• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
सुदूरपश्चिममा कांग्रेस बन्यो पहिलो पार्टी, यस्ताे बन्नेछ जिल्ला समन्वय समिति 
64x64
बीपी अनमोल सोमबार, जेठ ९, २०७९  ११:१६
1140x725

काठमाडौं–नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै पालिका जित्दै ठूलो पार्टी बनेको छ। ९ वटा जिल्लाका ८८ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले ३९ प्रमुख/अध्यक्ष जितेको छ भने ४७ पालिकामा उपप्रमुख/उपाध्यक्ष जितेर पहिलो पार्टी बनेको छ। 

नेकपा एमाले दोस्रो पार्टी बनेको छ। उसले २५ वटा स्थानीय तहमा प्रमुख/अध्यक्षमा जित हासिल गरेको छ भने २४ स्थानीय तहमा उपप्रमुख/उपाध्यक्षमा जित निकालेको छ। 

नेकपा माओवादी केन्द्र १४ स्थानीय तहमा प्रमुख/अध्यक्ष जित्दै तेस्रो पार्टी बनेको छ। उसले ११ पालिकामा उपप्रमुख/उपाध्यक्षमा जित हासिल गरेको छ। 

चार महिनाअघि गठन भएको नागरिक उन्मुक्ति पार्टी चौथो शक्ति बनेको छ। उसले कैलाली जिल्लामा मात्रै ४ वटा स्थानीय तहमा प्रमुख/अध्यक्षमा जित हासिल गरेको छ भने ३ वटामा उपप्रमुख/उपाध्यक्ष जितेको छ। नेकपा एकीकृत समाजवादीले २ पालिकामा प्रमुख/अध्यक्ष जितेको छ भने उपप्रमुख र उपाध्यक्ष पनि २ स्थानमा जितेको छ। 

सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा भने स्वतन्त्र उम्मेदवारले प्रमुख जितेका छन्। बैतडीको डीलासैनी गाउँपालिकामा पनि स्वतन्त्र उम्मेदवारले अध्यक्ष जितेका छन्। बाजुराको बूढीगंगा नगरपालिका र अछामको साँफेबगर नगरपालिका भने नतिजा सार्वजनिक हुन सकेको छैन। बूढीगंगामा विवादका कारण मतगणना गर्ने वा पुनः मतदान गर्ने भन्ने विषय नै टुंगो लागेको छैन भने साँफेबगरमा मतगणना भइरहेको छ। 

पहिलो पार्टी बनेसँगै नेपाली कांग्रेसले जिल्ला समन्वय समितिमा पनि आफ्नो पकड बनाउने देखिएको छ। सुदूरपश्चिमका ९ वटै जिल्लामा जिल्ला समन्वय समितिमा गठन हुनेछन्। जिल्लामा रहेका स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षले जिल्ला समन्वय समितिका उम्मेदवारलाई मतदान गर्न पाउने व्यवस्था छ। 

बाजुरा
बाजुरामा ९ वटा स्थानीय तह छन्। बुढीगंगामा मतगणना गर्ने वा पुनः मतदान गर्ने भन्ने विषय टुंगो लागेको छैन। बाँकी मतपरिणाम सार्वजनिक भएका ८ मध्ये एमालेले ५ स्थानीय तहमा प्रमुख/अध्यक्ष र चार स्थानीय तहमा उपप्रमुख/उपाध्यक्ष जितेको छ। 

बुढीनन्दामा एमालेको सहयोगमा स्वतन्त्र उम्मेदवारले उपप्रमुख जितेका छन्। एमालेसँग १० मतभार रहेको छ। एमालेले गौमुल गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, खप्तड छेडदह गाउँपालिकामा प्रमुख, जगन्नाथ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, बडीमालिका नगरपालिकामा प्रमुख र उपप्रमुख, बुढीनन्दामा प्रमुख र हिमाली गाउँपालिकामा उपाध्यक्षमा जित हासिल गरेको छ। 

