• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
पालिकामा महिला प्रमुखको संख्या बढ्यो, क–कसले जिते?
64x64
धनु विश्वकर्मा आइतबार, जेठ ८, २०७९  १२:२७
1140x725

काठमाडौं — वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन २०७९ को नतिजा अन्तिम चरणमा पुगेको छ।  ७५३ स्थानीय तहमा ६ महानगर, ११ उपमहानगर, २९३ नगरपालिका र ४६० गाउँपालिका रहेका छन् जसमध्ये धेरै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। महानगर र केही स्थानीय तहको मतगणना जारी छ। जारी मतगणनामा कतिपय स्थानीय तहको प्रमुखमा महिला निर्वाचित भएका छन्। 

 २०७४ मा भएको स्थानीय तह निर्वाचनमा १८ जना महिला प्रमुख पालिकामा निर्वाचित भएका थिए। 

२०७९ को स्थानीय तहको निर्वाचनको मतगणना जारी छ। सत्ता गठबन्धनका कारण महिलाको उम्मेदवारी खासिएको थियो। तर, पनि पालिका प्रमुखमा भने संख्या बढेको छ। शनिबारसम्मको मतगणनाको परिणाम हेर्दा २२ जना महिला पालिका प्रमुखमा निर्वाचित भएका छन्। भरतपुर महानगरपालिकामा मतगणना जारी छ। त्यहाँ गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बनाइरहेकी छन्।  

प्रदेश १ मा ५ जना, मधेश प्रदेशमा ३, बामगती प्रदेशमा ५, गण्डकी प्रदेशमा ३, लुम्विनी प्रदेशमा २, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा २ जना पालिका प्रमुख महिला बनेका छन्।  

प्रदेश १ मा चार जिल्लामा पाँच जना महिला प्रमुख बनेका छन्। खोटाङ्गको जन्तेढुंगा गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रबाट अरुणदेवी राई विजेता बनेकी छन्। उनले २ हजार ८८१ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका शंखरबहादुर राईले २ हजार ५७५ मत ल्याए। 

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका खेम बहादुर खड्काले जित हासिल  गरेका छन्। उनले २ हजार ८०५ मत ल्याएउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेकी विमला राईले २ हजार ४९५ मत ल्याएकी छन्। 

खोटाङ्गकै हलेसी तुवाचुङ्ग नगरपालिकामा मेयरमा नेपाली कांग्रेसकी विमला राई विजयी बनेकी छन्। उनले ६ हजार ३१७ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका खडेन्द्र राईले ५ हजार ९६६ मत ल्याएका छन्। उपप्रमुखमा कांग्रेसकै रमेश कुमार राउत विजयी भएका छन्। विमला पहिलो कार्यकालमा उपमेयर बनेकी थिइन्।

मोरङको कानेपोखरी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष राजमति इङ्गनाम गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी छन्। एमालेकी राजमतिले ३ हजार १ सय २९ मतान्तरले कांग्रेसका सञ्जय भट्टराईलाई पराजित गरिन्।

राजमतिले ८ हजार ९ सय ७५ मत ल्याउँदा भट्टराईले ५ हजार ८ सय ४६ मत ल्याए। उपाध्यक्षमा भने नेकपा एमालेका भोलाप्रसाद अधिकारीले जितेका छन्। 

सोलुखुम्बुको लिखु पिके गाउँपालिका अध्यक्षमा कांग्रेसकी मिनादेवी कार्कीले जितेकी छन्। उनी १ हजार २ सय ६० मत ल्याई विजयी भएकी हुन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका डम्बरबहादुर बस्नेतलाई १ सय ४७ मतान्तरले पराजित गरेकी हुन् । बस्नेतले १ हजार १ सय १३ मत ल्याएका छन्। उपाध्यक्ष भने नेपाली कांग्रेसकै ङ्गावाङ्ग लाक्पा शेर्पा विजयी भएका छन्। 

झापाको विर्तामोड नगरपालिकामा  मेयरमा  नेकपा एमालेकी पवित्रादेवी महतारा विजयी बनेकी छन्। उनले १६ हजार ५२० मत ल्याएकी छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भोजराज सिटौलाले १२ हजार ७६२ मत ल्याएका छन्। उपमेयरमा भने एमालेकै नगेन्द्र प्रसाद संगौला विजयी बनेका छन्। 
 
