• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
बोर्डको प्रतिबद्धता अस्वीकार गर्दै लगानीकर्ताको आन्दोलन, उद्देश्य के हो? 
64x64
सुमित्रा कार्की बिहीबार, असार ९, २०७९  १९:२७
1140x725

काठमाडौं– लगानी बोर्डले माग पूरा गर्ने प्रतिबद्धता जनाए पनि लगानीकर्ता आन्दोलनमा होमिएका छन्। सेयर बजारका लगानीकर्ता तिलक कोइराला नाै दिनदेखि सेयर बजार सुधारसहित १९ बुँदे माग राख्दै धितोपत्र बोर्डको गेटमै अनशनरत् छन्। यद्यपि, नेपाल धितोपत्र बोर्डले तीन महिनाभित्र अनशन तथा आन्दोलनमा रहेका लकगानीकर्ता‍को माग पूरा गर्ने प्रतिबद्धता जनाइसकेको छ।

मंगलबार बोर्डका अध्यक्ष रमेशकुमार हमालले पत्रकार सम्मेलन गर्दै लगानीकर्ताको १९ बुँदे मागमध्ये कतिपय बोर्डकै कार्ययोजनाभित्र रहेको भन्दै तीन महिनाभित्र आन्दोलनरत लगानीकर्ताको माग पूरा गर्ने आश्वासन दिएका थिए।

बोर्डका अध्यक्ष हमालले तीन महिनाभित्रै माग पूरा गर्ने प्रतिबद्धता दिए पनि लगानीकर्ताको आन्दोलन र अनशन रोकिएको छैन। बोर्डको पत्रकार सम्मेलनपछि लगानीकर्ताको आन्दोलन झन् चर्किएको छ।

No description available.

दैनिक बोर्डको गेटमा धर्ना दिइरहेका लगानीकर्ताले कार्यालय समयपछि बोर्डका कर्मचारीलाई समेत सहज रुपमा घर जान दिएनन्। जसका कारण बोर्डले प्रहरीको स्कर्टिङमा आफ्ना कर्मचारीलाई घरसम्म पुर्‍याउनुपरेको छ। 

आफ्ना माग तत्काल पूरा नगरेसम्म आन्दोलन र अनशन नछाड्ने लगानीकर्ताको अडान छ। यता बोर्डका अध्यक्ष हमाल भने अहिले नै माग पूरा गर्न नसकिने, तर तीन महिनाभित्र चरणबद्ध रुपमा पूरा गर्दै लैजाने बताउँछन्। उनले लगानीकर्तासम्म तीन महिनाको समय दिन माग गरेका छन्। 

बोर्डका अध्यक्ष हमाल भन्छन्, ‘लगानीकर्ताले राखेका कतिपय मागहरु धितोपत्र बोर्डले आफ्नो कार्ययोजनाभित्र राखेकाहरु नै छन्। त्यो काम मैले जसरी पनि गर्छु। तर, काम गर्ने वातावरण त दिनुपर्‍यो नि?’

माग पूरा गर्ने प्रतिबद्धता जनाउँदा पनि लगानीकर्ता आन्दोलनबाट पछि नहटेपछि आफूलाई काम गर्न नै समस्या परेको अध्यक्ष हमालको भनाइ छ। यता लगानीकर्ता भने पटक–पटक माग राख्दा पनि सम्बोधन नभएकाले यसपटक माग पूरा नभएसम्म आन्दोलनबाट पछि नहट्ने बताउँछन्। 

बोर्डले बुधबार अनशन तोडेर वार्तामा आउन लगानीकर्तालाई पत्र काटेको थियो। ‘हामीले पत्र लेख्दै अनशन तोडेर वार्तामा आउन अनुरोध गरेका छौं। अनशन तोडेपछि तपाईंहरुका माग सम्बोधन गर्छौं भनेका थियौं’, अध्यक्ष हमालले भने। तर, लगानीकर्ताले भने पहिले माग पूरा भएमात्रै अनशन तोड्ने अडान राखे।

No description available.
बोर्डले लगानीकर्तालाई अनशन तोड्न लेखेको पत्र

 

