• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
फेसन डिजाइनर गोमाको संघर्ष : जो दिल्ली छाडेर बुटिक चलाउन नेपाल आइन्
64x64
सुमित्रा कार्की बिहीबार, चैत १०, २०७८  ०७:०५
1140x725

काठमाडौं– ललितपुरको कुपण्डोल बस्दै आएकी वीरगञ्जकी गोमा तिवारीले बुटिक व्यवसाय सुरु गरेको तीन वर्ष भयो। तिवारीले व्यवसाय थाल्नु र कोरोना महामारी सुरु हुनु एकैपटक भयो। व्यवसाय थालेको दुई महिना नपुग्दै लकडाउन भयो। उनलाई 'पहिलो गाँसमै ढुंगा' भनेजस्तै भयो। तर, उनले हरेस खाइनन्। 

‘कोरोनाका कारण त्यति लामो समय लकडाउन हुन्छ भनेर सोचेको पनि थिइनँ। व्यवसाय सञ्चालन गर्ने सबै तयारी भइसकेको थियो। व्यवसाय सुरु गरेपछि केही समय त निल्नु न ओकल्नु जस्तो भयो’, उनले भनिन्, ‘भाडा महंगो, व्यवसाय ठप्प। इन्डियाबाट आएका कारीगरहरुलाई पनि तलब दिनुपर्‍यो। कहाँबाट ल्याउने? एकदमै समस्या भएको थियो।’

तर, यस्तो अवस्था आउँदा पनि हिम्मत नहारी काम गरेको तिवारी बताउँछिन्। ‘अहिले पनि कोरोनाको असर त हटेको छैन। व्यवसाय चाहिँ केही बढेको छ। बुटिकको व्यवसाय भनेको बिहेको सिजनमा चल्ने व्यवसाय हो।’ उनी भन्छिन्, ‘महंगीका कारण व्यवसाय बचाउन अझै पनि सजिलो छैन। पटक–पटक हुने कर वृद्धिले गर्दा आउने ग्राहकलाई पनि सोच्याजस्तो सेवा दिने सम्भावना कम भएको छ।’

नयाँ व्यवसाय र कोरोनाले धेरै चुनौतीको सामना गर्न सिकाएको उनी बताउँछिन्। अन्य व्यवहारिक कामले पनि समस्या हुने उनको भनाइ छ। उनी भन्छिन्, ‘म विवाहित महिला, घरको काम गर्नैपर्‍यो। सानो बच्चाको पनि ख्याल राख्नु पर्‍यो। सँगसँगै पढाइ अगाडि बढाउनु पर्‍यो। यस्ता चुनौतीको सामना गर्नु सानो कुरा थिएन।’

मध्यम वर्गीय परिवारमा जन्मिएकी तिवारीसँग साहस र क्षमता दुवै छ। उनले गरेको संघर्षले उद्यम क्षेत्रमा आउन महिलालाई उत्साहित गर्छ। उनी भन्छिन्, ‘उद्योग क्षेत्रमा मात्र नभएर हरेक क्षेत्रमा चुनौती छ। यसैले आफूले जे गर्न सकिन्छ त्यो कामलाई चुनौतीभन्दा पनि अवसर र कर्तव्यको रुपमा स्वीकार गर्न सक्यो भने यसले आफूलाई आत्मविश्वासी बनाउन मद्दत गर्छ।’

सानो हुँदा उनी आमाको कमाइमा हुर्किएकी हुन्। आमाले गरेको संघर्षले आफूलाई पनि प्रेरणा मिलेको उनको भनाइ छ। ‘हाम्रो पालनपोषण आमाले गर्नु भएको हो। यसकारण माइतीघरको वातावरण छोरीलाई पनि केही बनाउनु पर्छ, आफ्नो खुट्टामा आफैं उभिन सिकाउनु पर्छ भन्ने खालको थियो।’

छोरीको आमा बनेर पनि सिप सिक्न पाएकोमा उनी खुशी छन्। उनले फेसन डिजाइनको कोर्ष बिहेपश्चात नै गरेकी हुन्। ‘नेपालमा मात्र यो कोर्ष गरेर पुगेन। बाहिर जाने सोच आयो। बाहिर हाम्रो हरेक कुरा मिल्ने ठाउँ इन्डिया नै थियो। त्यहीँ गएँ’, उनले भनिन्। 

तिवारीले सन् २०१९ मा नयाँ दिल्लीको आईआईएफटी नर्थ क्याम्पसबाट फेसन डिजाइनको कोर्ष पूरा गरिन्। नयाँ दिल्लीमा पढ्दा त्यहीँ बुटिक चलाएकी थिइन्। नेपालभन्दा भारतमा फेसन धेरै अगाडि बढेको हुँदा त्यहाँका ग्राहक सचेत भएको उनी बताउँछिन्। उता गुणस्तरीय उत्पादनले मूल्य पनि राम्रो पाउने उनको भनाइ छ। 

‘इन्डियाका अधिकांश मान्छेलाई कुन ड्रेस कस्तो सामग्रीबाट बनेको हुन्छ भन्ने थाहा हुन्छ’, उनी भन्छिन, ‘ग्राहक आउँछन्। मन परेको सामान लिएर जान्छन्। तर, नेपालमा अझै पनि फेसनलेबल ड्रेस लगाउने मान्छे कम नै छन्। उनीहरुलाई बुझाउन र नयाँ डिजाइनका कपडा सबैको पहुँचमा पुर्‍याउन नै मैले यो व्यवसाय सञ्चालन गरेको हो।’

तिवारीका अनुसार मान्छेमा अहिले पनि डिजाइनर कपडा भनेको महंगो तथा कमाइले नधान्ने कपडा भन्ने सोच राख्छन्। यस्तो सोच परिवर्तन गराउने उद्देश्यले आफूले काम थालेको उनको भनाइ छ।

‘अहिले नेपालमा भइरहेको तरलता अभाव, चर्को ब्याजदर, सरकारले घरिघरि बढाउने भन्सारको रेटजस्ता कुराले बुटिक व्यवसायीलाई पनि मारमा पारेको छ। हामीले मानिसको चाहना अनुसारको ड्रेस भनेको मूल्यमा तयार पार्न सक्दैनौं’, तिवारी भन्छिन्, ‘यो कुरा ग्राहकले पनि बुझ्नुभएको होला। विस्तारै यो अवस्थाको अन्त्य हुन्छ। मैले सामान्यदेखि सबैभन्दा धेरै मूल्य भएका प्रोडक्टहरु बनाउने योजना बनाएको छु। सानो खर्च गरेर पनि मानिसले आफ्नो आवश्यकता पूरा गर्न सकुन् भन्ने मेरो चाहना छ।’

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्