Ncell 2
Ncell 2

नेपाली कांग्रेसले भने खप्तड छेडदह गाउँपालिकाको उपाध्यक्ष, त्रिवेणी नगरपालिकाको प्रमुख र उपप्रमुख, स्वामी कार्तिक खापर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा हिमाली गाउँपालिकाको अध्यक्ष जितेको छ। नेपाली कांग्रेसले अहिलेसम्म जितेका स्थानीय तहअन्तर्गत मतभार ६ रहेको छ। 

अहिलेसम्म सार्वजनिक भएको मत परिणामअन्तर्गत एमालेले बाजुरामा सबैभन्दा धेरै तह जितेकाले एक्लै जिल्ला समन्वय समितिमा बहुमत पुगेको छ। 

बुढीगंगाको मतपरिणाम सार्वजनिक भइसकेको छैन। त्यहाँ एमालेले जितेमा मतभार थपिने छ। कांग्रेसले जिते पनि एमालेको अहिलेको मतभार भन्दा कम नै हुनेछ।

अछाम
अछामका १० वटा स्थानीयतहको मतभार संख्या २० छ। त्यहाँ नेपाली कांग्रेसले ६ वटा स्थानीयतहको प्रमुख/अध्यक्ष र ४ स्थानीय तहमा उपप्रमुख/उपाध्यक्ष जितेको छ। उसको मतभार १० रहेको छ।

नेपाली कांग्रेसले कमलबजार नगरपालिका प्रमुख, चौरपाटी गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष, ढकारी गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष, पञ्चदेवल विनायक नगरपालिकाको प्रमुख/ उपप्रमुख, बान्नीगढी जयगढ गाउँपालिकाको अध्यक्ष, मेल्लेख गाउँपालिकाको उपाध्यक्ष र रामारोशन गाउँपालिकाको अध्यक्ष जितेको छ। कांग्रेसलाई एकल जिल्ला समन्वय समिति बनाउन एक मत आवश्यक पर्छ। एमालेको मतभार भने ६ रहेको छ।

एमालेले कमलबजार नगरपालिका उपप्रमुख, तुर्माखाँद गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष र मंगलसेन नगरपालिकाको प्रमुख र उपप्रमुख जितेको छ। नेकपा माओवादी केन्द्रसँग २ मत रहेको छ। उसले मेल्लेख गाउँपालिकाको प्रमुख र रामारोशन गाउँपालिकाको उपाध्यक्ष जितेको छ। साँफेबगर नगरपालिकाको नतिजा आउन बाँकी छ। यस नगरपालिकामा प्रमुख वा उपप्रमुख दुवै वा एकमा पनि नेपाली कांग्रेसले जित्यो भने जिल्ला समन्वय समिति बनाउनका लागि उसलाई बहुमत पुग्ने छ। 

बझाङ 
बझाङमा १२ वटा स्थानीय तह छन्। तीमध्ये नेपाली कांग्रेसले ६ वटा स्थानीय तहमा प्रमुख/अध्यक्ष र ५ वटामा उपप्रमुख/उपाध्यक्ष जितेको छ। उसको मतभार ११ छ। नेपाली कांग्रेसले केदारस्युँ गाउँपालिका उपाध्यक्ष, खप्तडछान्ना गाउँपालिका अध्यक्ष, जयपृथ्वी नगरपालिका प्रमुख, थलरा गाउँपालिका उपाध्यक्ष, दुर्गाथली गाउँपालिका उपाध्यक्ष, बुंगल नगरपालिका प्रमुख, मष्टा गाउँपालिका अध्यक्ष, वित्थडचिर गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, सूर्मा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष जितेको छ। 

एमालेले ३ स्थानीय तहमा प्रमुख/अध्यक्ष र २ मा उपाध्यक्ष जितेको छ। एमालेको मतभार संख्या ५ मात्रै रहेको छ। एमालेले बझाङमा साइपाल गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, तलकोट गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र थलारा गाउँपालिकामा अध्यक्ष जितेको छ। 