No description available.
लगानीकर्ताले अनशन नतोड्ने भन्दै बोर्डलाई लेखेको पत्र 

लगानीकर्ताको आन्दोलनको उद्देश्य के हो? 
लगानीकर्ता आफूले सेयर खरिद गर्नका लागि सेयर बजारलाई जसरी भए पनि न्यून बिन्दुमा झार्ने उद्देश्यका साथ आन्दोलनमा होमिएको सेयर बजारका एक जानकार बताउँछन्। उनी भन्छन्, ‘अहिले देशमा देखिएको आर्थिक संकटसँग कसरी सामना गर्ने भन्नेतर्फ राष्ट्रबैंक चिन्तित छ। बैंकरहरुलाई कसरी कर्जा उठाउने? कसरी निक्षेप संकलन बढाउने? भन्ने चिन्ता छ। यस्तो बेलामा लगानीकर्ताले पनि देशलाई सहयोग गर्नुपर्ने हो। तर, यो नीति सच्याउन भन्दै अनशन बस्नुको उद्देश्य भनेकै सेयर बजारलाई न्यून बिन्दुमा झार्नु हो।’

आन्दोलनरत लगानीकर्ताको १९ बुँदे मागमध्ये केही जाहेज पनि छन्। ‘केही माग जाएज छन्। तिनमा मेरो पनि सहमति छ। तर, बोर्डले काम गर्छु भनेर प्रतिबद्धता लिइसकेपछि लगानीकर्ताले वार्ता गरेर अहिले सम्बोधन हुने माग अहिले कार्यान्वयनमा ल्याउने र बाँकी काम अवधि पुगेपछि भएनन् भने पो दबाब दिने हो त!’, उनी भन्छन्।

राष्ट्रबैंकले चालू आवको मौद्रिक नीतिमार्फत् सेयर धितोमा ४/१२ को क्याप लगाएको छ। लगानीकर्ताको मुख्य माग पनि यही नीति सच्याउनु हो। यो व्यवस्थाअनुसार नाताभित्रका वा स्वार्थ बाझिने व्यक्ति तथा संस्थाले एउटा बैंकबाट बढीमा ४ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाउँछ भने बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्म लिन पाउनेछ। लगानीकर्ताको मुख्य माग नै अहिले यो नीति हटाउनु रहेको छ। 

No description available.

बैंकका सहायक कम्पनीलाई धितोपत्र दलाल (ब्रोकर) लाइसेन्स दिनुपर्ने, ब्रोकरको शाखा विस्तारमा ब्रोकरले आफैं निर्माण गरेको अनलाइन टेड्रिङ स्टिम (टिएमएस) सञ्चालन गर्न दिनुपर्ने, राजनीतिक दलका नेतालाई सेयर बजारको बारेमा नकारात्मक टिप्पणी गर्न बन्देज गर्नुपर्ने र लगानीकर्ताले बिक्री गरेको सेयर स्वत श्रोतमा कर कटौती (टिडिएस) हुनुपर्ने माग राखेका छन्। 

सेयर कर्जामा ४/१२ को नीति परिमार्जन गर्न चौतर्फी दवाव 

धितोपत्र बोर्डका अध्यक्ष हमालले सेयर बजार घट्नुको प्रमुख कारण राष्ट्र बैंकको नीतिलाई मानेका छन्। मंगलबारको पत्रकार सम्मेलनमा उनले ४/१२ को नीतिले बजार घटेको हुँदा संशोधनको लागि पहल भइरहेको बताए।

उनले बजार घट्नुको दोष बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकलाई दिए। राष्ट्र बैंकले ल्याएको जोखिम भारसम्बन्धी नीतिका कारण पनि समस्या भएको उनको तर्क छ। यस विषयमा अर्थ मन्त्रालयमार्फत् राष्ट्र बैंकसँग कुरा भएको उनको भनाइ छ। 

राष्ट्र बैंकले नीति बनाउँदा समन्वय नगर्दा यस्तो समस्या आएको हमालको तर्क छ। ‘नीति बनाउँदा राष्ट्र बैंक, बीमा समिति र हामी जस्ता नियामक निकायबीच समन्वय हुनुपर्ने हो,’ उनी भन्छन्, ‘यस विषमा हामी राष्ट्र बैंकसँग कुरा गर्छौं।’ उनले पुँजीबजार सुधार सुझाव समितिले मौद्रिक नितिमा ४/१२ को व्यवस्था परिवर्तन गर्नका लागि अध्ययन सुरु गरेको जानकारी दिए। 

