• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
गठबन्धनभित्र महानगर र उपमहानगर भागबन्डाको सकस,  कहाँ कसको दाबी, आधार के?
64x64
बीपी अनमोल आइतबार, वैशाख ४, २०७९  २२:२९
1140x725

काठमाडौं–वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा केन्द्रदेखि जिल्ला तहसम्म तालमेल गरेर जाने सहमति गरेको पाँच दलीय सत्ता गठबन्धनलाई सिट बाँडफाँड भने सकसपूर्ण बनेको छ। 

६ महानगरपालिका र ११ उपमहानगरपालिकाको बाँडफाँड केन्द्रबाट नै टुंगो लगाउने भनिए पनि दलहरुको आ–आफ्नै दाबीका कारण आइतबारको बैठकमा पनि सहमति जुट्न सकेन।

आइतबार बिहान गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको थियो। बैठकले सोमबारसम्ममा निर्णय गर्ने गरी थप गृहकार्य गर्ने जिम्मा कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वमा गठित कार्यदललाई दिएको थियो।

दिउँसो बसेको कार्यदलको बैठकमा पनि जिल्लाबाट प्राप्त रिपोर्टका आधारमा दलहरुले आ–आफ्नो स्थितिका बारेमा रिपोर्टिङ गरेका छन्।

तर, उनीहरुले महानगरदेखि उपमहानगरसम्म आ–आफ्नै दाबी यथावत राखेका कारणले सहमति भने जुट्न सकेन। बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले कार्यदलमा छलफल भए पनि सहमति भइनसकेको बताए।

‘आजको बैठकमा गठबन्धनमा सहभागी दलले आ–आफ्नो अवस्थाका बारेमा जानकारी दिनुभयो। त्यसैका आधारमा दलहरुको दाबी पनि छ,’ उनले भने, ‘थप छलफल गर्ने भन्ने कुरा छ। सम्भवतः सोमबार वा मंगलबार बस्ने बैठकले टुंगो लगाउला।’

आइतबार महानगर र उपमहानगरको विषयमा सिट बाँडफाँडको टुंगो लगाउन बसेको कार्यदलको बैठकमा पनि दलहरुले आ–आफ्नै दाबी प्रस्तुत गरेका छन्। 

सबैको दाबी भएपछि आइतबारको बैठक बिना निष्कर्ष टुंगिएको छ। माओवादीले भरतपुर महानगर र ४ उपमहानगरमा नेतृत्व दाबी गरेको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीले पोखरा महानगर र ३ उपमहानगरको प्रमुख दाबी गरेको छ। जसपाले पनि वीरगञ्ज महानगर र ३ उपमहानगर आफूले पाउनुपर्ने अडान राखेको छ।

नेपाली कांग्रेसले भने यसअघि आफूले जितेका स्थान र दोस्रो भएको स्थानमा आफ्नो दाबी स्वतः रहने बताउँदै आइरहेको छ।

गठबन्धन निर्वाचन परिचालन एवं समन्वय समितिका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आजको बैठकमा अन्य दलका नेताले आ–आफ्नो दाबी पेश गरेको बताए।

‘सबैले दाबी पेश गर्नुभएको छ। आज केही टुंगो लागेन,’ बैठकपछि उनले भने, ‘सोमबार शीर्ष नेताहरूसहितको बैठक बसेर आवश्यक निर्णय लिन्छौं।’ 

शीर्ष नेतृत्वले कार्यदललाई जिम्मेवारी दिए पनि महानगर र उपमहानगरको निर्णय पुनः शीर्ष नेताहरुबीच हुने छलफलबाट नै टुंगो लाग्ने देखिन्छ।

सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित ४ वटा उपमहानगरपालिका दाबी गरेको छ। माओवादीले धरान, जितपुर सिमरा, हेटौँडा र घोराही उपमहानगरपालिकामा समेत दाबी गरेको छ। जनता समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा एक महानगरपालिकासहित तीन उपमहानगरपालिकामा नेतृत्वमा दाबी गरेको छ। बालुवाटारमा बसेको सत्ता गठबन्धनको कार्यदलको बैठकमा जसपाले यस्तो दाबी गरेको हो। 

