• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ ७, २०८२ Wed, May 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
अर्काको गीत ‘चोरेर’ चर्चामा
64x64
युवराज भट्टराई सोमबार, असार २७, २०७९  ०७:५१
1140x725

काठमाडौं– ‘पछ्यौरी’ बोलको गीत अहिले सांगीतिक क्षेत्रमा चर्चामा छ। गायिका इन्दिरा जोशीले १२ वर्षपछि आफ्नै संगीत, शब्द र गायनमा गाएको यो गीत सार्वजनिक भएको केही समयमै चर्चा बटुल्न सफल भएको छ। टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालका माध्यमहरुमा गीतको भ्यूज बढ्दो छ। सार्वजनिक भएको १० दिनमा नै युट्युबमा गीतलाई ४ लाखभन्दा धेरै पटक हेरिएको छ।

तर, गीत चर्चामा आउनुको कारण भने भिन्न देखिन्छ। त्यो हो, गायिका इन्दिरामाथि लागेको चोरीको आरोप। एकातिर आकर्षक र फरक धुनले भरिएको गीत दर्शकले रुचाइरहँदा इन्दिराले यो गीत चोरेको विषय सार्वजनिक भएको छ। जसमा इन्दिरा आफैंले पनि सामाजिक सञ्जालमार्फत् स्पष्टीकरण पनि दिएकी छिन्।

इन्दिराको गीत ‘पछ्यौरी’मा प्रयोग भएको ‘स्याक्सोफोन’ बाजाको जस्तो मेलोडी धुन २०१३ मा सार्वजनिक भएको एक गीतसँग मिल्न जाँदा उनीमाथि चोरीको आरोप लागेको छ। अमेरिकी गायक जेसन डेरुलोले गाएको ‘टक डर्टी–२’ गीतमा प्रयोग भएको स्याक्सोफोनकै धुनसँग मिल्न गएको हो। जुन विषयलाई लिएर आम दर्शक तथा सञ्चारमाध्यमले इन्दिरामाथि चोरीको आरोप लगाइरहेका छन्। 

इन्दिराले भने आफ्नो स्पष्टीकरणका रुपमा सामाजिक सञ्जालमार्फत् बिनाकारण आलोचना खेप्नु परेको बताएकी छिन्। उनले शनिबार साँझ सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘बेक्कारमा टन्नै आलोचना खेप्न पर्नि! अबदेखि अन्तर्राष्ट्रिय शैलीलाई नेपाली शैलीमा समावेश नगर्दा नै बेस होला। अरुले त्यही काम गर्दा स्टायल र ट्रेण्ड, हामी आफूले प्रयोगमा ल्याउँदा चोरेको!!!’

इन्दिराले उक्त स्टेटस् राख्दै एक गीतको लिंक पनि समावेश गरेकी छिन्, जसमा उनको गीत र डेरुलोले गाएको ‘टक डर्टी–२’ मा भएको स्याक्सोफोन शैलीको धुन समावेश छ। उक्त गीत ‘हेर्मेटिको’ बोलको छ, जसलाई ‘बाल्कन बिट बक्स’ नामक सांगीतिक समूहले तयार पारेको हो। स्मरण गर्नुपर्ने कुरा, डेरुलोले उक्त गीतको धुनलाई आधिकारिक रुपमै अनुमति लिएर प्रयोग गरेका थिए।

इन्दिराले आफ्नो पक्षमा स्पष्टीकरण लेखेकी भएपछि सामाजिक सञ्जालमा उनको खेदो खन्ने काम झन् कम भएको छैन। ‘चोरेर’ चर्चा कमाइरहेको भन्दै उनको आलोचना भएको छ।

तर, चर्चामा आउन ‘चोर’ बाटो अपनाउने कलाकारमा इन्दिरा पहिले होइनन्। यसअघि पनि नेपाली सांगीतिक क्षेत्रमा यस्ता चोरीका थुप्रै घटनाहरु भएका छन्। चोरेर आफ्नो भन्दै ल्याइएका गीत तथा संगीतहरुले चर्चा कमाइरहँदा सर्जकमाथि लाग्ने आरोपमा सर्जकहरुले भने मौनता साँध्ने गरेका छन्। आफूमाथि लागेको आरोपको विषयमा मौन रहनेदेखि आरोपलाई तर्कसंगत नभई खण्डन गर्न खोज्नेसम्मको विगत नेपाली संगीत क्षेत्रमा देखिएको छ।

