• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ ७, २०८२ Wed, May 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार
ओलीले ११ महिनाअघि उद्घाटन गरेको धरहराको ठेक्कावधि अझै डेढ वर्ष थप्न माग
64x64
युवराज भट्टराई बुधबार, चैत १६, २०७८  २०:५२
1140x725

काठमाडौं– धरहरा उद्घाटन भएको ११ महिना बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि ठेकेदार कम्पनीले शहरी विकास मन्त्रालयसँग डेढ वर्ष ठेक्का अवधि थप्न माग गरेको छ। कोरोना महामारी र वरिपरिका संरचना भत्काउन भएको ढिलाइलाई कारण देखाएर ठेकेदार कम्पनी रमन कन्सट्रक्सनले ठेक्का समय लब्याउन माग गरेको हो।

कोरोनाको कारण देखाउँदै यसअघि पनि दुई पटक ठेक्का समयावधि लम्ब्याइएको थियो। उक्त समयावधि आगामी चैत ३० गते समाप्त हुँदैछ। त्यसअघि नै ठेक्का अवधि पुनः लम्ब्याउन ठेकेदार कम्पनीले शहरी विकास मन्त्रालयमा निवेदन दिएको छ।

सरकारले रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा धरहरा निर्माणका लागि सम्झौता गरेको थियो। निर्माण कम्पनीले २०७५ कात्तिकबाट काम सुरु गरेको थियो। ठेक्का सम्झौतामा दुई वर्ष अर्थात् २०७७ कात्तिक मसान्तसम्ममा निर्माण सक्नुपर्ने उल्लेख थियो। तर, कोरोना महामारी र स्थानीय संरचनाहरूलाई हटाउन भएको विवादका कारण समयमै काम सम्पन्न नभएपछि पुनर्निर्माण प्राधिकरणले दुई पटक म्याद थप गरेको थियो। जसअनुसार २०७८ चैत ३० सम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो।

अझै केही प्रतिशत काम बाँकी रहेकाले ठेक्का अवधि लम्ब्याउन माग गरिएको रमन कन्स्ट्रक्सनको धरहरा निर्माण प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले बताए। रमन कन्स्ट्रक्सनले शहरी विकास मन्त्रालयको भवन विभाग अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)मा म्याद थप्न निवेदन दिएको हो। ‘सञ्चय कोष र हुलाकको भवन भत्काउनेबारे विवाद थियो। हामीले भनेको एक महिनापछि मात्रै भत्काउने अनुमति पायौं। त्यो भत्काउँदा पनि समय लाग्यो,’ म्यानेजर नकर्मीले भने, ‘कोरोनादेखि पुराना संरचनाहरू भत्काउन भएको ढिलाइका कारण समयमा नै निर्माण सम्पन्न नभएकाले थप डेढ वर्ष समय मागेका छौं।’

सरकारले सहजीकरण नगरिदिँदा निर्माण सुरु गर्नसमेत ढिलाइ भएको उनको भनाइ छ। ठेक्का सम्झौतापछि सरकारलाई समयमा नै ‘साइट प्रोभिजन’ दिए पनि सरकारले समयमा नै काम थाल्ने वातावरण नबनाइदिएको उनले बताए। उनले भने, ‘पुरानो धरहरा व्यवस्थापनदेखि वरिपरिका संरचनाको स्थानान्तरणमा ढिलाइ हुँदा समग्र निर्माणमा समय अपुग भयो।’

ओलीले ११ महिनाअघि नै गरेका थिए उद्घाटन
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै ११ महिनाअघि नै घरहरा उद्घाटन गरेका थिए। उनले गएको ११ वैशाखमा उद्घाटन गर्दा धरहराको निर्माण ६० प्रतिशत मात्र सकिएको थियो।

२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त धरहरा पुनर्निर्माणका लागि तत्कालीन प्रधानमन्त्री ओलीले सोही वर्ष ‘मेरो धरहरा म बनाउँछु’ अभियान घोषणा गरेका थिए। २०७३ असार २९ गते मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागसँगको समन्वयमा धरहरा निर्माणको प्रक्रिया अगाडि बढाएको थियो। प्राधिकरणले धरहरा निर्माणको जिम्मा पाएपछि २०७५ पुस १२ गते शिलन्यास भएको थियो। ओलीले नै यसको शिलान्यास गरेका थिए।

Ncell 2
Ncell 2

निर्माण सुरु भएको एक वर्षपछि नै कोरोना महामारी सुरु हुँदा काम प्रभावित भएको थियो। महामारीअघि ३५० कामदार निर्माणमा सहभागी थिए। महामारीको बेला २५ कामदार मात्र प्रयोग गरिएको थियो। महामारीले काम प्रभावित भएपछि प्राधिकरणले ठेक्का अवधि ६/६ महिना गरेर दुई पटक लम्ब्याएको थियो। 