नेकपा माओवादी केन्द्रले २ मा प्रमुख/अध्यक्ष, ३ मा उपप्रमुख/उपाध्यक्ष जितेको छ। माओवादी केन्द्रले खप्तडछान्ना गाउँपालिका उपाध्यक्ष, छबिसपाथिभेरा गाउँपालिका अध्यक्ष, जयपृथ्वी नगरपालिका उपप्रमुख, दुर्गाथली गाउँपालिका अध्यक्ष र मष्टा गाउँपालिका उपाध्यक्ष जितेको छ। उसको मतभार ५ रहेको छ। 

नेकपा एकीकृत समाजवादीले केदारस्युँ गाउँपालिका अध्यक्ष, छबिसपातिभेरा गाउँपालिका उपाध्यक्ष र बुंगल नगरपालिका उपप्रमुख जितेको छ। उसको मतभार संख्या ३ रहेको छ। 

बझाङमा कुनै पनि दलले एक्लै जिल्ला समन्वय समिति गठन गर्न सक्ने मतभार छैन। त्यहाँ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर जिल्ला समन्वय समिति गठन गर्न सक्ने देखिएको छ।

डोटी 
डोटीमा ९ वटा स्थानीय तह छन्। यहाँ नेपाली कांग्रेसले ७ स्थानीय तहमा प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्ष जितेको छ। भने १ स्थानीय तहमा उपाध्यक्ष जितेको छ। यस जिल्लामा नेपाली कांग्रेस एक्लैले जिल्ला समन्वय समिति गठन गर्न सक्ने बहुमत रहेको छ। कांग्रेससँग १५ मतभार रहेको छ। नेकपा एमालेसँग २ र नेकपा माओवादी केन्द्रसँग १ मात्रै मतभार रहेको छ। डोटीमा नेपाली कांग्रेसले आदर्श गाउँपालिका अध्यक्ष, उपाध्यक्ष,केआईसिं गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, दिपायल सिलगढी नगरपालिका प्रमुख, उपप्रमुख, पूर्वीचौकी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, बडीकेदार अध्यक्ष, उपाध्यक्ष, बोगटान फुड्सिल गाउँपालिका उपाध्यक्ष, शिखर नगरपालिका प्रमुख उपप्रमुख र सायल गाउँपालिका अध्यक्ष, उपाध्यक्ष जितेको छ।

एमालेले भने जोरायल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ। नेकपा माओवादी केन्द्रले बोगटान फुड्सिल गाउँपालिकाको अध्यक्ष मात्रै जितेको छ। 

कैलाली
कैलालीमा १३ वटा स्थानीय तह छन्। त्यहाँ जिल्ला समन्वय समितिमा मतदान गर्न पाउने मतभार २६ हो।

यहाँ एक्लै समन्वय समिति गठन गर्ने गरी कुनै पनि पार्टीले स्थानीय तह जितेको छैन। नेपाली कांग्रेसले कैलारी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, गोदावरी नगरपालिका प्रमुख, गौरीगंगा नगरपालिका उपप्रमुख, घोडाघोडी नगरपालिका उपप्रमुख, चुरे गाउँपालिका उपाध्यक्ष, मोहन्याल गाउँपालिका उपाध्यक्ष र लम्की चुहा नगरपालिका प्रमुख जितेको छ। कांग्रेसको मतभार ८ रहेको छ।

त्यस्तै एमालेले गोदावरी नगरपालिका उपप्रमुख, चुरे गाउँपालिका प्रमुख, धनगढी उपमहानगरपालिका उपप्रमुख, बर्दगोरिया गाउँपालिका अध्यक्ष र लम्कीचुहा नगरपालिका उपप्रमुख जितेको छ। उसको मतभार ५ रहेको छ। त्यस्तै नेकपा माओवादी केन्द्रले गौरीगंगा नगरपालिका प्रमुख, टिकापुर नगरपालिका उपप्रमुख, बर्दगोरीया गाउँपालिका उपाध्यक्ष र मोहन्याल गाउँपालिका अध्यक्ष जितेको छ। उसको मतभार ४ छ। एकीकृत समाजवादीले घोडाघोडी नगरपालिकाको प्रमुखमात्रै जितेकाले उसको मतभार १ रहेको छ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले जानकी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जोशीपुर गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, टिकापुर नगरपालिका प्रमुख र भजनी नगरपालिकाको प्रमुख उपप्रमुख जितेको छ। उसको मतभार ७ रहेको छ। भने धनगढी उपमहानगरपालिकाको प्रमुख जितेका स्वतन्त्र उम्मेदवारको मतभार १ रहेको छ। यहाँ गठबन्धन दलले सहमति गरे पनि जिल्ला समन्वय समिति बनाउने स्थिति देखिएको छैन।