मधेश प्रदेशमा दुई जिल्लामा तीन महिला प्रमुख बनेका छन्। सप्तरीको सुरूङगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी गिता चौधरी विजयी भएकी छन्। उनले ७ हजार २९२ मत ल्याउँदा प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका राम नारायण चौँधरीले ४ हजार २१७ मत पाए। उपमेयरमा भने नेपाली कांग्रेसका रुद्र बहादुर कार्की विजयी भएका छन्। 

रौतहटको मौलापुर नगरपालिका मेयरमा नेकपा एमालेकी रीना कुमारी साह विजयी बनेकी छन्। उनले ५ हजार ५६४ मत ल्याएकी छन्। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रामप्रवेश राय यादवले ३ हजार ६२ मत ल्याए। उपमेयरमा एमालेकै नागेन्द्र प्रसाद यादव विजयी बनेका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि रीना मौलापुरको मेयर जितेकी थिइन्।

त्यस्तै रौतहटकै ईशनाथ नगरपालिकाको मेयरमा लोकतान्त्रिक समाजवादी पार्टीकी कौशल्या देवीले विजयी भएकी छन्। उनले ६ हजार २८२ मत ल्याएकी छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका सतोष कुमार मेहताले ५ हजार ३०७ मत ल्याएका छन्।  उपमेयरमा भने लोसपाकै मो. परवेज विजयी बनेका छन्। 

बागमती प्रदेशमा चार जिल्लामा पाँच महिला पालिका प्रमुख बनेका छन्। मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना कुमारी लामा मेयरमा निर्वाचित भइन्। लामाले २३ हजार ८० मत ल्याइन्। मेयरमा नेकपा एमालेका अनन्त प्रसाद पौडेलले २० हजार ९०८ मत ल्याए।
उपमेयरमा गठबन्धनबाटै नेपाली कांग्रेसका उम्मेदवार राजेश बानिया निर्वाचित भएका छन्। बानिया ३३ हजार ११४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेकी सुमित्रा काफ्लेले २४ हजार ३२८ मत ल्याइन्। उपमेयरमा राप्रपाकी इन्दीरा न्यौपानेले ५ हजार ५९७ मत ल्याइन्।

चितवनको माडी नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) तारा कुमारी काजी महतो ९ हजार ९०१ मत पाउँदै विजयी भइन्। उनका प्रतिस्पर्धी माओवादी उम्मेदवा ऋषिराम काफ्ले ७ हजार ७२९ मत प्राप्त गरे। त्यस्तै उपप्रमुखमा भने नेपाली कांग्रेसका खेमप्राद महतोले जितेका छन्। 

सिन्धुलीको सुनकोशी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रकी दिपा बोहरा (दाहाल) निर्वाचित भएकी छन्। उनले ५ हजार ३७३ मत ल्याएर विजयी हुँदा एमालेका रोमनराज गिरीले ५ हजार ९८ मत पाए। उपाध्यक्षमा भने नेपाली कांग्रेसका कपिल कुमार कोइराला विजयी भएका छन्। दिपा बोहरा पहिलो स्थानीय तहको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएकी थिइन्। यो उनको दोस्रो कार्यकाल हो। 

त्यस्तै सिन्धुलीकै फिक्कल गाउँपालिका अध्यक्षमा नेकपा एमालेकी उम्मेदवार पार्वती सुनुवार ४ हजार ६२ मत ल्याई विजयी भएकी हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नृप बहादुर भुजेलले ४ हजार १७ मत ल्याएका छन्। उपाध्यक्षमा एमालेका राजु बराल विजयी बनेका छन्। पार्वती सुनुवार २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। 

काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका नेकपा माओवादी केन्द्रकी रेणुका चौलागाई विजयी भएकी छन्। उनले ६ हजार २२८ मत पाउँदा उनका प्रस्पिर्धी नेकपा एमालेका जित राम लामाले ५ हजार ४६३ मत ल्याएका छन्। उपाध्यक्षमा भने नेपालीक कांग्रेसका शेर बहादुर लामा विजयी भएका छन्। 

गण्डकी प्रदेशमा तीन स्थानीय तहका प्रमुख महिला निर्वाचित भएका छन्। बागलुङको बडिगाड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकी गण्डकी थापा निर्वाचित भएकी छन्। पाँच दलीय गठबन्धनको साझा उम्मेदवार थापा पालिका प्रमुखमा निर्वाचित हुने जिल्लाकै पहिलो महिला हुन्। अध्यक्षमा निर्वाचित थापाले ७ हजार २७३ मत प्राप्त गरिन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका राजन कुमार पाईजाले ५ हजार ८१४ मत ल्याएका छन्। उपाध्यक्षमा भने नेपाली कांग्रेसका भिमसेन वन विजयी भए। 

