• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
आगामी आवको बजेट सिलिङ : स्वाथ्यको सबैभन्दा धेरै साढे २२ अर्ब घटाइयो, संघीय मन्त्रालयको १५ अर्ब बढ्यो
64x64
सुमित्रा कार्की सोमबार, जेठ ९, २०७९  २१:०८
1140x725

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि विभिन्न मन्त्रालयको बजेट सिलिङ बनाएको छ। केही मन्त्रालयको बजेट सिलिङ चालु आव २०७८/७९ भन्दा बढाइएको छ भने केहीको घटाइएको छ। सबैभन्दा धेरै बजेट स्वास्थ्य मन्त्रालयको घट्ने भएको छ।

विभिन्न मन्त्रालयले पेस गरेको योजनाहरु काँटछाँट गरेर बजेट सिलिङ तोकिएको अर्थ मन्त्रालयएका एक अधिकारीले नेपाल लाइभलाई जानकारी दिए। ‘सबै मन्त्रालयले आ–आफ्नो योजनासहित सम्भावित बजेटको आकार पठाएका थिए। मन्त्रालयबाट प्राप्त योजनाहरुको प्राथमकिता हेरेर काँटछाँट गरी सिलिङ तोकिएको छ,' ती अधिकारीले भने, 'केही मन्त्रालयको बजेट चालु आर्थिक वर्षको तुलनामा बढेको छ भने केहीको घटेको छ।'

सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउन लागेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि संघीय संसद्‌मा जेठ १० गते नीति तथा कार्यक्रम पेस गर्दैछ।

यी हुन् बजेट सिलिङ घटाइएका मन्त्रालय
आगामी आर्थिक वर्षका लागि बजेट कटौती हुनेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि छ। सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चालु आवको बजेटमा २२ अर्ब ६० करोड दुई लाख रुपैयाँले घटाएर आगामी आर्थिक वर्षका लागि सिलिङ तोकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि चालु आवका लागि ९० अर्ब ७५ करोड ४५ लाख रुपैयाँ बराबर बजेट विनियोजन गरिएकोमा आगामी आर्थिक वर्ष ६८ अर्ब १५ करोड ४३ लाख रुपैयाँ बराबरको सिलिङ तोकिएको छ। यद्यपि, बजेट सार्वजनिक गर्ने बेलासम्म यो मन्त्रालयको बजेट अझै घटबढ हुनसक्ने अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन्।

आगामी आर्थिक वर्ष पर्यटनतर्फको बजेट पनि कटौती गर्न लागिएको छ। पर्यटन क्षेत्रको बजेट १ अर्ब ६९ करोड ७७ लाख रुपैयाँले घटाइएको छ। चालु आवमा २६ अर्ब ६२ करोड ५९ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षको लागि २४ अर्ब ९२ करोड ८२ लाख रुपैयाँ बराबर बजेट सिलिङ तयार गरिएको छ। 

यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट पनि घटाएर सिलिङ तोकिएको छ। उद्योगतर्फको बजेट चालु आवको भन्दा ३६ करोड २४ लाख रुपैयाँले घटाइएको छ। यो मन्त्रालयले चालु आवमा ७ अर्ब ७८ करोड १६ लाख रुपैयाँ बराबरको बजेट पाएको यस क्षेत्रले आगामी आर्थिक वर्षको लागि सात अर्ब ४१ करोड ९२ लाख रुपैयाँ बराबरको सिलिङ पाएको छ। 

वाणिज्यतर्फको बजेट पनि ३२ अर्ब ७३ करोड ९४ लाख रुपैयाँले घटाइएको योजना आयोगले जानकारी दिएको छ। चालु आवमा ३५ अर्ब ३४ करोड एक लाख रुपैयाँ बजेट पाएको यस क्षेत्रले आगामी आर्थिक वर्षका लागि २ अर्ब ६० करोड ७ लाखको मात्र बजेट सिलिङ पाएको छ। 

यस्तै, पुन:निर्माणको बजेट पनि कटौती गरिएको छ। चालु आवमा ३५ अर्ब ५५ करोड १३ लाख रुपैयाँ बजेट बिनियोजन गरिएकोमा आगामी आर्थिक वर्षको लागि कति बजेट बिनियोजन गर्ने भनेर तोकिसिकएको छैन। पुन:निर्माण प्राधिकरणका योजनाहरु सम्बन्धित मन्त्रालय र विभागहरुमा हस्तान्तरण भइसकेकाले अब छुट्टै सिलिङ तोक्नेभन्दा पनि सम्बन्धित मन्त्रालयलाई नै बजेट तोकिने अर्थ मन्त्रालयका अधिकारीको भनाइ छ। 