स्वतन्त्र उम्मेदवारको सहयोग भएमा मात्रै उनीहरुले समन्वय समिति बनाउन सक्ने छन्। एमाले र नागरिक उन्मुक्ति पार्टी मिल्दा पनि समन्वय समिति बनाउन सक्ने स्थिति देखिएको छैन। यहाँ सबै दलले सहमति गरेर मात्रै समिति बनाउन सक्ने देखिएको छ। 

दार्चुला
दार्चुलामा ९ वटा स्थानीय तहमा १८ मतभार रहेको छ।  तर, जिल्ला समन्वय समिति गठन गर्नका लागि कुनै पनि दलसँग बहुमत मतभार छैन। तर, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर भने यहाँ समन्वय समिति बनाउन सक्ने देखिएको छ।

सबैभन्दा धेरै ५ स्थानीय तहमा प्रमुख/अध्यक्ष जितेको नेकपा एमालेसँग पनि जिल्ला समन्वय समिति गठनका लागि बहुमत मत भार छैन। एमालेले दुहुँ गाउँपालिका अध्यक्ष, ब्यास गाउँपालिका अध्यक्ष, महाकाली नगरपालिका प्रमुख, उपप्रमुख, मालिकार्जुन अध्यक्ष, लेकम गाउँपालिका उपाध्यक्ष र शैल्यशिखर नगरपालिका प्रमुख उपप्रमुख जितेको छ। उससँग ८ वटा मतभार रहेको छ।

नेपाली कांग्रेसले अपिहिमाल उपाध्यक्ष, दुहुँ गाउँपालिका उपाध्यक्ष, नौगाड उपाध्यक्ष र मार्मा उपाध्यक्ष जितेको छ। उसको ४ मतभार रहेको छ। त्यस्तै नेकपा माओवादी केन्द्रले अपिहिमाल गाउँपालिका अध्यक्ष, नौगाड गाउँपालिका अध्यक्ष, ब्यास गाउँपालिका उपाध्यक्ष, मार्मा गाउँपालिका अध्यक्ष, मालिकार्जुन गाउँपालिका उपाध्यक्ष र लेकम गाउँपालिका अध्यक्ष जितेको छ। उसको मतभार ६ रहेको छ। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको १० मतभार रहेकाले चुनावमा तालमेल गरे अनुसार उनीहरुले जिल्ला समन्वय समितिको गठनमा पनि सहमति गरेर गठन गर्न सक्ने देखिएको छ।

बैतडी
बैतडीमा १० वटा स्थानीय तह छन्। यो जिल्लामा जिल्ला समन्वय समिति गठनका लागि मतभारको संख्या २० छ। बैतडीमा कुनै पनि दलले एक्लै जिल्ला समन्वय समिति गठनका लागि कुनै पनि दलको स्पष्ट बहुमत पुग्दैन। २० मतभार रहेको बैतडीमा एक्लै समन्वय समिति बनाउनका लागि कम्तिमा ११ मतभार आवश्यक हुन जान्छ। 

बैतडीमा नेपाली कांग्रेसको मतभार ९ छ। कांग्रेसले डीलासैनी गाउँपालिका उपाध्यक्ष, दशरथ चन्द नगरपालिका उपप्रमुख, पाटन नगरपालिका प्रमुख, पुर्चौडी नगरपालिका प्रमुख र उपप्रमुख, मेलौली नगरपालिका उपप्रमुख, शिवनाथ गाउँपालिका अध्यक्ष, सिगास गाउँपालिका अध्यक्ष र सुर्नया गाउँपालिकामा उपाध्यक्ष जितेको छ। 

