काठमाडौं– वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश १ मा रहेका १३७ मध्ये १२१ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ। जसमा सबैभन्दा धेरै कांग्रेसले जित निकालेको छ।
प्रदेश १ मा हाल १६ वटा पालिकाको अन्तिम मत परिणाम आउन बाँकी छ। मत परिणाम आएका पालिकाहरुमध्ये सबैभन्दा धेरै कांग्रेसले ६० पालिकामा जित निकालेको छ। त्यस्तै, नेकपा एमालेले ४१ पालिकामा जित निकालेको छ।
तेस्रो पार्टीको रुपमा देखिएको नेकपा माओवादी केन्द्रले १२ पालिकामा जित निकालेको छ। प्रदेश १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र स्वतन्त्र उम्मेदवारले दुई/दुई स्थानीय तहमा जित निकालेका छन्।
कांग्रेसले प्रदेश १ को ६० पालिकामा जित निकालेको छ। जसमध्ये ताप्लेजुङमा ४, पाँचथरमा ६, इलाममा ४, झापामा ३, संखुवासभामा ६, तेह्रथुममा ३, भोजपुरमा ३, धनकुटामा ४, मोरङमा ७, सुनसरीमा ४, सोलुखुम्बुमा ५, खोटाङमा ६, ओखलढुंगामा ४ र उदयपुरमा १ पालिकामा जित निकालेको छ।
कांग्रेसले ताप्लेजुङको फुङलिङ नगरपालिका, मिक्वाखोला गाउँपालिका, मेरिङदेन गाउँपालिका र सिरीजङ्घा गाउँपालिका, पाँचथरको कुम्मायक गाउँपालिका, तुम्वेवा गाउँपालिका, फालेलुङ गाउँपालिका, फाल्गुनन्द गाउँपालिका, फिदिम नगरपालिका, हिलिहाङ गाउँपालिकामा जितेको छ।
त्यस्तै, इलामको इलाम नगरपालिका, चुलाचुली गाउँपालिका, रोङ गाउँपालिका र सन्दकपुर नगरपालिका, झापाको कचनकवल गाउँपालिका, झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, भद्रपुर नगरपालिका, संखुवासभाको खाँदवारी नगरपालिका, चिचिला गाउँपालिका, पाँचखपन नगरपालिका, सभापोखरी गाउँपालिका, सिलीचोङ गाउँपालिका र मकालु गाउँपालिकामा कांग्रेसले जीत निकालेको छ।
तेह्रथुमको आठराई गाउँपालिका, फेदाप गाउँपालिका र लाँलीगुराँस नगरपालिकामा कांग्रेस निर्वाचित भएको छ। भोजपुरको अरुण गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिका, धनकुटाको छथर जोरपाटी गाउँपालिका, पाख्रिवास नगरपालिका, महालक्ष्मी नगरपालिका र सागुरीगढी गाउँपालिका, मोरङको कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका, जहदा गाउँपालिका, धनपालथान गाउँपालिका, बुढिगंगा गाउँपालिका, मिक्लाजुङ गाउँपालिका र रतुवामाई नगरपालिकामा कांग्रेस विजयी भएको छ।
कांग्रेसले सुनसरीको पालिकाहरुमध्ये ईनरुवा नगरपालिका, कोशी गाउँपालिका, दुहवी नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिका, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका, महाकुलुङ गाउँपालिका, लिखु पिके गाउँपालिका, सोताङ गाउँपालिका र सोलु दुधकुण्ड नगरपालिका जितेको छ।
त्यस्तै, खोटाङको कोपिलासगढी गाउँपालिका, बराहपोखरी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावा बेसी गाउँपालिका, साकेला गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिका, ओखलढुंगाको चम्पादेवी गाउँपालिका, लिखु गाउँपालिका, सिद्दिचरण नगरपालिका र सुनकोशी गाउँपालिका र उदयपुरको वेलका नगरपालिका कांग्रेसले जितेको छ।
एमालेले प्रदेश १ को ताप्लेजुङमा ३, पाँचथरमा १, इलाम ५, झापामा ३, संखुवासभामा ४, तेह्रथुम ३, भोजपुर ३, धनकुटामा ३, मोरङ्गमा ७, सुनसरीमा ३, सोलुखुम्बुमा २, खोटाङमा २, ओखलढुंगामा १ र उदयपुरमा १ गरि ४१ पालिकामा जित निकालेको छ।
एमालेले जितेका पालिकाहरुमा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका, पाथीभरा याङवरक गाउँपालिका र सिदिङवा गाउँपालिका रहेका छन्। त्यस्तै, पाँचथरमा याङवरक गाउँपालिका, इलाममा देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माई नगरपालिका, माइजोगमाइ गाउँपालिका र माङसेबुङ गाउँपालिका, झापाको कन्काई नगरपालिका, बाह्रदशी गाउँपालिका र विर्तामोड नगरपालिका, संखुवासभाको चैनपुर नगरपालिका, धर्मदेवी नगरपालिका, भोटखोला गाउँपालिका र मादी नगरपालिकामा एमालेले जित निकालेको छ।
