• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
प्रहरी बन्ने सपना : जो २०४८ सालदेखि म्यादीको लाइनमा छन् 
64x64
धनु विश्वकर्मा सोमबार, चैत ७, २०७८  २०:१५
1140x725
रातो टिसर्ट र कालो स्टाकोटमा शिव राउत।

काठमाडौं– मध्यान्ह १२ बजेको चर्को घाम। खलखल पसिना बगाउने। तर, घामको प्रवाह नगरेर हातमा फाइल बोकेका मानिसको प्रहरी परिसर काठमाडौंको परिसरमा ठेलमठेल लाइन। जो म्यादी प्रहरी बन्नका लागि आवेदन बुझाउन पुगेका थिए। त्यही लाइनमा भेटिए कीर्तिपुर नगरपालिका चारघरेका ५१ वर्षीय शिव राउत। उनी छैटौंपटक म्यादी प्रहरी बन्नका लागि घामको प्रवाह नगरेर लाइन लागेका छन्। 

उसो त राउतको सपना प्रहरी बन्ने थियो। उनी प्रहरी त बन्न सकेनन् तर, २०४८ सालदेखि निरन्तर म्यादी प्रहरी भने बनिरहेका छन्। यसपटक पनि उनी म्यादी प्रहरी बन्ने ध्याउन्नमा छन्। 

उनी कीर्तिपुरमा तरकारी खेती गर्दै आएका छन्। श्रीमती, दुई छोरी र एक छोरासहित बस्दै आएका उनको कृषि नै जीविकोपार्जनको प्रमुख आधार हो। उनका दुवै छोरी स्नातकोत्तर पढिरहेका छन्। छोराले पढाई सकेर काम गरिरहेका छन्। 

उसो भए भने यो उमेरमा किन म्यादी बन्न तम्सिए शिव? 

भन्छन्– 'म्यादी बन्नु बाध्यता नभएर रहर हो।'

उमेर हुँदा पटक पटक प्रहरीमा भिडे। तर, सफल भएनन्। उनी म्यादी बनेर भएपनि प्रहरी बन्ने आफ्नो रहर पूरा गरिरहेका छन्। 

प्रहरीप्रति मोह जाग्नुमा उनको पारिवारिक पृष्ठभूमिले पनि काम गर्‍यो। उनका हजुरबुवा, बुवा प्रहरी भएका थिए। शिवका काका र कान्छो भाइले पनि प्रहरीमै सेवा गरे।

प्रहरीको बर्दी लगाएर देशको सेवा गर्ने सपना बुनेका उनी म्यादी नै भए पनि आफ्नो केही रहर पूरा भएको ठान्छन्। म्यादीमा भने उनले जतिपटक आवेदन दिए त्यतिपटक सफल भए। यसपटक पनि सफल हुने उनको विश्वास छ।

छोरीलाई प्रहरी बनाउन खोज्दा विचौलियाले दुई लाख मागे
शिव आफू त प्रहरी बन्न सकेनन् नै, उनले प्रहरी बन्ने सपना छोरीमा देख्न थाले। र, कान्छी छोरीलाई प्रहरीमा आवेदन दिन लगाए। विडम्बनाा! छोरीको पनि नाम निस्किएन।

एकजना विचौलियाले दुई लाख दिए छोरीलाई प्रहरी बनाइदिने भनेर रकम मागे। तर, शिवले दिएनन्। कथं छोरी प्रहरी भइनन् भने दुई लाख डुब्ने उनको चिन्ता थियो। आफ्नै बुताले भए ठीक। नत्र कसैलाई पैसा नखुवाउने उनले प्रण गरे।

बरु छोरालाई पनि प्रहरीमा ‘ट्राई गर्न’ भने। तर, छोराले मानेनन्। ‘हाम्रो दुई पुस्ता प्रहरीमा थियो। घरको इज्जत धान्न भएपनि प्रहरी बन् भनेको छोराले मानेन’, रेकर्ड फाइलले घाम छेक्दै उनले भने।

२०४८ सालदेखि निरन्तर म्यादी 
कीर्तिपुरको रैथाने परिवाका हुन् शिव। कृषि कर्मले जसोतसो खान–लाउन पुगेकै छ। अब छोराछोरी पनि ठूला भए। घरमा छोराछोरीले बेलाबेला शिवलाई जिस्काइराख्छन्। अहिले म्यादीमा भर्ना हुन्छु भन्दा श्रीमतीले पनि व्यंग गरिन्, ‘मर्ने बेला हरियो काँक्रो।’

तर, उनले वास्ता गरेनन्। म्यादीको भर्ना खुल्यो भन्नेबित्तिकै उनी कागजात बोकेर प्रहरी परिसर पुगिहाले। उनी म्यादीका लागि आवेदन दिन जाँदैछन् भन्ने थाहा पाएपछि छिमेकीले भनेछन्, ‘म्यादी काकालाई फेरि दशैं आयो।’

यसअघि पाँचपटक म्यादी बनिसकेका उनलाई आफन्त र छरछिमेकीले 'म्यादी काका' भनेर जिस्काउँछन्।

उनी पहिलो पटक २०४८ सालमा म्यादी प्रहरी बनेका थिए। जतिबेला उनी २१ वर्षका थिए। तालिम सकाएर उनी काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ७ को चाल्नाखेल निर्वाचन केन्द्रमा खटाइए। त्यतिबेला उनले म्यादी भएर एक हजार रुपैयाँ पाएका थिए। 

२०५१ सालमा मध्यावधि चुनाव भयो। उनी फेरि म्यादी प्रहरी भने। एकचोटी म्यादी भइसकेका व्यक्तिले दोस्रोपटक प्राथमिकता पाउँथे। २०५१ सालमा उनी बानेश्वरमा रहेको बागमती क्याम्पसको बुथमा खटिए। 

‘त्यो बेलाको रमाइलो नै छुट्टै हुन्थ्यो। तर, प्रहरीले भने खान नपाएर आएको जस्तो व्यवहार गर्दा भने मन अमिलो हुन्थ्यो’, शिव विगततर्फ फर्किए।

उनी २०७० को दोस्रो संविधासभा निर्वाचन, २०७४ मा भएको स्थानीय तह र संघीय निर्वाचनमा पनि म्यादी प्रहरी बने। यसपटक म्यादी बने भने उनका लागि यो छैटौंपटक हुनेछ। 

..जब आफ्नै अगाडि सिलिण्डर बम पड्कियो
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनका बेला उनी फर्पिङको डुडेचौर बुथमा खटिएका थिए। त्यसबेला बुथमा सिलिण्डर बम प्रहार भयो। सौभाग्य कुनै मानवीय क्षति भएन। 

त्यो बेलाको घटनाले भने शिवका परिवार डराउँछन्। यसपटक पनि म्यादीमा भर्ना हुन नजान भने। तर, उनले मानेनन्।  मिल्यो भने संघको चुनावमा पनि म्यादी हुने उनको रहर छ।

‘त्यसपछि त उमेर पनि कटिहाल्छ। घरकाले नजाऊ भन्नै पर्दैन’, हल्का हाँस्दै शिव म्यादीको आवेदन बुझाउने लाइनमा अघि बढे।

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  २०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्