एमालेको मतभार ८ रहेको छ। एमालेले दशरथचन्द नगरपालिका प्रमुख, दोगडाकेदार गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, पन्चेश्वर गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, शिवनाथ गाउँपालिका उपाध्यक्ष, सिगास गाउँपालिका उपाध्यक्ष र सुर्नया गाउँपालिका अध्यक्ष जितेको छ। 

माओवादी केन्द्रको मतभार २ रहेको छ। उसले पाटन नगरपालिका उपप्रमुख र मेलौली नगरपालिका प्रमुख जितेको छ। त्यहाँको डीलासैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारले जितेका छन्।

यहाँ नेपाली कांग्रेस र नपाली कांग्रेस मिलेर जिल्ला समन्वय समिति गठन गर्न सक्ने छन्। नभए एमालेले स्वतन्त्र र माओवादीको सहयोगमा जिसस गठन गर्न सक्नेछ। 

डडेलधुरा
डडेलधुरामा ७ वटा स्थानीय तहमा १४ मतभार रहेको छ। नेपाली कांग्रेससँग एक्लै डडेलधुरामा जिल्ला समन्वय समिति गठन गर्न सक्ने मतभार रहेको छ। उससँग १० मतभार रहेको छ। कांग्रेसले डडेलधुरामा अजमेरु गाउँपालिका उपाध्यक्ष, अमरगढी नगरपालिका प्रमुख र उपप्रमुख, गन्यापधुरा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नवदुर्गा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, परशुराम नगरपालिका प्रमुख र भागेश्वर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जितेको छ।

नेकपा माओवादी केन्द्रको मतभार ४ रहेको छ। उसले अजयमेरु गाउँपालिका अध्यक्ष, आलिताल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष र परशुराम नगरपालिकामा उपप्रमुख जितेको छ। 

कञ्चनपुर
कञ्चनपुरमा रहेका ९ वटा स्थानीय तहमा जिल्ला समन्वय समितिका लागि आवश्यक मतभार संख्या १८ हो। यहाँ नेपाली कांग्रेस एक्लैले बहुमत ल्याएकाले सहजै जिल्ला समन्वय समिति गठन गर्न सक्ने भएको छ। नेपाली कांग्रेसले भीमदत्त नगरपालिकाको प्रमुख र उपप्रमुख, वेदकोट नगरपालिकाको प्रमुख र उपप्रमुख, कृष्णपुर नगरपालिकाको प्रमुख र उपप्रमुख, पुनर्वास नगरपालिकाको प्रमुख र उपप्रमुख तथा बेलडाडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ भने शुक्लाफाँटा, दोधाराचाँदनी नगरपालिकामा उपप्रमुख जितेको छ। नेपाली कांग्रेसको एक्लै १२ मत भार रहेको छ।

त्यस्तै एमालेले शुक्लाफाँटा नगरपालिका प्रमुख, दोधाराचाँदनी नगरपालिका प्रमुख, बेलौरी नगरपालिका उपप्रमुख र लालझाडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ। एमालेसँग ५ मतभार रहेको छ भने बेलौरी नगरपालिकाको प्रमुखमात्रै जितेको नेकपा माओवादी केन्द्रसँग १ मतभार रहेको छ। 
 

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  ११:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
बेलायती प्रसिद्ध पत्रिका द टेलिग्राफ अमेरिकी स्वामित्वमा लाने सहमति शुक्रबार, जेठ ९, २०८२
गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट पेस शुक्रबार, जेठ ९, २०८२
जापानमा चामलको मूल्यमा उच्च वृद्धि शुक्रबार, जेठ ९, २०८२
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड शुक्रबार, जेठ ९, २०८२
युक्रेनी ड्रोन आक्रमण : लगातार तेस्रो रात पनि मस्कोका विमानस्थलहरू बन्द शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप बिहीबार, जेठ ८, २०८२
विवादास्पद अभिव्यक्ति पछि बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्