‘शत्रु गते’ नामक फिल्ममा समावेश भएको चर्चित गीत ‘रुपै मोहनी’माथि पनि चोरीको आरोप लागेको थियो। तर, गीत समावेश फिल्मका निर्माण पक्ष वा गीतका लेखक तथा गायक कसैले पनि यो आरोपमाथि बोलेनन्। उनीहरु चुपचाप बसेका थिए।

Ncell 2
Ncell 2

उक्त गीतलाई टंक बुढाथोकीले गाएका थिए, जसमा शब्द लोकराज अधिकारीको थियो। उक्त गीतमा प्रयोग भएको शब्द बाहेक लयदेखि संगीतसम्म लोक गायक कुमार बस्नेतको चर्चित गीत ‘रौसी खान जाम दाजै’सँग मेल खाएको थियो। बस्नेतले फिल्मको उक्त गीत सार्वजनिक भएपछि आफ्नो गीतसँग मिल्न गएको भन्दै आपत्ति पनि जनाएका थिए। आफूले संकलन गरेको र गाएको गीतलाई अरुले प्रयोग गरेकोमा बस्नेतको चित्त दुखाई थियो।

तर, यस विषयमा न फिल्मको निर्माण पक्ष बोल्यो, न गायक र लेखक नै। ओरिजिनल सर्जकले आपत्ति जनाउँदा ‘रुपै मोहनी’का सर्जकहरुले भने ‘संगीतमा १२ वटा नोटहरुमा बसेर काम गर्दा यताउता ठोक्किनु स्वभाविक हो’ भन्ने गैरजिम्मेवार तर्क दिएका थिए।

गायक तथा संगीतकारका रुपमा आफ्नो परिचय स्थापित गराएका कालिप्रसाद बाँस्कोटा पनि गीत चोरीको आरोप खेपेकामध्येमा पर्छन्। तीन वर्षअघि सार्वजनिक भएको उनको गीत ‘इन्स्टाको फोटो’ चोरिएको आरोप लागेको थियो। 

सार्वजनिक भएयता हालसम्म १ करोड ५० लाखभन्दा धेरै पटक युट्युबमा हेरिएको उक्त गीतमा संगीत, शब्द र गायन सबै बाँस्कोटाकै थियो। गीत सार्वजनिक भएर चर्चामा आइरहँदा भने गीतसँग मिल्दोजुल्दो अर्को गीत चर्चामा आयो। उक्त गीत थियो फ्रेन्च गायक कार्ला ब्रुनीको ‘क्वेलक्यु उन मा दित’। उक्त गीतसँग बाँस्कोटाको गीतको संगीत र लय मिल्ने मात्रै नभएर धेरै हदसम्म प्रसंग पनि मिलेको छ। बाँस्कोटले ब्रुनीको गीतमा जस्तै आफ्नो गीतमा छुटिएको प्रेम सम्बन्धको सम्झनालाई प्रस्तुत गरेका छन् र निरन्तर सम्झिरहेको उल्लेख गरेका छन्।

लोक गीत गायनमा प्रतिभाशाली गायकको रुपमा प्रस्तुत भएका गायक प्रकाश सपुत पनि चोरीको आरोप लाग्नेमा पर्छन्। तीन वर्षअघि सार्वजनिक भएको उनको बहुचर्चित गीत ‘गल्बन्दी’माथि चोरीको आरोप लागेको थियो। उक्त गीतमा प्रयोग भएको लय दिग्गज गायक शम्भु राईको देउसी भैलो गीत ‘आउ नाचौं साथी हो’सँग मिल्न गएको थियो। 

सपुतको गीत सार्वजनिक भएपछि चर्चित बन्यो। एक हिसाबले लोक गायनमा सपुतलाई स्थापित गराउने स्तरमै यो गीतले प्रशंसा र चर्चा बटुलेको थियो। तर, सँगै स्रोतादर्शकले उनले गीतमा प्रयोग भएको लय शम्भु राईबाट चोरेको पनि आरोप लगाए।

केही समयसम्म गीतको लयको चोरी भएको विषयमा विवाद भएको थियो। व्यक्तिगत छलफलमार्फत् दुई पक्षबीच सहमति हुन नसक्दा मुल सर्जक शम्भु राईले कानुनी ढोकासम्म जाने निधो गरेका थिए। अन्ततः प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उनीहरुबीच सहमति भएको थियो।

