• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
वाणिज्य बैंकमा बिग मर्जरको चर्चा, कुन बैंकको चुक्ता पुँजी कति? 
64x64
सुमित्रा कार्की बुधबार, असार १, २०७९  १४:२०
1140x725

काठमाडौं– पछिल्लो समय वाणिज्य बैंकमा बिग मर्जरको चर्चा चलिरहेको छ। नेपाल राष्ट्र बैंकले असारसम्म मर्जरमा नजाने बैंकलाई दिइरहेको सुविधा नदिने चेतावनी दिइसकेको छ। 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असारभित्र मर्जरका लागि प्रक्रिया थाल्न वाणिज्य बैंकहरूका अध्यक्ष र सञ्चालकलाई निर्देशन दिएका हुन्। यदि तोकिएको अवधिभित्र मर्जर प्रक्रिया अगाडि नबढाए कोरोनाको समयमा बैंकहरूलाई दिएको कुनै पनि सुविधा उपलब्ध नगराउने चेतावनी दिए। 

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले मर्जरलाई सुविधा दिएर अघि बढाउनेभन्दा पनि आवश्यकताको आधारमा अगाडि बढाइने बताए। 

उनले बैंकहरूले अर्थव्यवस्था नहेरी आफ्नो ढंगले अगाडि बढ्ने गरेको भन्दै अब आइन्दा यसरी नै अघि बढ्दै जाने हो भने समस्या आउने चेतावनी दिए। राष्ट्र बैंकको निर्देशनपछि वाणिज्य बैंकलाई अहिलेको अवस्थामा मर्जरमा जान बाध्यात्मक अवस्था सिर्जना भएको छ। 

यससँगै, मर्जरमा जानको लागि चार बैंकले औपचारिक रूपमा तयारी अगाडि बढाइसकेका छन्। नबिल बैंक र नेपाल बंगलादेश बैंकले मर्जरमा जानको लागि गत पुस २९ गते सम्झौता गरेका थिए। यसैगरी, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया भाँडिएसँगै दुवैले मर्जरमा जानको लागि अर्को उपयुक्त बैंक खोजिरहेका थिए।

अहिले इन्भेष्टमेन्ट र मेगा बैंकले मर्जरमा जानको लागि प्रक्रिया अघि बढाएका छन्। यी दुई बैंकले जेठ २७ गते मर्जरमा जाने सहमति गरेका थिए। यसैगरी, हिमालयन बैंक र सिभिल बैंक मर्जरमा जाने चर्चा पनि चलेको छ। तर, यी दुई बैंकले मर्जरमा जाने निर्णय गरेका छैनन्। हिमालयन बैंकले सिभिल बैंकसँगै मर्ज नगरे पनि कुनै एउटा वाणिज्य बैंकसँग मर्जरमा जानुपर्ने बाध्यकारी अवस्था रहेको नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ। 

नबिल र नेपाल बंगलादेश बैंकको मर्जर प्रक्रिया के हुँदैछ? 
गत पुस २९ गते नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एक आपसमा मर्जरमा जाने सहमति भएको थियो। पुस २९ गते ललितपुरको एक होटलमा यी दुई बैंकहरूले मर्जसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। मर्जरका लागि नेपाल बंगलादेश बैंकको एक सय कित्ता बराबर नबिल बैंकको ४३ कित्ता सेयर हुने गरी सहमति भएको थियो। 

मर्जपछि बैंकको नाम नबिल बैंक नै हुने प्रारम्भिक सहमति भएको थियो। मर्जपछि बैंकको अध्यक्ष हाल नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल र प्रमुख कार्यकारी अधिकृत पनि नबिल बैंककै अनिल केशरी शाह हुनेगरी सम्झौता भएको नबिल बैंक स्रोतले नेपाल लाईभलाई जानकारी दिएको थियो। 

नेपाल बंगलादेश बैंकमा आईसीएफसी बैंक, बंगलादेशको प्रतिनिधिको रूपमा एआरएम नाजमुस साकिब अध्यक्ष रहेका छन् भने प्रमुख कार्यकारी अधिकृतको पद रिक्त छ। यी दुई बैंकको मर्जर प्रक्रियाको सहमति भएको लामो समयसम्म पनि बैंक मर्जर तथा प्राप्तिमा भने जान सकेको छैन। 

यी दुई बैंकको मर्जर प्रक्रिया रोक्नको लागि इन्भेष्टमेन्ट प्रालि तथा नेपाल पावर डेभलपमेन्ट एन्ड इन्भेष्टमेन्ट कम्पनीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दाएर गरेका थिए। 