हमालका अनुसार कर्जा चुक्ता गर्नलाई लगानीकर्ताले सेयर बेच्दा सेलिङ चाप बढेको हो। बजारको माग सम्बोधन गर्न मार्जिन कर्जामा जोखिम भार बढाउने, ४/१२ को नीतिमा देखिएको समस्या समाधानका लागि कर्जा नवीकरण गर्ने व्यवस्था गर्न लगाउने विकल्प रहेको उनको भनाइ छ। 

यसैगरी, एनआरएन डेभलपमेन्ड फण्डका कार्यकारी अधिकृत तथा सेयर बजार जानकार अनलराज भट्टराई मौद्रिक नीतिले सेयर कर्जामा राखेको ४/१२ को सीमा हटाउनुपर्ने बताउँछन्। यता चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल पनि ४/१२ कै नीतिकै कारण लगानीकर्ता संकटमा परेको भन्दै नियामक निकायले यो नीति हटाउनुपर्ने माग राख्छन्। 

उनी भन्छन्, ‘विश्वमा पुँजी बजारलाई देशको आर्थिक अवस्था हेर्ने ऐनाको रुपमा हेन्रिन्छ। तर, नेपालमा विभिन्न समयमा पुँजी बजारमाथि नै हस्तक्षेप गर्ने र नकारात्मक टिप्पणी हुने गरेका छन्। यो अवस्थालाई समाधान गर्न नियामक निकायले नीतिमा विचार गर्नुपर्ने बेला आएको छ।’

सेयर कर्जाको ४/१२ नीतिका कारण बजार घटेको हो? 
सेयर बजार ४/१२ नीतिको कारण नभएर अहिलेको आर्थिक अवस्थाको कारण घटेको बैंकर भुवन दाहाल बताउँछन्। ‘नेपालको सेयर बजारमा १२ करोड रुपैयाँभन्दा माथि लगानी गर्ने लगानीकर्ता सिमित छन्। यसकारण ४/१२ को नीतिले सेयर बजार घट्नुपर्ने अवस्था आयो भन्ने मलाई लाग्दैन’, दाहाल भन्छन्।

सेयर बजार घट्नुको मूल कारण तरलताको अभाव, ब्याजदर वृद्धि र आर्थिक संकट रहेको उनको बुझाइ छ। उनी भन्छन्, ‘कर्जालाई उत्पादनमुखि क्षेत्रमा लैजानुपर्ने र आयात विस्थापन गर्नुपर्ने दबाब राष्ट्र बैंकलाई छ। निर्यात प्रबन्धन हुने खालको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता छ। यसकारण राष्ट्र बैंक घर/जग्गा र सेयर बजारजस्ता क्षेत्रमा लगानी कम गर्नतर्फ लागेको छ। अर्थशास्त्रीको सुझाव पनि यही नै छ।’

यही कारण पनि सेयर बजारमा कर्जा कम जाओस् भन्ने उद्देश्य राष्ट्र बैंकको रहेको उनको भनाइ छ। ‘जब बजारमा ऋणको ब्याजदर बढ्छ, सेयरको भाउ ओरालो लाग्ने गरेको छ,’ उनी भन्छन्, ‘लगानी योग्य रकम नहुँदा पनि त्यसको असर सेयर बजारमा पर्ने गरेको छ।’

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १९:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
कारोबारसँगै खुम्चियो सेयर बजार यसअघि साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ अंकले बढेर २७०६ विन्दुमा पुगेको थियो। सोमबार, असार २३, २०८२
साताको पहिलो दिन बढ्यो सेयर बजार, साढे ९ अर्बको सेयर कारोबार सेयर बजार झिनो अंकले बढे पनि कारोबार रकम साढे ९ अर्ब पुगेको छ। आज सेयर बजारमा ९ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा प्रयाप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौंमा आयोजना गरेको मौद्रीक नीतिसम्बन्धी छलफलमा गभर्नर पौडेलले सवै क्षेत्र बर्ग समूदायलाई सम... आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्