जल शीर्षकमा १ अर्ब १२ करोड ५९ लाख रुपैयाँ बजेट सिलिङ बनाइएको छ। यो बजेट सिलिङ चालु आवको भन्दा १० करोड ११ लाख रुपैयाँले कम हो। चालु आवमा सरकारले यस क्षेत्रमा १ अर्ब २२ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। 

कुन मन्त्रालयको कति बजेट बढ्दैछ?
सरकारले आगामी आर्थिक वर्षका लागि खानेपानी, कृषि, जलश्रोत, शिक्षा, अर्थ, रक्षा, सहरी विकास, संघीय मामिला, सिँचाइ, वन, सञ्चार, परराष्ट्र, भूमि व्यवस्था, श्रम, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, खेलकुद, जल, महिला तथा बालबालिका, गरिविनिवारण र कानुन  मन्त्रालयको बजेटको सिलिङ बढाएको छ। 

आगामी आर्थिक वर्षका लागि संघीय मामिला मन्त्रालयलाई सबैभन्दा धेरै बजेट सिलिङ बढाइएको छ। आगामी आर्थिक वर्षको लागि यो मन्त्रालयका लागि ३४ अर्ब ८४ करोड ३४ लाख रुपैयाँ बराबरको बजेट सिलिङ तयार छ। यो सिलिङ चालु आवको भन्दा १४ अर्ब ८० करोड ६७ लाख रुपैयाँ धेरै हो। चालु आवमा २० अर्ब ३ करोड ६७ लाख रुपैयाँ बजेट छ।

आगामी आर्थिक वर्षको बजेटमा महिला तथा बालबालिका मन्त्रालयका लागि ९५ करोड १३ लाख रुपैयाँको सिलिङ बनाइएको छ। महिला तथा बालबाबलिका क्षेत्रमा चालु आवको भन्दा ४ करोड ३४ लाख रुपैयाँ बजेट बढाइएको हो। चालु आवका लागि यस क्षेत्रमा ९० करोड ९७ लाख रुपैयाँ छुट्याइएको थियो। 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत कानुन शीर्षकमा ९ करोड ६ लाख रुपैयाँ बजेट बढ्ने भएको छ। चालु आवको लागि ५१ करोड ५६ लाख रुपैयाँ तोकिएकोमा आगामी आर्थिक वर्षको लागि ५३ करोड ७६ लाख रुपैयाँ बजेट सिलिङ बनाइएको छ। 

यस्तै, उर्जाको लागि चालु आवको भन्दा ६ अर्ब ६९ करोड ८२ लाख रुपैयाँ बढी बजेट सिलिङ बनाइएको छ। चालु आवमा ८८ अर्ब ४६ करोड ६ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको यस क्षेत्रमा आगामी आवको लागि ९५  अर्ब २६ करोड ८८ लाख रुपैयाँ बजेट सिलिङ बनाइएको छ। 

कृषि क्षेत्रमा ४० अर्ब ८ करोड २८ लाख रुपैयाँ बराबरको बजेटको सिलिङ छ। यो सिलिङ चालु आवको भन्दा ३ अर्ब ७६ करोड ९१ लाख रुपैयाँ धेरै हो। चालु आवमा सरकारले कृषि क्षेत्रको लागि ३६ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ बराबरको बजेट बिनियोजन गरेको छ। 

सहरी विकासका लागि आगामी आर्थिक वर्षको लागि ३६ अर्ब ६८ करोड ८ लाख रुपैयाँ बराबरको बजेटको सिलिङ बनेको छ। यो सिलिङ चालु आवको भन्दा ३ अर्ब २४ करोड ६३ लाख रुपैयाँ धेरै हो। चालु आवमा ३३ अर्ब ४३ करोड ४५ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ।

चालु आवमा शिक्षा क्षेत्रको लागि ६० अर्ब १० करोड ६७ लाख रुपैयाँ बराबरको बजेट विनियोजन भएकोमा आगामी आर्थिक वर्षको लागि ६९ अर्ब २ करोड २० लाख रुपैयाँको सिलिङ बनाइएको छ। यो सिलिङ चालु आवको भन्दा ८ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ धेरै हो। 

