• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
बजेटप्रति व्यवसायीको प्रतिक्रिया–समग्रमा सकारात्मक छ, कार्यान्वयन हुनुपर्छ 
64x64
सुमित्रा कार्की आइतबार, जेठ १५, २०७९  २१:००
1140x725

काठमाडौं–सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सकारात्मक रहेको व्यवसायीहरुले बताएका छन्। बजेटमा उद्योगी तथा व्यवसायीहरुले दिएका माग पनि समेटिएको उनीहरुकाे भनाइ छ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उत्पादन र कृषिमा जोड दिइएकाले बजेटबाट आफूहरु उत्साहित भएको बताए। भने, ‘हामी उत्साहित छौं किनभने उत्पादनलाई बढी प्रोत्साहन गर्ने भनिएको छ। हामीले उठाइरहेका धेरै विषय समेटिएका छन्।’

उनले बजेटको सैद्धान्तिक पक्ष कहिल्यै नकारात्मक नहुने बताउँदै कार्यान्वयन हेर्नुपर्ने समेत उल्लेख गरे। आफूहरुले उठाउँदै आएका साना उद्योगीलाई सरल कर्जा,  ठूला उद्योगीलाई जग्गाको हदबन्दीका कुरा,   कृषि उत्पादन र बजारीकरण, चिस्यान केन्द्र, रेमिट्यान्स पठाउनेलाई आइपिओ, विदेशी नागरिकले अपार्टमेन्ट किन्न पाउने कुरा र निर्यातमा जोडजस्ता विषय समेटिएको बताए। 

यसैगरी, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले सरकारले ल्याएको बजेट स्वागतयोग्य भएको बताए। उनले भने, ‘बजेटमा जग्गा हदबन्दीसम्बन्धी कुरा उठेको छ। हामीले बजेटमा राखेका अधिकांश सुझाव सम्बोधन भएका छन्।’

अग्रवालले बजेट उद्योगकेन्द्रित भएको र आयात प्रतिस्थापनमा जोड दिएको बताए। उद्योगको जग्गा हदबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने घोषणासमेत स्वागतयोग्य रहेको उनको भनाइ छ। यसका साथै रुग्ण उद्योगमा रहेको समस्या समाधान गर्नेतर्फ बजेट केन्द्रीत भएको अग्रवालले बताए।

उनले वैदेशिक लगानीसम्बन्धी ५ करोडको सीमा घटाएर २ करोड रुपैयाँमा ल्याइनु राम्रो विषय भएको बताए। यसका साथै निर्यातमा अनुदान दिने व्यवस्था र निर्यातयोग्य उद्योगलाई विद्युत महसुलमा छुट दिने नीति पनि स्वागतयोग्य रहेको उनले बताए। बजेट घोषणा उत्कृष्ट भए पनि कार्यान्वयनमा चुनौती रहेको उनले औंल्याए।  

नेपाल उद्योग वाणिज्य संघकी पूर्वअध्यक्ष एवम् व्यवसायी भवानी राणाले बजेट कार्यान्वयनको पक्ष चुनौतीपूर्ण हुने बताएकी छन्। ‘बजेटमा निजी क्षेत्रले उठाएका केही विषय समेटिएका छन्। तर, कार्यान्वयनको पक्ष नै महत्वपूर्ण हो,’ उनले भनिन्, ‘कार्यान्वयन भएमा त्यो राम्रो नै हुनेछ। नत्र त यसअघि पनि यी विषय समेटिदै आएका थिए।’

स्वदेशी उत्पादनलाई प्रबन्धन गर्नेदेखि जग्गाको हदबन्दीलगायतका विषयमा केही विषय समेटिएको भन्दै उनले निजी क्षेत्रले उठाएका विषय केही समेटिएको बताइन्।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सरकारले ल्याएको नयाँ बजेट समग्रमा राम्रो भएको बताए। बजेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ढकालले स्वदेशी उत्पादन र उद्योग प्रवद्र्धन, पर्यटन पूर्वाधार विकासमा बजेटले राहत दिने उनले बताए।

‘कृषि उत्पादन वृद्धि, स्वदेशी उत्पादन संरक्षण र उद्योग प्रवर्द्धन, पर्यटन पूर्वाधार विकासमा राम्रो बजेट आयो,’ ढकालले भने, ‘निजी क्षेत्रको माग धेरै हदसम्म राम्रो भयो,’ उनले उद्योगको जग्गा हदबन्दीजस्ता बजेटले सम्बोधन गरेको विषय निकै सराहनीय भएको बताए।

यसैगरी, उद्योगी एवं नेपाली काग्रेसका सांसद विनोदकुमार चौधरीले बजेट सकारात्मक भएको दावी गरेका छन्। उनले बजेटमा धेरै महत्वाकांक्षी कार्यक्रमसमावेश नभएको र कार्यान्वयन गर्न सकिने कुराहरु नै समेटिएकाले यसले परिर्वतन गर्ने बताए। ‘विदेशीले अपार्टमेन्ट खरिद गर्न पाउने कुरा सकारात्मक छ’ उनले भने ‘रोजगारमा वृद्धि गर्ने लक्ष्य लिएको छ। यसलाई कार्यान्वयन गर्न सक्ने हो भने राम्रो हुने छ।’  

बजेट धेरै महत्वाकांक्षी नभएको भन्दै चौधरीले नियन्त्रण गर्नुपर्ने खर्च नियन्त्रण गरिएको, कर संकलनलाई फराकिलो पारिएको र दायरा वढाउने प्रयास पनि भएको दावी गरे। ‘बजेट नयाँ सोच र अहिलेको समयअनुकूल बनाउने प्रयास भएको छ’ उनले भने, ‘यो कार्यान्वयन हुने हो निकै सकारात्मक परिर्वतन हुन्छ।’

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  २१:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
कारोबारसँगै खुम्चियो सेयर बजार यसअघि साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ अंकले बढेर २७०६ विन्दुमा पुगेको थियो। सोमबार, असार २३, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण "भारत र बाङ्ग्लादेशमा राम्रो काम गरेको यो कम्पनीले राम्रै गर्ला भन्ने अपेक्षा थियो। तर उहाँहरूले केही काम गरे पनि समयमा काम नगरेपछि... आइतबार, असार २२, २०८२
साताको पहिलो दिन बढ्यो सेयर बजार, साढे ९ अर्बको सेयर कारोबार सेयर बजार झिनो अंकले बढे पनि कारोबार रकम साढे ९ अर्ब पुगेको छ। आज सेयर बजारमा ९ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्