• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
बैंकहरू सीडी रेसियो व्यवस्थापनमा लाग्दा कर्जा लगानी ठप्प
64x64
सुमित्रा कार्की बिहीबार, असार १६, २०७९  १९:५८
1140x725

काठमाडौं– लामो समयसम्म तरलता अभावको समस्यामा परेका बैंकहरू अहिले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) व्यवस्थापन गर्नतर्फ लागेका छन्।

बैंकहरू सीडी रेसियो व्यवस्थापन गर्न लाग्दा कर्जा लगानी प्रायः ठप्प जस्तै बनेको नेपाल बैंकर संघका अध्यक्ष तथा कृषि विकास बैंकका कार्यकारी अधिकृत अनिल उपाध्यायले बताए। 

उपाध्यय भन्छन्, ‘बैंकहरूको सीडी रेसियो औसतमा ९० प्रतिशतभन्दा तल आइसकेको छ। धेरै बैंकहरू यसलाई व्यवस्थापन गर्नतर्फ लागेका छन्। बैंकहरूले दैनिक आफ्नो सीडी रेसियो साइजमा ल्याउन लागिपरेका छन्। असार मसान्तसम्म जसरी व्यवस्थापन गर्नुपर्ने राष्ट्र बैंकको व्यवस्था भएका कारण बैंकहरू अहिले त्यतैपट्टि लागेका हुन्।’

उनले अहिले बैंकमा पैसा उठाउने चटारो रहेको बताए। ‘त्यसमा पनि राष्ट्र बैंकको नीतिले निर्धारण गरेको सीडी रेसियो व्यवस्थापन गर्नुपर्ने अर्को चुनौती छ।’

बैंकहरूले सामान्य समयमा पनि ऋण असुल गर्ने र पोर्टफोलियो व्यवस्थापन गर्ने बेला भएको अध्यक्ष उपाध्यायको भनाइ छ। यतिबेला कसरी लगानी उठाएर सबैभन्दा धेरै नाफा कमाउने भन्नेतर्फ नै बैंकहरू लागेको उनले बताए। उनी भन्छन्, ‘अहिले बैंकहरू खराब कर्जा घटाउनतर्फ लागेका छन्। यसकारण पनि कर्जा लगानी प्रायः ठप्प छ।’

मंगलबारसम्म आउँदा समग्रमा बैंकिङ क्षेत्रको सीडी रेसियो ८९.१४ प्रतिशतको हाराहारीमा रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ। समग्रमा बैंकहरुको सीडी रेसियो ९० प्रतिशतभित्र रहे पनि शुक्रबारसम्म आउँदा १२ वटाभन्दा धेरै बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि रहेको नेपाल बैंकर संघका कार्यकारी अधिकृत (सिईओ) अनिल शर्माले बताए। 

कर्जा लगानी ठप्प बन्दा निक्षेप संकलन भने केही बढ्न सफल भएको उनको भनाइ छ। अहिले बैंकिङ क्षेत्र कर्जा प्रवाह गर्नभन्दा पनि व्यवस्थापन गर्नतिर लागेका कारण तरलता अभावको समस्या केही साम्य भएको उनी बताउँछन्। उनी भन्छन्, ‘तरलता अभावको समस्या समाधान भएको छैन। तर, व्यवस्थापन भइरहेको छ।’

जेठ मसान्तसम्म १३ बैंकको सीडी रेसियो सीमामाथि

जेठ मसान्तसम्म आउँदा १३ वाणिज्य बैंकको सीडी रेसियो नेपाल राष्ट्र बैंकको सीमाभन्दा माथि रहेको छ।  जेठ मसान्तसम्म सबैभन्दा धेरै सीडी रेसियो सेन्चुरी बैंकको रहेको छ। तीन बैंकको सीडी रेसियो ९५ प्रतिशतभन्दा माथि रहेको बैंकर संघको तथ्यांकले देखाउँछ। 

यी बैंकको सीडी रेसियो जेठ अन्तिमसम्म ९५.८७ प्रतिशत रहेको नेपाल बैंकर संघले जानकारी दिएको छ। यसैगरी, प्राइम बैंकको सीडी रेसियो पनि ९५.५७ प्रतिशत रहेको छ। नेपाल बंगलादेश बैंकको पनि सीडी रेसियो ९५.२५ प्रतिशत रहेको छ। 

यसैगरी दुई बैंकको सीडी रेसियो ९४ प्रतिशतभन्दा माथि रहेको छ। कुमारी बैंकको सीडी रेसियो ९४.३७ प्रतिशत र बैंकअफ काठमाडौंको सीडी रेसियो ९४.२७ प्रतिशत रहेको छ। 

यसैगरी, जेठ मसान्तसम्म नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको सीडी रेसियो ९२.३८ प्रतिशत र ग्लोबल आइएमई बैंकको सीडी रेसियो ९१.८४ प्रतिशत रहेको छ।

नेपाल बैंक लिमिटेडको सीडी रेसियो ९१.९८ प्रतिशत, सनराईज बैंकको ९१.०४ प्रतिशत, कृषि विकास बैंकको ९१.०५ प्रतिशत, सिद्धार्थ बैंकको ९१.५८ प्रतिशत र हिमालयन बैंकको सीडी रेसियो ९१.११ प्रतिशत रहेको छ। यस्तै एभरेष्ट बैंकको ९०.३५ र सिटिजन्स बैंकको ९०.१९ प्रतिशत रहेको छ। 

 

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १९:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
कारोबारसँगै खुम्चियो सेयर बजार यसअघि साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ अंकले बढेर २७०६ विन्दुमा पुगेको थियो। सोमबार, असार २३, २०८२
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण "भारत र बाङ्ग्लादेशमा राम्रो काम गरेको यो कम्पनीले राम्रै गर्ला भन्ने अपेक्षा थियो। तर उहाँहरूले केही काम गरे पनि समयमा काम नगरेपछि... आइतबार, असार २२, २०८२
साताको पहिलो दिन बढ्यो सेयर बजार, साढे ९ अर्बको सेयर कारोबार सेयर बजार झिनो अंकले बढे पनि कारोबार रकम साढे ९ अर्ब पुगेको छ। आज सेयर बजारमा ९ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्