• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
भान्सामा प्रयोग हुने अत्यावश्यक वस्तुमा अचाक्ली मूल्यवृद्धि, सांसदका प्रश्नको जवाफ दिँदैनन् मन्त्री
64x64
सुमित्रा कार्की बिहीबार, असार ९, २०७९  ०९:०६
1140x725

काठमाडौं– जोरपाटीकी सावित्रा बराल मंगलबार बिहानै तरकारी किन्न गइन्। उनी प्रायः एक हप्ताका लागि तरकारी किनेर राख्ने गर्छिन्। त्यसका लागि ५०० रुपैयाँ जति खर्च हुन्थ्यो। तर, मंगलबार उनलाई पैसा पुगेन।

उनी भन्छिन्, ‘महंगी पनि कति बढेको छ भने, पहिला ५०० रुपैयाँले करिब एक हप्ता तरकारी खान पुग्थ्यो। अहिले एक दिनको तरकारी किन्न पनि मुस्किल हुन थाल्यो। यस्तो महंगी बढिरह्यो भने जिविका कसरी चलाउने होला?’

तरकारी मात्र नभएर भान्सामा दैनिक प्रयोग हुने हरेक सामग्री महंगो बनेको उनको भनाइ छ। तल्लो र मध्यम वर्गीय परिवारको भान्सा चलाउन समस्या हुन थालेको उनी गुनासो गर्छिन्। ‘बाहिरबाट महंगो आउँछ कि हामी सर्वधारणले मात्र यस्तो महंगी बेहोुर्न परेको हो?’ उनको प्रश्न छ। 

उनको भनाइबाट स्पष्ट हुन्छ कि पछिल्लो समय अचाक्ली महंगी बढ्दा सर्वसाधारणको दैनिकी कष्टकर बन्न थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढ्दै जाँदा भान्सामा दैनिक चाहिने दाल, चामल, नुन, तेललगायतका सबै खाध्यवस्तुको मूल्य बढेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल बताउँछन्। उनी भन्छन्, ‘महंगीले अहिले सर्वधारणको घरमा चुलो बल्न नसक्ने अवस्था बनेको छ। यसको मूख्य जड भनेको नै पेट्रोलियम पदार्थको मूल्यवृद्धि हो।’

पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा ढुवानीको मूल्य पनि बढेको कारण दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको उनी बताउँछन्। यसैगरी रसिया र युक्रेनबीच भएको युद्धले पनि महंगी बढेको उनी बताउँछन्। युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनलगायत आयात हुने सबै वस्तुको मूल्य बढेको मल्लले बताए। 

सर्वसाधारणको बुझाइमा पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धिले नै महंगी अचाक्ली चुलिएको छ। भान्सामा दैनिक प्रयोग हुने सामान किन्न मंगलबार बिहान ग्वार्को चोक आइपुगेका राज तिवारीले पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्ने हो भने महंगी नियन्त्रण हुनसक्ने बताए। ‘हाम्रो आम्दानीको स्रोत बढ्न सकेको छैन। भान्सामा प्रयोग हुने सामग्रीदेखि अन्य उपभोग्य वस्तुको पनि मूल्य चुलिएको छ। सरकारका नियामक निकायलाई अत्तोपत्तो छैन कि थाहा नपाएजस्तो गरेको हो बुझ्न सकिएको छैन।’ 

गत वर्ष असार ७ गते १२७ रुपैयाँ रहेको पेट्रोलको मूल्य यस वर्ष असार ५ गते १९९ रुपैयाँ पुगेको छ। एक वर्षमा पेट्रोलको मूल्य करिब ३९ प्रतिशतले बढेको आयल निगमले जनाएको छ।

खाने तेलको मूल्य १ वर्षको अवधिमा ५० प्रतिशतभन्दा धेरैले बढेको छ। खाद्य किराना तथा थोक व्यवसाय संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भने, ‘अहिले सबै आयातीत वस्तुको मूल्य अकासिएको छ। खाने तेलदेखि लिएर चिनी दालको मूल्य अकासिएको छ। यसको असर खुद्रा बजारसम्म पुग्दा झन् चर्को भएको छ।’

नेपाल थोक व्यवसायी संघका अनुसार २०७८ असारमा प्रतिलिटर २२० रुपैयाँमा पाइने भटमास तेलको थोक मूल्य यो असारमा ३३० रुपैयाँ पुगेको छ। यो थोक मूल्य खुद्रा व्यापारीसम्म पुग्दा उपभोक्ताका लागि झनै महंगो पर्छ।

नेपाल खुद्रा व्यवसाय संघको तथ्यांक अधिकृत ज्योति थापाका अनुसार अघिल्लो असारमा २४० रुपैयाँ पर्ने सूर्यमुखी र तोरी तेलको मूल्य एक वर्षपछि लिटरमा ११० रुपैयाँले नै बढेर ३५० पुगेको छ। गत वर्ष १५० रुपैयाँ प्रतिकिलो रहेको मुसुरो दालको मूल्य यो वर्ष २५ रुपैयाँले बढेर १७५ पुगेको छ। यसैगरी, २०७८ असारमा प्रतिकेजी ९० रुपैयाँ पर्ने चिनी यो असारसम्ममा १५ रुपैयाँले बढेर १०५ पुगेको छ।

