• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार
रोजगारीको प्रमुख गन्तव्य साउदीमा नेपाली श्रमिक किन सधैं समस्यामा?
64x64
सुरेन्द्र बजगाईं आइतबार, साउन ८, २०७९  १०:५०
1140x725

काठमाडौं–साउदी अरबको जेद्दामा वैदेशिक रोजगारीका लागि पुगेका १२ जना नेपाली अलपत्र परेका छन्। उनीहरू करिब एक महिनादेखि त्यहाँ अलपत्र परेका हुन्। 

‘हामी यहाँ आएको एक महिना भयो। अलपत्र पर्ने सबै जना ब्लु ग्यालेक्सी म्यानपावरबाट आएका हौ,’ उनीहरुमध्येका एक युवाले भने, ‘आएको केही दिन हामीलाई यहीको एक होटेलमा राख्यो। ६२ जना साथीहरू आएकोमा ५० जना त घर लागिसके।’ 

उनीहरू भएको होटेलमा कम्पनीका एक जना आएर ‘हिँड जाऊँ’ भने। कम्पनीका प्रतिनिधिको त्यसो भनेपछि उनीहरूले घर पठाउन लाग्यो भन्ने सोचे। उनीहरु आफ्नो झोला बोकेर हिँडे। तर उनीहरूलाई न त काममा पठाइयो, न घर फिर्ता हुन नै पाए। उनीहरू १२ जनालाई २ दिन भनेर एउटा क्याम्पमा राखियो। तर एक महिना हुँदा पनि आफूहरू काममा वा घर कतै पनि जान नपाएको उनको दुखेसो छ। 

उनीहरू बस्ने कोठामा सुत्ने ओछ्यान मात्रै हैन, खाने बस्ने अन्य व्यवस्थासमेत थिएन। यसरी नेपाली दाजुभाइ अलपत्र परेको थाहा पाएर साउदीमा रहेका केही नेपालीहरूले सहयोग गर्दै आएका छन्। 

‘यहाँ छोडेर गएपछि कम्पनीको मान्छे फर्किएर आएको छैन। नेपालबाट रोजगारीको लागि पठाउनेले पनि फोन उठाउँदैन। हामी निकै समस्यामा पर्‍यौं’, आफ्नो दुःखको पोयो फुकाउँदै उनीहरु भन्छन्, ‘यसरी एक महिनादेखि एउटै कोठामा थुनिएर बस्दा हाम्रो स्वास्थ्यमा समेत समस्या देखिन सुरु भएको छ। विभिन्न एलर्जीले होला जिउ चिलाएर खपिसाध्ये छैन। हाम्रो कुरा सुनिदिने मान्छे कोही भएन। एउटै कोठामा थुनिएर बस्नु परेकाले कति बेला आफ्नै घर पुगौँ जस्तो भएको छ।’ 

यस्तै साउदीकै जेद्दामा  १४ जनालाई उनीहरू बसेको होटेलले निकालिदिएको छ। ती नेपालीहरूलाई रोजगारीका लागि बोलाउने कम्पनीले काममा लगाएको छैन। अनि आफैँले राखेको होटेलमा समेत पैसा दिएको छैन। कम्पनीले पैसा नतिरिदिँदा होटेलले निकाल्दिएको उनीहरूको गुनासो छ। 

नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि एक महिनाअघि उनीहरु साउदीको जेद्दा पुगेका थिए। तर काम नपाएर अलपत्र परेपछि भने जसरी भए पनि आफ्नै घर फर्कन चाहन्छन्। पीडित नेपाली भन्छन्, ‘कम्पनीले काम गर्न दिएको छैन। बस्न ठाउँ छैन। अब हामी के गर्ने? हामी अन्धकारमा छौं।’

साउदीको खोवारमा पनि १७ जना नेपाली अलपत्र परेका छन्। एक लाख ७० हजारदेखि एक लाख ९० हजार बुझाएर साउदी पुगेका उनीहरू त्यहाँको कम्पनीले रोजगारी नदिएर अलपत्र परेको बताउँछन्। 

‘कम्पनी एकदमै राम्रो छ। सरकारी कम्पनी भएकाले सेवा सुविधा पनि राम्रो छ भनेर हामीलाई एजेन्टले फसायो। हामी फस्यौ। हामीले जानेनौँ’ पीडितमध्येका एक भन्छन्,  ‘यहाँ आएको ४ महिनामा डेढ महिना काम गर्‍यौं। तर काम गरेको एक रुपैयाँ पनि हातमा परेन।’

आफूहरूलाई खाना खान मात्रै पैसा दिने गरेको उनीहरूको गुनासो छ। नेपालमा भएको सम्झौताभन्दा कममा काम गर भनेर कम्पनीले दुःख दिएको हो। ‘हामी १३ सय मासिक तलब सम्झौता गरेर यहाँ आएका थियौ। तर ८ सय मात्रैमा सम्झौता गर भनेर दबाब दिन सुरु गरे’, उनीहरू भन्छन्,  ‘त्यो पैसाले आफू खाने कि परिवारलाई पठाउने?

