काठमाडौं– गायक निशान भट्टराईले धार्मिक गीत (भजन) ल्याएका छन्। उनले ‘जय भोले’ बोलको धार्मिक गीत सार्वजनिक गरेका हुन्।
गौरव दपर्णले संगीत परेको गीतमा कृष्ण उदासीको शब्द रहेको छ। सँगै हिन्दू परम्पराको पञ्चाक्सर स्तोत्रलाई पनि गीतमा प्रयोग गरिएको छ। गीतको एरेन्ज कुशल सिंहले गरेका हुन् भने मिक्सिङ किशोर थापाले गरेका हुन्।
गीतको भिडियोमा निशानसँगै गीतको संगीतकाहरुको समूहलाई प्रस्तुत गरिएको छ। विभिन्न धार्मिक ठाउँका दृश्यहरु समावेश गरि गीतको भिडियो तयार पारिएको छ।
हेर्नुहोस गीतको भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।