पर्वतको मोदी गाउँपालिका प्रमुखमा नेकपा  एमालेकी हिरादेवी शर्मा विजयी भएकी छन्। उनले ६ हजार १९ मत पाउँदा नेकपा माओवादी केन्द्रका गुप्त बहादुर ठकुरीले ४ हजार ६८० मत ल्याए। उपाध्यक्षमा एमालेकै विमल लामीछाने विजयी बनेका छन्।  त्यस्तै पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा नेपाली कांग्रेसबाट लक्ष्मीदेवि पाण्डे विजयी भएकी छन्। उनले ६ हजार ४५५ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका चेत बहादु रानाले ५ हजार ७४१ मत पाए।

लुम्बिनी प्रदेशमा दुई जिल्लामा दुई पालिका प्रमुख बनेका छन्।  पाल्पाको बगनासकाली गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सरस्वती दर्लामी चिदी विजयी भएकी छन्। उनले ६ हजार ४६६ मत ल्याउँदा उनकी प्रतिस्पर्धी कांग्रेसकी सुनिता अधिकारीले ५ हजार ६३३ मत ल्याएकी छन्। उपाध्यक्षमा भने नेकपा एमालेका हरि प्रसाद पाठक विजयी भएका छन्। 
पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा नेकपा  एमालेकी विमला अर्याल विजयी भएकी छन्। उनले १४ हजार ८३८ मत ल्याएकी छन्। कांग्रेसका अर्जुन कुमार पोखरेलले ११  हजार ६२० मत ल्याए। उप्रमुखमा एमालेकै सूर्य प्रसाद दुवे विजयी बनेका छन्। 

कर्णाली प्रदेशका दुई जिल्लामा दुई महिला पालिका प्रमुख बनेका छन्। दैलेखको भैरवी गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका रिता कुमारी शाहि निर्वाचित भएकी छन्। उनले ३९७६ मत प्राप्त गर्दा नेकपा एमालेका सर्वराज महताराले ३ हजार ९६० मत पाए। उपाध्यक्षमा भने नेपाली कांग्रेसकै देवी भण्डारी विजयी भएकी छन्। अध्यक्ष र उपाध्यक्ष दुवैमा महिला निर्वाचित भएकी छन्। 

सुर्खेत सदरमुकाम रहेको वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। मेयरमा एमालेकी मोहनमाया ढकाल र उपमेयरमा पनि एमालेकै नीलकण्ठ खनाल निर्वाचित भएका हुन्।

मेयरमा एमालेकी ढकालले १६ हजार ३८ मत ल्याइन्। उनका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उपेन्द्र खड्काले १५ हजार ४८४ मत पाए। ढकाल २०७४ को स्थानीय निर्वाचनमा १६ हजार ६८ मत ल्याएर वीरेन्द्रनगरको उप–प्रमुख पदमा विजयी भएकी थिइन्।

सुदूरपश्चिम प्रदेशबाट दुई जिल्लामा दुई महिला पालिका प्रमुख बनेकी छन्। अछामको पञ्चदेवल विनायक नगरपालिकामा मेयरमा नेपाली कांग्रेसकी अम्बिका कुमारी चलाउने विजयी बनेकी छन्। उनले ३ हजार ६५३ मत ल्याएउँदा उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी राम बहादुर विकले ३ हजार १७२ मत पाए। उपमेयरमा कांग्रेसकै हर्क बहादुर रावल विजयी बनेका छन्। 

कैलालीको लम्की चुहा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसकी शुशीला शाही विजयी भएकी छन्। उनले १२ हजार ७१३ मत ल्याएर प्रमुखमा विजय हासिल गरिन्। उनका प्रतिस्पर्धी एमालेका महादेव बजगाईंले १० हजार ४३५ मत ल्याए।

यस्तै, उपप्रमुखमा एमालेकी जुना चौधरी विजयी भएकी छन्। उनले ११ हजार ७८ मत प्राप्त गरिन्। उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी जानकी कुमारी शाहीले ८ हजार ३०८ मत ल्याइन्।

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १२:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय सोमबार, असार २३, २०८२
शुक्लाफाँटामा सेन्सरयुक्त सौर्यबत्ती जडान सोमबार, असार २३, २०८२
एप्पलद्वारा इयूसँग ५० करोड युरो जरिवानाबारे पुनर्विचार गर्न आग्रह सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्