काठमाडौं- पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चैत्र १७ देखि २१ सम्म हुने भएको छ।
यसअघि चैत १० देखि १४ गतेसम्म हुने भनिएको महोत्सव प्राविधिक कारणले मिति परिवर्तन भएको हो। सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै महोत्सवबारे जानकारी दिइएको हो।
महोत्सवका अध्यक्ष केपी पाठकका अनुसार गत वर्ष चौथो निफजस्तै यो बर्ष पनि कोरोना जोखिमका कारण महोत्सव भर्चुअल गर्ने तयारी गरिएको थियो। तर, जोखिम कम भएसँगै महोत्सव भौतिक रुपमै हुन लागेको छ।
सोमबार आयोजित कार्यक्रममा महोत्सवका अध्यक्ष पाठकसँगै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहाल, निर्देशक तुलसी घिमिरे र निर्देशक तथा कलाकार नीर शाह उपस्थित थिए।
चलचित्र बिकास बोर्डका अध्यक्ष दहालले निफजस्ता कार्यक्रमले हाम्रो कथालाई रास्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा धेरै अघि पुर्याउने बताए। उनले आफू आवद्ध चलचित्र बिकास बोर्डमार्फत पनि यस्ता कार्यक्रम गर्ने प्रयासरत रहेको बताए।
त्यस्तै, निर्देशक तुलसी घिमिरेले निफ विभिन्न देशको बिचार आदानप्रदान गर्नमा महत्वपुर्ण रहेको बताए। उनले भने,'बिभिन्न देशको बिचार आदानप्रदानमा निफ महत्वपूर्ण बनेको छ। अन्तरास्ट्रिय बजारमा हामीले काम गर्नुपर्छ।'
कार्यक्रममा निर्देशक नीर शाहले निफ महोत्सव विश्व चलचित्रसँग साक्षातकार हुने अवसर भएको बताए।
रास्ट्रीय सभागृह र पर्यटन बोर्डमा हुने कार्यक्रममा ३८ देशबात प्राप्त ८९ चलचित्रहरु देखाईनेछन्। ७ विभिन्न बिधाको प्रतिस्पर्धामा १४ वटा पुरस्कार वितरण गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।