उद्धारका लागि हारगुहार
रौतहटका सिकिन्दर महतो केही दिनदेखि वैदेशिक रोजगार विभागका ढोका चहारिरहेका छन्। उनको छोरा विनोद महतो ५ महिनाअगाडि वैदेशिक रोजगारीको सिलसिलामा साउदी गएका थिए। तर गएको यतिका महिना हुँदासम्म पनि राम्रो काम पाउन सकेका छैनन्।

‘नेपालमा १ लाख ५५ हजार खर्च गरेर छोरालाई विदेश पठाएको थिएँ। तर त्यहाँ भनेजस्तो काम भएन’, महतो छोराले सुनाएको दुःख सुनाए, ‘केही महिनापछि त कम्पनीले राम्रो काम लगाउला भनेको त्यो पनि पाएन। त्यसैले छोरालाई नेपालमा नै झिकाउन सकिन्छ कि भनेर यहाँ आएको।’

धनुषा मिथिला नगरपालिका–९ का जयकुमार ठाकुर पनि वैदेशिक रोजगार विभाग नै धाइरहेका छन्। उनका छोरा सरोजकुमार ठाकुर र आफन्तहरू भगवना बाबु धोबी र रामउद्गार महतो रोजगारीका लागि ३ महिनाअघि मात्रै साउदी गएका थिए। तर उनीहरूले त्यहाँ गएदेखि नै काम पाएका छैनन्। उनीहरूलाई त्यहाँ एउटा कोठामा राखिएको छ। अहिलेसम्म पनि काम नपाएकाले नेपालबाट नै केही पैसा पठाएर खाना खर्चको जोहो गरिदिएको ठाकुर बताउछन्। 

 

साउदीका नेपाली भन्छन् – हामीले कति दिन पालिदिने ?
साउदीमा ६ वर्षदेखि काम गरिरहेका दीपक गुभाजु अहिले साउदीमा हजारौँ नेपालीहरू अलपत्र परेको बताउछन्। उनीहरूलाई साउदीका विभिन्न सहरमा राखिएको छ। धेरैचाहिँ साउदीको जेद्दासहरस्थित उत्पाहा र कन्सुदामा छन्। केही भने दमाम सहरमा पनि भएको गुभाजु बताउछन्। 

‘यहाँ अलपत्र नेपालीहरूलाई कम्पनीले त परको कुरा, एम्बेसीले सम्म कुरा सुन्दैन। त्यसैले हामीहरू नै मिलेर खाना खुवाउँदै आएका छौं,’ उनी भन्छन्, ‘के गर्ने परदेशमा आफ्नो देशका मान्छेले दुःख पाउँदा नराम्रो लाग्ने रहेछ।’

त्यसरी अलपत्र पर्ने ४३ जनामध्ये २३ जना १८ जुलाईमा नेपाल फर्किएका छन्। बाँकी २० जना पनि फरक–फरक ठाउँमा भएकाले आफूहरूले मात्रै सहयोग गर्न असमर्थ भएको उनी बताउँछन्। त्यो ४३ जनाको टोलीमा आएका सबै जना फर्कने भएका छन्। फेरि अर्को एकै पटक ६० जना आएकाहरू पनि काम नपाएर अलपत्र परेको उनी बताउछन्। यसरी अलपत्र पर्नेको संख्या हजारौँ हुनसक्ने उनको बुझाई छ।

साउदीमा पहिले गइसकेकाहरूलाई भन्दा नयाँ जानेहरूले धेरै समस्या भोग्नु गुभाजु बताउँछन्। ‘नेपालीहरू सबै कागजात मिले पनि दुःख पाउने गरेका छन्। तर यहाँ कम्पनीले काम दिइहाल्यो भने पनि सम्झौताभन्दा निकै कम तलबमा काम लगाउँछ’ उनले भने। 

