काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले तीन वर्षमा ३ हजार मेघावाट विद्युत उत्पादन गर्ने घोषणा गरेका छन्।
मन्त्री पुनले ३ वर्षमा ३ हजार मेघावाट विद्युत उत्पादनका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको पनि स्पष्ट पारे। ५ वर्षमा ५ हजार मेघावाट विद्युत उत्पादन गर्ने कार्य योजनासहित सरकारले विद्युत विकासका लागि स्वेतपत्र नै जारी गरेको पनि उनले स्मरण गराए।
विद्युत विकास विभागको रजत जयन्तिको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पुनले १० वर्षमा १५ हजार मेघावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्यमाथि खिसिट्युरी गर्नेहरुलाई जवाफ दिने गरी सरकारले विद्युत विकासको रणनीति तय गरेको दावी गरे।
मन्त्री पुनले सरकारले उर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रको लगानीलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे। उनले मुलुकलाई समृद्ध बनाउन विद्युत विकासको कामलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाएको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।