रक्षा मन्त्रालयको लागि आगामी आर्थिक वर्षमा ५३ अर्ब २४ करोड ९५ लाख रुपैयाँ बटेज सिलिङ तयार पारिएको छ। यो सिलिङ चालु आवको भन्दा २ अर्ब २० करोड ५५ लाख रुपैयाँ धेरै हो। चालु आवमा ५१ अर्ब ४ लाख ४० करोड रुपैयाँ बराबरको बजेट छुट्याएको थियो। 

खानेपानी मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा ५२ अर्ब ६८ करोड ६ लाख रुपैयाँ बराबरको सिलिङ तयार छ। यो बजेट सिलिङ चालु आवको भन्दा १३ अर्ब ४५ करोड रुपैयाँ धेरै हो। चालु आवमा ३९ अर्ब १४ करोड ६ लाख रुपैयाँ बराबरको बजेट थियो। 

सिँचाई मन्त्रालयका लागि २९ अर्ब १५ करोड ७९ लाख रुपैयाँ बराबरको सिलिङ बनाइएको छ। यो सिलिङ चालु आवको भन्दा ८ अर्ब ४२ करोड ६५ लाख रुपैयाँ धेरै हो। चालु आवमा २० अर्ब ७३ करोड १४ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ।

वन मन्त्रालयको लागि १२ अर्ब ४५ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट सिलिङ बनाइएको छ। यो सिलिङ चालु आवमा भन्दा २८ करोड ८९ लाख रुपैयाँ धेरै हो। भूमी व्यवस्था मन्त्रालयको लागि ७ अर्ब ३४ करोड १९ लाख रुपैयाँ बजेट सिलिङ बनाइएको छ। यो सिलिङ चालु आवको भन्दा २० करोड २१ लाख रुपैयाँ धेरै हो।

सञ्चार मन्त्रालयलाई आगामी आर्थिक वर्षको लागि ८ अर्ब ४६ करोड २४ लाख रुपैयाँ बराबरको बजेटको सिलिङ तयार पारिएको छ। यो बजेट सिलिङ चालु आवको भन्दा ७२ करोड ३९ लाख रुपैयाँले धेरै हो। परराष्ट्र मन्त्रालयको लागि ८ अर्ब १८ करोड ७५ लाख रुपैयाँ बजेट सिलिङ बनाइएको छ। यो बजेट सिलिङ चालु आवको भन्दा एक अर्ब पाँच करोड ७० लाख रुपैयाँ धेरै हो।

आगामी आवको लागि श्रम मन्त्रालयलाई ६ अर्ब ९४ करोड ८ लाख रुपैयाँ बराबरको बजेटको सिलिङ बनाइएको छ। यो सिलिङ चालु आवको भन्दा ८५ करोड ४७ लाख रुपैयाँ धेरै हो। त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को  कार्यलयको लागि चार अर्ब १७ करोड ८७ लाख रुपैयाँ बजेट विनियोजन गरिँदैछ। यो बजेट चालु आवको भन्दा १८ करोड १३ लाख रुपैयाँ धेरै हो।

खेलकुद मन्त्रालयको लागि आगामी आर्थिक वर्षलाई २ अर्ब ६० करोड ७ लाख रुपैयाँ बराबरको बजेट सिलिङ बनेको छ। यो बजेट सिलिङ चालु आवको भन्दा ४१ करोड ७० लाख रुपैयाँले धेरै हो। चालु आवमा दुई अर्ब १९ करोड ९३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  २१:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
कारोबारसँगै खुम्चियो सेयर बजार यसअघि साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ अंकले बढेर २७०६ विन्दुमा पुगेको थियो। सोमबार, असार २३, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण "भारत र बाङ्ग्लादेशमा राम्रो काम गरेको यो कम्पनीले राम्रै गर्ला भन्ने अपेक्षा थियो। तर उहाँहरूले केही काम गरे पनि समयमा काम नगरेपछि... आइतबार, असार २२, २०८२
साताको पहिलो दिन बढ्यो सेयर बजार, साढे ९ अर्बको सेयर कारोबार सेयर बजार झिनो अंकले बढे पनि कारोबार रकम साढे ९ अर्ब पुगेको छ। आज सेयर बजारमा ९ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्