किन समस्याको चाङ ?
नेपाली युवाहरूको वैदेशिक रोजगारीका लागि साउदी अरब पहिलो रोजाइमा पर्छ। आर्थिक वर्ष २०७८–७९ को असार ३० गते सम्म ४ लाख ६१ हजार ८०५ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। जसमा १ लाख ८८ हजार ३९८ जनाले त साउदी जान मात्रै श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ।  

वैदेशिक रोजगार विभागले पनि अहिले साउदीमा समस्या परेको भनेर उजुरी गर्नेको संख्या बढेको जनाएको छ।

‘त्यहाँ सप्लाई कम्पनीका लागि एउटा कम्पनीले लिएर जान्छ। उसले अन्य कम्पनीहरूमा कामदार पठाउने रहेछ। र, त्यहाँ नेपालमा सम्झौता भए अनुसारको काम नपाउने समस्या आएको छ’ विभागका निर्देशक कृष्णप्रसाद भुसाल भन्छन्, ‘तर श्रमिकहरू अन्य देशमा जानका लागि पनि नेपाल फर्कन चाहेका हुन सक्छन्।’

कोभिड महामारीका कारण साउदीका कम्पनीहरूले श्रमिकहरूको सेवा सुविधा कटौती गरेको थियो। कोभिड सकिएपछि पनि त्यहाँका कम्पनीहरूले सेवा सुविधामा वृद्धि गरेको छैन। तर नेपालीहरूको अर्को गन्तव्य मुलुक मलेसियाले भने कोभिडपछि तलब र सेवा सुविधामा वृद्धि गरेको छ। त्यही कारणले साउदी छोड्न चाहनेको संख्या पनि बढेको छ। 

‘कोभिड महामारीभन्दा पहिले मलेसियाले कामदार लैजान रोक लगाएको थियो। अहिले मलेसिया जान खुल्ला भएको पनि ५–६ महिनामात्रै भयो। सेवा सुविधा पनि थप गरेको छ’ निर्देशक भुसाल भन्छन्, ‘मलेसिया जानसाउदीमा बहाना बनाएर आउनेहरूको संख्या पनि उल्लेख्य छ। तर यसो भन्दैमा साउदीमा समस्या नै नदेखिएको भने हैन। कतिपयका वास्तविक समस्या परेका पनि छन्। त्यस्तालाई हामीले फर्काएका छौं। केही फर्कने प्रक्रियामा नै छन्।’

श्रम सम्झौता नै छैन साउदीसँग
नेपालले २०७२ सालदेखि घरेलु कामदारको रूपमा वैदेशिक रोजगारीमा पठाउन रोक लगाएको छ। यदि घरेलु कामदारहरूको  रूपमा विदेश जान चाहेमा नेपालसँग श्रम सम्झौता भएको मुलुकमा मात्रै जान पाउँछन्। तर साउदीमा घरेलु कामदारदेखि उद्योगहरुसम्म काम गर्नका लागि समेत नेपालीहरू जाने गरेका छन्। बर्सेनि झन्डै २ लाख नेपाली जाने साउदीसँग नेपालको श्रम सम्झौता छैन। जसका कारण साउदी पुगेका लाखौँ नेपाली युवा समस्यामा पर्ने गरेका छन्।  अझ नेपालसँग श्रम सम्झौता नहुँदा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को मूल्य मान्यता अनुसारको सेवासुविधाबाट कामदार वञ्चित हुनु परेको छ। 

गत असोजदेखि साउदीमा राजदूतसमेत नहुँदा त्यहाँका कामदारहरू झन् समस्यामा परेका छन्। 

‘साउदी जस्तो नेपालीहरूको प्रमुख गन्तव्य मुलुकमा श्रम सम्झौता गर्न आवश्यक छ। त्यसो भएमा नेपालबाट साउदी जाने नेपाली श्रमिकहरूलाई केही राहत हुन्छ’ निर्देशक भुसालले भने।
 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
सबै सामाजिक सञ्जाल दर्तामा आउनुपर्छ, कानुन मान्नुपर्छ : सञ्चारमन्त्री प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा निजी क्षे... मंगलबार, असार १०, २०८२
कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाले कोदोमा पाइने प्रोटिन, क्याल्सियम, आइरन तथा एन्टि–अक्सिडेन्टजस्ता पोषकतत्वहरूलाई ध्या... शनिबार, जेठ ३१, २०८२
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गत वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लाष्टिकका सामान... शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्