सपुतले उक्त सहमतिमा आफूले गरेको गल्ती स्वीकार्दै युट्युबमा आफ्नो गीतको विवरणमा मूल संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जनामा आफ्नो नाम समावेश गर्ने सहमति जनाएका थिए।

त्यस्तै, ‘कृ’ फिल्ममा समावेश गीत ‘उकालीमा पछिपछि’ पनि चोरी विवादमा तानिएको गीत हो। सुरेन्द्र पौडेलको निर्देशन र सुवास गिरीको लगानीमा बनेको यो फिल्मको उक्त गीतलाई अल्मोडा राना उप्रेतीले गाएका थिए। उक्त गीत आफ्नो फिल्म ‘सम्झना’बाट अनुमति बिना लिइएको भन्दै निर्माता तथा निर्देशक शम्भु प्रधानले प्रतिलिपि अधिकार हनन् भएको भन्दै प्रहरी प्रभाग टेकुमा उजुरी दिएका थिए। 

प्रहरीले ‘कृ’ फिल्मका निर्माता सुवास गिरीलाई पक्राउ गरेर ११ लाख क्षतिपूर्ति प्रधानलाई दिलाएपछि मात्रै हिरासत मुक्त गरेको थियो।

त्यसो त, अल्मोडाले नै तयार पारेको ‘छक्का पञ्जा–२ को गीत’ ‘नाइलनको सारीमा’ स्वर्गीय गायक कान्छा मगर नेपालीको गीतको नक्कल गरेको आरोप लागेको थियो। सारंगी वादक तथा प्रशिक्षक श्याम नेपालीले उक्त गीत आफ्नो हजुरबुबाको रचना भएको बताउँदै फिल्मको निर्माण पक्षमाथि आपत्ति जनाएका थिए। पछि रातारात फिल्मको गीत सार्वजनिक भएको युट्युबको विवरणमा कान्छा मगर नेपालीको नाम राखिएको थियो।

यी मात्रै नभएर विगतदेखि वर्तमानसम्म नेपाली संगीत क्षेत्रमा नेपाल भित्रकै र नेपाल बाहिरका गीतहरुको चोरीका घटना निरन्तर भइरहेका छन्। २००३ मा सार्वजनिक भएको मन्त्र ब्याण्डको ‘वीर गोरखाली’ गीत सन् १९८३ मा जुडास प्रिस्टले गाएको ‘प्यारेन्टल गाइडेन्स’बाट, २००६ मा सार्वजनिक ‘८८४८’ सांगितिक समूहको ‘बुढेशकालको लाठी’ गीत १९७३ मा द फ्रि इलेक्ट्रिक ब्याण्डले गाएको ‘अल्बर्ट होम्मोन्ड’बाट, दिपक बज्राचार्यको बहुचर्चित गीत ‘ओ अमिरा’ विल्किन्सले गाएको गीत ‘मार्गरिटा’बाट, कालीप्रसाद बाँस्कोटाको ‘मन यो मेरो हजुर’ सचिन–जिगरको गीत ‘सैबो’बाट, बाँस्कोटाकै ‘सुन बाटुली’गीत भारतीय फिल्म ‘दिल्ली ६’मा रेखा भारद्वाजलगायतले गाएको ‘गेन्धा फुल’बाट चोरिएका केही गीतका उदाहरणहरु हुन्।

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  ०७:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
हसन राईको ‘नायुमा’ म्युजिक भिडियो सार्वजनिक गायक हसनले अहिले सम्म करिव २ दर्जन बढी गीतहरु रेकर्ड गरिसकेका छन् । आधा दर्जन गीतको म्युजिक भिडियोमा मोड्लिङ समेत गरिसकेका हसनले यो... बुधबार, वैशाख ३१, २०८२
स्मारिका ढकाल र पुरु भण्डारीको अभिनयमा “ढाँटछेउ कतिलाई” सार्वजनिक यस गीतलाई नेपाली आधुनिक गीतको उत्कृष्ट नमुनाको रूपमा लिइएको छ र यसले नेपाली संगीतप्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ । गीत प्रेम,... मंगलबार, वैशाख ३०, २०८२
ताजा समाचारसबै
खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु मंगलबार, जेठ ६, २०८२
राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त मंगलबार, जेठ ६, २०८२
विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर मंगलबार, जेठ ६, २०८२
गभर्नर सिफारिस समितिको बैठक जारी मंगलबार, जेठ ६, २०८२
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : खानेपानीमन्त्री मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्