‘जसपाको दाबी वीरगन्ज महानगरपालिकासहित धरान, जनकपुरधाम र नेपालगन्ज उपमहानगरमा छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘अन्य दलले पनि आ–आफ्नो दाबी पेश गरेका छन्। तर, सहमति भइसकेको छैन।’ जसपाले अन्य स्थानीय तहमा पनि आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको भन्दै सम्मानजनक रुपमा बाँडफाँड हुनुपर्ने बताएको छ। 

नेकपा एकीकृत समाजवादीले भने पोखरा महानगरसहित दुई उपमहानगर दाबी गरेको छ। पोखरा महानगरलाई एकीकृत समाजवादीले बटमलाइन बनाएको छ। एकीकृत समाजवादीका तर्फबाट समिति सदस्य रहेका बेदुराम भूसालले एमालेबाट विभाजित शक्ति भएकाले अन्य दलजस्तै सम्मानजनक भाग पाउनुपर्ने दाबी गरेका थिए। 

उनले पोखराका साथै हेटौंडा, तुलसीपुर र इटहरीमध्ये दुई उपमहानगरको प्रमुख एकीकृत समाजवादीले पाउनुपर्ने माग राखे। ’शान्ति प्रक्रियामा माओवादीलाई दिइएको जस्तै हामीलाई भाग चाहिन्छ,’ एकीकृत समाजवादीका नेताहरुको भनाइ उद्धृत गर्दै समितिका एक सदस्यले भने। 

गठबन्धन दलमा यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा जितेको पार्टीले नै लिने गरी छलफल अघि बढेको थियो। एकीकृत समाजवादी यसअघिको निर्वाचनमा सहभागी थिएन। एमालेबाट विभाजित भएको शक्ति भएकाले उसले आफूले एमालेले जितेका स्थानमध्ये ५० प्रतिशत स्थानमा सिट पाउनुपर्ने बताउँदै आइरहेको छ। एकीकृत समाजवादीको मागमा अन्य दल भने सहमत हुन सकेका छैनन्। 

नेपाली कांग्रेसका तर्फबाट कार्यदल सदस्य रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की दलहरुबीच छलफल भइरहेको र अझै एकदिन जति लाग्ने बताउँछन्। 

२०७४ को स्थानीय तहको निर्वाचनमा ६ वटा महानगरपालिकामध्ये काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिकामा एमालेले जितेको थियो। ललितपुर र विराटनगरमा नेपाली कांग्रेसले जितेको थियो। त्यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर र जसपाले वीरगन्जमा जितेको थियो। ११ उपमहानगरपालिकामध्ये नेपाली कांग्रेसले धरान,  कलैया र धनगढीमा जितेको थियो। त्यस्तै नेकपा एमालेले इटहरी, जीतपुरसीमरा, हेटौंडा, बुटवल, घोराही र तुलसीपुरमा जितेको थियो। त्यस्तै जसपाले जनकपुर र राप्रपाले नेपालगञ्ज उपमहानगरमा जितेको थियो।

११ उपमहानगर, कसको दाबीका आधार के?

जसपाको जोडदार दाबी भएका दुई
जनकपुर–
मधेस प्रदेशको धनुषा जिल्लामा रहेको जनकपुर उपमहानगरपालिकामा २०७४ को निर्वाचनमा तत्कालीन राजपा नेपालका उम्मेदवार लालकिशोर साह विजयी भएका हुन्। उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम चौथो स्थानमा रहे पनि संघीय समाजवादी फोरम र राजपाको एकतापछि मेयर साह जसपामा आवद्ध छन् । त्यसकारण यो उपमहानगरपालिका जसपाले दाबी गरिरहेको छ। साह २१ हजार ९ सय ३ मत ल्याएर विजयी भएका थिए। नेपाली कांग्रेसका उम्मेदवार मनोजकुमार साह कुडीले उनलाई ११ हजार १ सय ६४ मतका साथ पछ्याएका थिए। नेकपा एमालेका लक्ष्मीनारायण भगत ४ हजार ८ सय ६५ मतसहित तेस्रो भएका थिए। 

