• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
केन्द्रमा कांग्रेसको संसदीय समिति अझै बनेन, महानगरका उम्मेदवारको निर्णय केन्द्रीय समितिले गर्ने तयारी
64x64
बीपी अनमोल शुक्रबार, वैशाख २, २०७९  २२:३४
1140x725

काठमाडौं–स्थानीय तहको चुनाव आउन २८ दिनमात्र बाँकी छ। निर्वाचन आयोगको कार्यतालिकाअनुसार उम्मेदवार मनोनयनको मिति वैशाख ११ र १२ पनि नजिकिइसक्यो। तर सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले भने उम्मेदवार चयन गर्न गठन गर्नुपर्ने संसदीय समितिसमेत गठन गर्न सकेको छैन। 

कांग्रेसको विधानमा उम्मेदवारको मनोनयन हुनुभन्दा एक महिना अगावै पार्टीका उम्मेदवारको टुंगो लगाइसक्नुपर्ने व्यवस्था छ। ‘संघीय संसद, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न विभिन्न तहमा संसदीय समिति गठन गरिनेछ,’ विधानमा भनिएको छ।

जिल्ला र प्रदेशहरुमा भने यस्ता समिति गठन गरिएका छन्। कांग्रेस चुनावको दुई महिना अघि चुनावी अभियान लिएर गाउँ पसेको थियो। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत पनि केन्द्रबाहेक प्रदेश र जिल्लाहरुको हकमा संसदीय समिति बनिसकेको बताउँछन्। 

नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले पनि प्रदेश संसदीय समिति गठन भइसकेको जानकारी दिए। ‘प्रदेश र जिल्लाले समिति बनाएर केन्द्रमा भएको सहमतिअनुसार काम भइरहेको छ,’उनले भने,‘तालमेलका विषयमा सिट बाँडफाँडको विषय टुंगिसकेको छैन।’

नेपाली कांग्रेसको विधानको धारा ३१ मा संसदीय समितिसम्बन्धी व्यवस्था गरिएको छ। विधानले प्रतिनिधिसभा क्षेत्र संसदीय समिति, जिल्ला संसदीय समिति, प्रदेश संसदीय समिति र केन्द्रीय संसदीय समिति गठन गर्नुपर्ने उल्लेख छ। विधानको धारा ६० मा ‘पार्टीका सबै तहमा गठन गर्ने भनिएका विभाग÷समिति÷विभिन्न निकायहरु महाधिवेशन भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्दछ’ भनिएको छ। नेपाली कांग्रेसको महाधिवेशन गत मंसीरमा सम्पन्न भएको थियो। 

गत चैत दोस्रो साता बसेको केन्द्रीय कार्यसमितिको बैठकले समिति गठन गर्ने भनिएको थियो। तर, अन्तिममा आएर निर्णय हुन सकेन। महानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवार चयन केन्द्रीय संसदीय समितिले गर्नुपर्ने हुन्छ। 

‘६ वटा महानगरको प्रमुख र उपप्रमुख संसदीय समिति बनाएर नै गर्नुपर्ने हो,’ प्रवक्ता महतले भने,‘अहिले गठन भइसकेको छैन। त्यसो हुँदा तत्काल नबने पनि केन्द्रीय कार्यसमितिले अनुमोदन गरेर निर्णय गर्न सक्छ।’ यसअघि राष्ट्रिय सभा सदस्यको निर्वाचनको समयमा उम्मेदवार चयन केन्द्रीय संसदीय समिति गठन गरेर गर्नुपर्ने माग उठे पनि सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिबाटै नै निर्णय गरेका थिए। 

विधानले केन्द्रीय कार्यसमितिका सभापतिकै सभापतित्वमा केन्द्रीय संसदीय समिति गठनको व्यवस्था गरेको छ। केन्द्रकै ढाँचामा प्रदेश, जिल्ला र प्रतिनिधिसभा क्षेत्रमा पनि संसदीय समिति गठन हुन्छन्। सह–महामन्त्री किशोरसिंह राठौर संसदीय समिति नबने पनि आन्तरिक तयारी भइरहेको बताउँछन्। ‘अहिले जिल्ला र प्रदेशहरुबाट नामावली नै आइसकेको छैन,’उनले भने,‘पार्टीले महानगरको हकमा उम्मेदवार चयन गर्ने विषयमा छलफल गरिरहेको छ।’ 

अर्का सह–महामन्त्री बद्री पाण्डे केन्द्रीय संसदीय समितिले ६ वटा महानगरमा उम्मेदवारको निर्णय गर्ने भएकाले धेरै समय नलाग्ने बताउँछन्। ‘चयन गर्ने संसदीय समितिले नै हो। अहिलेसम्म बनिसकेको छैन,’उनले भने,‘यस विषयमा सभापति ज्यूले छिट्टै निर्णय लिनुहुन्छ।’ केही समय ढिलो भए जस्तो देखिए पनि पार्टीले छिट्टै निर्णय गर्ने उनी बताउँछन्।

प्रवक्ता महतले गठबन्धनमा समझदारी भए अनुसार जिल्ला–जिल्लाबाट शनिबारसम्ममा उम्मेदवारको विषयमा सिफारिस भइसक्ने बताउँछन्। ‘साथीहरु तल्लो तहमा काम गरिरहनुभएको छ। सबै क्षेत्रको निष्कर्ष आइसकेपछि विधानले दिएको व्यवस्था अनुसार उम्मेदवारको चयन हुन्छ,’उनले भने। 

पाँच दलीय गठबन्धनले तालमेल गरेर जाने सहमति गरे पनि सिट बाँडफाँडको विषय टुंगो लगाइसकेका छैनन्। यसका लागि गठित संयन्त्र र सम्बन्धित दलले आवश्यक तयारी गरिरहेका छन्। जसका कारण उम्मेदवारका आकांक्षीहरु प्रचारप्रसार गर्न पनि अन्योल नै देखिएका छन्। 

प्रमुख प्रतिपक्षी एमालेले उम्मेदवार टुंगो लगाउनेदेखि सिफारिसका काम तीव्र रूपमा अघि बढाइरहेको छ। 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  २२:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै उ... सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन्। सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसद्मा सुनाए स्पेन भ्रमणको उपलब्धि प्रतिनिधि सभाको जारी बैठकमा प्रधानमन्त्री ओलीले स्पेनको पाँच दिन भ्रमणको उपलब्धिबारे जानकारी गराएका हुन्। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली सोमबार, असार २३, २०८२
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्