काठमाडौं– गायक तथा संगीतकार प्रकाश सपुतको नयाँ गीत पिरलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्चापरिचर्चा भइरहेको छ।
उनको गीत र भिडियोलाई लिएर सामाजिक सञ्जाल दुई खेमामा विभाजन भएको छ। संगीतकार कालीप्रसाद बाँस्कोटाले कलाकारलाई राजनीतिमा जोडेर विवाद गर्नु नहुने बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कलाकारलाई रूवाउनेलाई जिन्दगीभर विश्वास गर्दिनँ।’
खासगरी मओवादी पार्टीका व्यक्तिहरु उनको गीतको विरोधमा उत्रिएका छन् भने अरु समर्थनमा देखिन्छन्। गीतको भिडियोमा पूर्व छापामार महिलालाई यौनकर्मीका रुपमा देखाइएको विषयलाई लिएर भिडियो विवादमा आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।