशिक रोजगारीमा हुँदा पनि जनसंख्या वृद्धिदर घटेको हो।

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ साहले प्रशासकीय अधिकृत जितेन्द्र यादव, लेखापाल सावित्री गिरी र नायव सुब्बाहरू मदन चौधरी तथा सञ्जय मण्डललाई बर्खास्त गर्न निर्देशक पा... सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान अन्सारी नक्कली भारतीय नोट प्रकरणमा दोषी ठहर भएपछि ललितपुरको नख्खु कारागारमा ६ वर्षको कैद सजाय भुक्तान गरी आइतबार छुट्ने क्रममा थिए ।... सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल राष्ट्रपति पौडेलले हामीले रोजेको लोकतान्त्रिक शासन प्रणालीलाई जीवन पद्धतिका रूपमा अवलम्बन गरी लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउँदै... सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्