नेपालगञ्ज– जनता समाजवादी पार्टीले अर्को दाबी गरेको उपमहानगरपालिका बाँके जिल्लाको नेपालगञ्ज  हो। २०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाका उम्मेदवार धवलशमशेर जबरा निर्वाचित भएका थिए।  जबरा १२ हजार ५ सय १५ मतसहित निर्वाचित भएका थिए। कांग्रेसका सुरेशकुमार कनोडियाले ८ हजार ७ सय ३० मतसहित पछ्याएका थिए।  माओवादी केन्द्रका दामोदर आचार्य ७ हजार १ सय ९८ मतसहित तेस्रो, एमालेका समसुद्दीन सिद्दिकी ६ हजार ९ सय ६५ मतसहित चौथो र संघीय समाजवादी फोरम हाल जसपाका कमरूद्दीन राई ५ हजार ४ सय ४१ मतसहित पाँचौ भएका थिए। 

कांग्रेसले नेपालगन्जकाे मेयर गुमाए पनि उमा मगरले उपमेयर जितिन्। त्यसकारण यहाँ कांग्रेसले यसपल्ट जित निकाल्ने देखेको छ। तर, जसपा भाग नपाए एक्लै लड्ने मुडमा पुगेको छ र स्थानीय कमिटीले निर्णयसमेत गरिसकेको छ। जसपाका प्रभावशाली नेता मोहम्मद इस्तियाक राई यही क्षेत्रका भएकाले उनले प्रतिष्ठाको विषय बनाएका छन्। 

कांग्रेसको निरन्तरता हुन सक्ने  तीन 
धरान- सुनसरीकाे धरान उपमहानगरपालिका २०७४ को निर्वाचनमा एमालेले जित्यो। एमालेबाट निर्वाचित तारा सुब्बाको मृत्यु भएपछि गरिएको उपनिर्वाचनमा भने कांग्रेसले  जितेको छ।

एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा बनेको समयमा समेत कांग्रेसका तिलक राई विजयी भए। उनले २६ हजार ७ सय ९ मत ल्याउँदा नेकपाका उम्मेदवार प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याएका थिए। 

तर, आइतबार यो उपमहानगरमा जसपाले समेत दाबी गरेको छ। जसपाका नेता अशोक राई निर्वाचन लड्ने क्षेत्रमा यो उपमहानगरपालिका रहेकाले पनि यहाँ जसपाको दाबी छ। 

यो महानगरपालिकामा माओवादीले समेत आफ्नो दाबी पेश गरेको छ। २०७४ सालको निर्वाचनमा यहाँ माओवादी तेस्रो बनेको थियो।

कलैया–मधेस प्रदेशको बारा जिल्लामा रहेको कलैया उपमहानगरपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवार राजेशराय यादव १० हजार ९ सय ३ मतसहित विजयी भएका थिए। एमाले उम्मेदवार विनोदप्रसाद साहले १० हजार ७ सय १६ मत पाएर उपविजेता रहे। तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार प्रमोदप्रसाद गुप्ताले ९ हजार ४ सय ४ पाएका थिए ।

धनगढी–२०७४ को स्थानीय तह निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा रहेको यो उपमहानगरमा कांग्रेसका उम्मेदवार नृपबहादुर वड १४ हजार ३ सय २४ मतसहित  विजयी भएका हुन्। स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५ सय २७ मत पाए। 

कांग्रेसले जितेको मात्रै नभइ कांग्रेस सभापति देउवा र देउवा पत्नी आरजु देउवाको निर्वाचन क्षेत्र रहेको प्रेदश भएकाले काँग्रेस अरुलाई आँखा लगाएको समेत सहदैन र कसैले दाबी गरेको पनि छैन। 

एमालेले जितेकामा कहाँको दाबी?
जीतपुर सिमरा–बाराको जितपुर सिमरा उपमहानगरपालिकामा अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेल १४ हजार ८ सय ६५ मत ल्याएर विजयी भए। कांग्रेसका कृष्णव्रत सिंह ११ हजार ९ सय ९५ मतसहित दोस्रो भएका थिए।