त्यस्तै, एमालेले जितेका पालिकाहरुमा तेह्रथुमको छथर गाउँपालिका, मेन्छयायेम गाउँपालिका र म्याङलुङ नगरपालिका रहेको छ। भोजपुरको पौवादुङमा गाउँपालिका, षडानन्द नगरपालिका र हतुवागढी गाउँपालिका, धनकुटाको सहिदभूमि गाउँपालिका, चौविसे गाउँपालिका, धनकुटा नगरपालिका, मोरङको उर्लावारी नगरपालिका, कानेपोखरी गाउँपालिका, केरावारी गाउँपालिका, बेलवारी नगरपालिका, लेटाङ नगरपालिका र सुनवर्षी नगरपालिकामा नेकपा एमालेले जीत निकालेको छ।
एमालेले जितेका सुनसरीका पालिकाहरुमा गढी गाउँपालिका, बर्जु गाउँपालिका र रामधुनी नगरपालिका रहेका छन्। त्यस्तै, सोलुखुम्बुको खुम्वु पासाङल्हमु गाउँपालिका, माप्य दुधकोशी गाउँपालिका, खोटाङ्गको ऐसेलुखर्क गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, ओखलढुंगाको मेलुङ गाउँपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका नेकपा एमालेले जित निकालेको छ।
नेकपा माओवादी केन्द्रले भने प्रदेश १ मा १२ पालिकामा जित निकालेको छ। माओवादीले उदयपुरमा ३, ओखलढुंगामा १, खोटाङमा २, सोलुखुम्बुमा १, भोजपुरमा २, पाँचथरमा १ र ताप्लेजुङमा २ पालिकामा जित निकालेको छ।
माओवादी केन्द्रले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका र मैवाखोला गाउँपालिका, पाँचथरको मिक्लाजुङ गाउँपालिका, भोजपुरको आमचोक गाउँपालिका र रामप्रसाद राई गाउँपालिका, सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपलिका, खोटाङको खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, ओखलढुंगाको चिशंखुगढी गाउँपालिका, उदयपुरको ताप्ली गाउँपालिका, रौतामाई गाउँपालिका र लिम्चुङ्बुङ गाउँपालिकामा जित निकालेको छ।
त्यस्तै, सत्ता गठबन्धनमा रहेको तथा पहिलो पटक निर्वाचनमा भाग लिएको नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश १ मा दुई पालिकामा जित निकालेको छ। समाजवादीले इलामको एक र उदयपुरको एक पालिकामा जित निकालेको हो। जसमा इलामको सूर्योदय नगरपालिका र उदयपुरको उदयपुरगढी गाउँपालिका रहेका छन्।
जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश १ को दुई पालिकामा जित निकालेको छ। जसपाले सुनसरीको देवागञ्ज र ओखलढुंगाको खिजिदेमवा गाउँपालिकामा जितको हो।
प्रदेश १ मा दुई पालिकामा जीत निकालेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा दुई पालिका आफ्नो हातमा लिएको छ। राप्रपाले झापाको दमक नगरपालिका र हल्दीवारी गाउँपालिकामा जित निकालेको छ।
प्रदेश १ का दुई पालिकामा स्वतन्त्र उम्मेदवारले जित निकालेका छन्। स्वतन्त्र उम्मेदवारले भोजपुरको साल्पासिलिछी गाउँपालिका र ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा जित निकालेका हुन्। भोजपुरको साल्पासिलिछी गाउँपालिकामा ‘धारा’ चुनाव चिह्न लिएर चुनावमा लडेका दौलथ कुमार कुलुङ (राई) र ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका पनि सोही चुनाव चिह्नमा लडेका ज्ञानेन्द्र रुम्दाली निर्वाचित भएका छन्।
हालसम्म प्रदेश १ का १६ पालिकाको अन्तिम मत परिणाम आउन बाँकी छ। जसमा उदयपुरका २, झापाका ७, मोरङका ३ र सुनसरीका ४ पालिका रहेका छन्।
मत परिणाम आउँन बाँकी रहेका पालिकामध्ये झापाको अर्जुनधारा नगरपालिकामा एमाले, कमल गाउँपालिकामा नेपाली कांग्रेस, गौरादय नगरपालिकामा नेकपा एमाले, गौरीगञ्ज गाउँपालिकामा कांग्रेस, मेचीनगर नगरपालिकामा एमालेको र शिवसताक्षि नगरपालिकामा एमालेको अग्रता रहेको छ। त्यस्तै, मत परिणाम आउन बाँकी मोरङको पथरी शनिश्चरे नगरपालिकामा एमाले, रंगेली नगरपालिकामा एमाले, विराटनगर महानगरपालिकामा कांग्रेस र सुन्दरहरैंचा नगरपालिकामा एमालेले अग्रता बनाएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिकामा कांग्रेस, धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क राज राई, बराहक्षेत्र नगरपालिकामा कांग्रेस र हरिनगर गाउँपालिकामा कांग्रेसको अग्रता रहेको छ।
त्यस्तै, गणना भइरहेको उदयपुरको कटारी नगरपालिकामा एमालेको अग्रता रहेको छ। उदयपुरको त्रियुगामा मतगणनाको प्रारम्भिक विवरण पनि आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।