सर्वसाधरणको भान्सामा नभइ नहुने दाल तथा चामलको मूल्य पनि अघिल्लो वर्षको भन्दा बढेको खुद्रा व्यवसाय संघका अध्यक्ष अमूल तुलाधर बताउँछन्। २०७८ असारमा १६० रुपैयाँ रहेको मासको दालको मूल्य यो असारमा १७० रुपैयाँ पुगेको छ। २०७८ असारमा १८० रुपैयाँ रहेको मास छाटा प्रतिकिलो २०० रुपैयाँ पुगेको छ। पछिल्लो एक वर्षको अवधिमा मकै र गहुँको मूल्यमा प्रतिकिलो १० रुपैयाँ बढेको छ। अघिल्लो वर्ष दुवै खाद्यान्न प्रतिकेजी ४५ थियो, अहिले ५५ रुपैयाँ पुगेको छ। 

एक वर्षमा ४.३१ प्रतिशतले बढ्यो उपभोक्ता मुद्रास्फीति
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो १० महिना (२०७९ वैशाख) सम्मको  तथ्यांक अनुसार उपभोक्ता मुद्रास्फीति ७.८७ प्रतिशत पुगेको छ। उपभोक्ता मुद्रास्फीति गत आर्थिक वर्षको यसै अवधिको भन्दा ४.३१ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको यसै अवधिमामा उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशत थियो।  

राष्ट्र बैंकका अनुसार उपभोक्ता मूल्य सूचकांक (उपभोक्ता मुद्रास्फीति)ले उपभोग्य वस्तु तथा सेवाहरूको खुद्रा मूल्यस्तरलाई मापन गर्छ। उपभोक्ता मुद्रास्फीति मापन गर्न ४९६ वस्तु तथा सेवाहरू समावेश गरिएका छन्। राष्ट्र बैंकले ६० वटा बजार केन्द्रहरूबाट यी वस्तु तथा सेवाहरूको साप्ताहिक, मासिक र त्रैमासिक मूल्य संकलन गरेर उपभोक्ता मूल्य सूचकाङ्क तयार गर्छ।

आर्थिक वर्ष २०७१/७२ को आधार मूल्यको आधारमा यी वस्तुहरूको मुद्रास्फीति मापन गरिन्छ। यी वस्तुहरूमध्ये खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत १३ उपसमूह र गैरखाद्य तथा सेवा समूह अन्तर्गत नौ उपसमूह छन्। उक्त समूहहरूको भारांक क्रमशः ४३.९१ प्रतिशत र ५६.०९ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरको छ।

राष्ट्र बैंकले मापन गर्ने खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति चालु आवको १०औं महिनामा ७.१३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत छ। गएको वैशाख मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत मुद्रास्फीति ५.८४ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

संसद्‌मा पनि उठ्यो आवाज
अचाक्ली महंगी बढेको विषय संसद्‌मा पनि उठेको छ। प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदले यो विषय उठाएका हुन्।

प्रतिनिधिसभाको सोमबार र मंगलबारको बैठकमा सांसदहरूले सरकारको जवाफसमेत माग गरेका थिए। एमाले सांसद पद्मा अर्यालले मूल्यवृद्धिले जनतालाई सास्ती दिएको बताइन्। उनले भनिन्, ‘मूल्य वृद्धिबाट जनताको जीवन कष्टकर बनिरहेको छ । यति छोटो समयमा यति ठूलो मात्रामा मूल्यवृद्धि गर्नुपर्ने बाध्यता यो सरकारलाई के आइपर्‍यो?’

उनी त्यतिमा मात्र रोकिइनन्। सोमबारको बैठकमा उनले मन्त्रीले जवाफ नदिँदासम्म संसद्‌को कारबाही नै अगाडि बढाउन नसकिने जानकारी गराएपछि एमालेका सांसद सिटबाट उठेर बैठकमा अवरोध गरेका थिए।

त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले सम्बन्धित मन्त्रीलाई जवाफ दिन रुलिङ गरेका थिए। सभामुखले रुलिङ गरेपछि पनि सांसदले पेट्रोलियम पदार्थले जनजीवनमा पारेको प्रभावको विषय उठाएका थिए । 

त्यस्तै, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले मूल्यवृद्धिबाट जनतालाई राहत दिन माग गरेका थिए। एमाले सांसद दामोदार भण्डारीले काठमाडौंबाट दुबई जानुभन्दा काठमाडौंबाट धनगढी जान महंगो परिरहेको बताएका थिए।

त्यसपछि मंगलबारको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि बाध्यात्मक भएको बताए। नेपाल आयल निगमको घाटालाई कम गर्नका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्न सरकार बाध्य भएको उनको भनाइ थियो। तर, उनले अन्य अत्यावश्यक वस्तुमा भएको मूल्यवृद्धि र त्यसको नियन्त्रणका लागि सरकारले कदम चालेको छ वा छैन भन्ने विषयमा केही पनि बोलेनन्।

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  ०९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
कारोबारसँगै खुम्चियो सेयर बजार यसअघि साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ अंकले बढेर २७०६ विन्दुमा पुगेको थियो। सोमबार, असार २३, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण "भारत र बाङ्ग्लादेशमा राम्रो काम गरेको यो कम्पनीले राम्रै गर्ला भन्ने अपेक्षा थियो। तर उहाँहरूले केही काम गरे पनि समयमा काम नगरेपछि... आइतबार, असार २२, २०८२
साताको पहिलो दिन बढ्यो सेयर बजार, साढे ९ अर्बको सेयर कारोबार सेयर बजार झिनो अंकले बढे पनि कारोबार रकम साढे ९ अर्ब पुगेको छ। आज सेयर बजारमा ९ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्