माओवादी केन्द्रका  उम्मेवार राजन पौडेलले ११ हजार २ सय ५१ मत पाएका थिए। त्यसकारण गठबन्धनको बैठकमा माओवादीले यो आफूले पाउनुपर्ने दाबी गरेको छ। आफूले प्राप्त गर्दा जित्न सहज उपमहानगरपालिकाका रुपमा लिएको देखिन्छ।

इटहरी–प्रदेश नम्बर १ को सुनसरीको इटहरी उपमहानगरपालिकामा २०७४ को निर्वाचनमा एमालेका द्वारिकलाल चौधरी २२ हजार ६ सय ७९ मत ल्याएर निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रोहितकुमार प्रसाईंले १९ हजार ९ सय ८५ मत ल्याए। राप्रपाका रोहितबहादुर कार्की ३ हजार ७ सय १५ मतसहित तेस्रो भएका थिए। कांग्रेस दोस्रो दल भएका कारण स्वाभाविक दाबी हो। तर एकीकृत समाजवादीले पनि यहाँ आफ्नो शक्ति बलियो रहेको दाबी गरेको छ। एमालेबाट धेरै मत आफूतिर आउने भन्दै दाबी पेश गरेको हो। 

हेटौंडा–बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवार हरिबहादुर महत २३ हजार १ सय २४ मतसहित विजयी भएका थिए। 

माओवादी केन्द्रले सघाउँदा पनि कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५ सय मत मात्रै पाए। यो पालिकामा एकीकृत समाजवादीले दाबी गरेको छ। स्वास्थ्यमन्त्रीसमेत रहेका विरोध खतिवडाको गृहजिल्ला भएकाले एकीकृत समाजवादी नछाड्ने भएको हो। 

बुटवल– लुम्बिनी प्रदेशको अस्थायी राजधानी रहेको रुपन्देहीको बुटवल उपमहानगरपालिकामा २०७४ मा एमालेका उम्मेदवार शिवराज सुवेदीले जिते।

उनले २३ हजार २ सय ४९ मत प्राप्त गरेका थिए। माओवादी केन्द्रसँग तालमेल गरेको कांग्रेसका खेमराज पाण्डेयले २० हजार ८ सय ५१ मत ल्याएका थिए। यो उपमहानगरपालिका एकीकृत समाजवादीले दाबी गरेको छ। एमालेको गढ भएका कारण एकीकृत समाजवादीले दाबी गरेको हो। 

तुलसीपुर– दाङको अर्को उपमहानगरपालिका तुलसीपुरमा एमालेका घनश्याम पाण्डे २२ हजार ८ सय ५७ मतसहित विजयी भएका थिए। कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ३ मत पाए। माओवादी केन्द्रका शेषुराम भण्डारी ८ हजार ६ सय ९३ मतसहित तेस्रो भए।

यो नगरपालिकामा एकीकृत समाजवादीको दाबी छ। उक्त पार्टीका नेता मेटमणि चौधरीको गृह जिल्ला भएका कारण यो नगरपालिकामा एकीकृत समाजवादीले जोड गरिरहेको हो। 

घोराही–दाङको सदरमुकाम रहेको यो उपमहानगरपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका नरुलाल चौधरीले २२ हजार ३० मत ल्याएर जिते। कांग्रेसका भुपबहादुर डाँगी क्षेत्रीले १७ हजार ४ सय ८४ मत पाए। माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरे।

यहाँ २०७४ मा निकटतम प्रतिद्वन्दी कांग्रेसले छाड्ने संकेत देखिँदैन। तर माओवादीले गठबन्धनका अन्य दलले सघाउँदा सहज जति निकाल्न सकिने उपमहानगरपालिकाका रुपमा यसलाई लिएको छ। कृष्णबहादुर महराको जिल्लाको उपमहानगर भएकाले पनि यसलाई जोडबल गर्ने देखिएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  २२:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली सोमबार, असार २३, २०८२
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्