४२ रोपनीमा निर्माण भइरहेको धरहरालाई गजुरसहित २२ तलाको बनाइएको छ। अहिले बनाइएको धरहरा करिब ७७ मिटर अग्लो छ। पहिलेको धरहराभन्दा करिब १० मिटर पूर्व (सहिदगेटतर्फ) सारिएको छ। नयाँ स्वरूपमा निर्माण भएको धरहराको छेउमा अत्याधुनिक तीन तले सवारी पार्किङ बनाइएको छ। भूकम्पले भत्काएर बचेको पुरानो धरहराको भागलाई ‘भुइँचालो स्मारक’का रूपमा ‘टेक्पर्ड ग्लास’ फ्रेममा राखिएको छ।

सात महिनासम्म समय थप हुनसक्ने
निर्माण कम्पनीले काम सक्न थप डेढ वर्ष मागेको भए पनि मन्त्रालयले भने सात महिनासम्म मात्र समय थप गर्न सक्ने जनाएको छ। गत पुसदेखि धरहरा निर्माणको आयोजना पुनर्निर्माण प्राधिकरणबाट स्थानान्तरण भई शहरी विकास मन्त्रालयको भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)तर्फ आएको छ। 

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)का प्रमुख कोषनाथ अधिकारीले समय थप्नका लागि निर्माण कम्पनीबाट निवेदन आएको बताए। उनले भने, ‘निर्माण कम्पनीले वरिपरिका संरचना भत्काउन भएको ढिलाइ र कोभिडको कारण उल्लेख गर्दै थप समय माग गरेर निवेदन दिएको छ। कति समय दिन सकिन्छ वा समय थप्न सकिँदैन भन्ने निर्णय भने भइसकेको छैन।’

अधिकारीका अनुसार ठेकेदार कम्पनीका लागि बढीमा सात महिना मात्र ठेक्का समय थप हुन सक्छ। ठेकेदार कम्पनीबाट प्राप्त निवेदन अध्ययनपछि यसबारे निर्णय हुने उनले बताए। ‘हुलाक र सञ्चय कोषको भवन भत्काउने विषयमा कार्यादेश दिइएको कति समयपछि काम सुरु भयो भन्ने विषयमा अनुसन्धानमार्फत म्याद थप गर्ने वा नगर्ने निधो हुनेछ,’ उनले भने, ‘काम गर्न नपाएको समयावधि हेरेर त्यो वास्तविक कारण हो भने म्याद थप हुनेछ।’

निर्माण क्षेत्र उपलब्ध हुँदाहुँदै काम नगरेर धरहरा निर्माणमा ढिलाइ भएको देखिएमा त्यहीअनुसार कारबाही प्रक्रिया अघि बढ्ने उनले बताए।

यो पनि पढ्नुहोस्

गाउँगाउँमा ‘भ्यू टावर’ : एउटै प्रदेशमा भएको खर्चले बन्छन् २० अस्पतालमंगलबार, चैत १५, २०७८

 

प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  २०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
दलित परिवारका लागि सुरक्षित आवास आर्थिक अभावमा पक्की घरमा बस्ने सपना मात्रै देखेका  उनलाई अब भने नगरपालिकाले सुरक्षित आवास निर्माण थालेपछि सपना विपनामा परिणत हुने आश... बुधबार, जेठ ७, २०८२
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताए । उन भने, “पहिलो वर्ष त बजेट थिएन होला भनेर... सोमबार, जेठ ५, २०८२
तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’ चतरा धामस्थित खुवालुङदेखि खोटाङको तावाभञ्ज्याङसम्म लोअर मुन्दुम ट्रेल, तावाभञ्ज्याङ देखि भोजपुरको साल्पासिलिचुङ सम्म मुन्दुम ट्रेल त... बिहीबार, जेठ १, २०८२
ताजा समाचारसबै
मानसिक स्वास्थ्य जागरूकता महिनाका अवसरमा युवा लक्षित मानसिक स्वास्थ्य कार्यशाला बुधबार, जेठ ७, २०८२
सिग्मा कलेजको क्यान्टिनमा आगलागी बुधबार, जेठ ७, २०८२
आज स्वदेश फर्किँदै नेपाली महिला राष्ट्रिय टोली बुधबार, जेठ ७, २०८२
एकै परिवारका छ जनाले गरे मकालु हिमालको आरोहण बुधबार, जेठ ७, २०८२
दलित परिवारका लागि सुरक्षित आवास बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा मंगलबार, जेठ ६, २०८२
भूकम्पको धक्का महसुस मंगलबार, जेठ ६, २०८२
आईपीएलमा चेन्नाईविरुद्ध राजस्थान विजयी, सूर्यवंशीको उत्कृष्ट ब्याटिङ बुधबार, जेठ ७, २०८२
रविको रिटमा सुनुवाइ जारी मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्