यी दुई कम्पनीले दायर गरेको मुद्दा फिर्ता लिइसकेका छन्। नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको एक्विजिसन प्रक्रिया अघि बढिरहेको नबिल बैंक स्रोतले जानकारी दिएको छ। बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय अवस्था अनुसार मर्जर तथा एक्यूजेसनमा जाँदा यी दुई बैंकको चुक्ता पुँजी २८ अर्ब ५७ करोड रुपैयाँ बराबर पुग्ने देखिन्छ।

हाल नबिल बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ र नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ रहेको छ। चालू आवको तेस्रो त्रैमाससम्म आउँदा नबिल बैंकको जगेडा कोषमा १४ अर्ब ५३ करोड १७ लाख २१ हजार रुपैयाँ छ।

यसैगरी, नेपाल बंगलादेश बैंकको जगेडा कोषमा ५ अर्ब ५१ करोड ५ लाख ९१ हजार रुपैयाँ रहेको बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ। दुवै बैंक एक भएपछि बैंकहरूको जगेडा कोष लगभग ३० अर्ब रुपैयाँ बराबरको हुने देखिन्छ।

इन्भेष्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का
मर्जरमा जानको लागि नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंककको सेयर कारोबार रोक्का भएको छ। इन्भेष्टमेन्ट र मेगा बैंक एक आपसमा मर्जरमा गएकाले दुवै बैंकको सोमबार (जेठ ३० गते) देखि सेयर कारोबार रोक्का भएको हो। दुवै बैंकबीच मर्जरका लागि शुक्रबार (जेठ २७ गते) सम्झौता भएको हो। 

सम्झौतामा नेपाल इन्भेष्टमेन्टका सञ्चालक तथा मर्जर कमिटीका संयोजक प्रजन्यराज भण्डारी र मेगा बैंकका सञ्चालक तथा मर्जर कमिटीका संयोजक मुक्ति पाण्डेले हस्ताक्षर गरेका छन्। मर्जपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाममा एकीकृत कारोबार हुनेछ। नेपाल इन्भेष्टमेन्ट बैंकले प्रतिसेयर ९० रुपैयाँका दरले मेगा बैंकलाई गाभ्न लागेको हो। मेगा बैंकका १०० कित्ता सेयरधनीले नेपाल इन्भेष्टमेन्ट बैंकको ९० कित्ता प्राप्त गर्नेछन्। 

हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ छ भने मेगाको १६ अर्ब १२ करोड रुपैयाँ छ। दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब रुपैयाँ बराबर पुग्नेछ। मर्जपछि यो बैंक चुक्ता पुँजीको आधारमा हालसम्म कै ठूलो बैंक हुने देखिन्छ।

हिमालयन र सिभिल बैंक मर्जरपछि चुक्ता पुँजी २० अर्ब
हिमालयन बैंक र सिभिल बैंक मर्जरमा जाने चर्चा चलेको छ। यदि यी दुई बैंक मर्जरमा तथा प्राप्तिमा गएमा बैंकको चुक्ता पुँजीको २० अर्ब रुपैयाँ बराबर हुने रेखिन्छ। चालू आवको तेस्रो त्रैमाससम्म आउँदा हिमालयन बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड ८७ लाख २८ हजार रुपैयाँ रहेको छ भने, सिभिल बैंकको चुक्ता पुँजी ८ अर्ब ३३ लाख ९० हजार रुपैयाँ छ।

चालू आवको तेस्रो त्रैमाससम्म हिमालयन बैंकको जगेडा कोषमा ७ अर्ब ५४ करोड २२ लाख ७० हजार रुपैयाँ रहेको छ। यसैगरी सिभिल बैंकको जगेडा कोषमा १ अर्ब ४८ करोड ३ लाख ५८ हजार रुपैयाँ रहेको छ। मर्जर तथा प्राप्तिमा गएमा बैंकको जगेडा कोषको आकार ९ अर्ब रुपैयाँ बराबरको बन्ने देखिन्छ। 

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १४:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
कारोबारसँगै खुम्चियो सेयर बजार यसअघि साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ अंकले बढेर २७०६ विन्दुमा पुगेको थियो। सोमबार, असार २३, २०८२
साताको पहिलो दिन बढ्यो सेयर बजार, साढे ९ अर्बको सेयर कारोबार सेयर बजार झिनो अंकले बढे पनि कारोबार रकम साढे ९ अर्ब पुगेको छ। आज सेयर बजारमा ९ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा प्रयाप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौंमा आयोजना गरेको मौद्रीक नीतिसम्बन्धी छलफलमा गभर्नर पौडेलले सवै क्षेत्र बर्ग समूदायलाई सम... आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्