• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ ७, २०८२ Wed, May 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार
मध्यपहाडी लोकमार्ग तोकिएको समयमा पूरा नहुने, अझै ६२० किमि सडक र ४४ पुलको निर्माण बाँकी 
64x64
युवराज भट्टराई आइतबार, साउन ८, २०७९  १९:१५
1140x725

काठमाडौं–पुष्पलाल (मध्यपहाडी) लोकमार्गको निर्माण तोकिएको समयमा पूरा नहुने भएको छ। १८७९ किलोमिटर लम्बाईको यो लोकमार्गको निर्माण आर्थिक वर्ष २०७९/०८० मा पूरा हुनुपर्ने थियो। तर अझै ६२० किमि सडक र ४४ पुलको काम बाँकी रहेकाले तोकिएको समयमा निर्माण सम्पन्न नहुने भएको हो।

‘सडक तथा पुलको ठेक्का व्यवस्थापनसमेत बाँकी रहेकाले निर्धारित समय अर्थात् यो आर्थिक वर्षमा लोकमार्गको निर्माण पूरा हुने सम्भावना छैन,’ पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयका प्रवक्ता सुरजहरि अधिकारी भन्छन्, ‘ठेक्का व्यवस्थापनसँगै ठेक्का लागेका निर्माण कार्यसमेत जारी रहेकाले यो आवमा नै सम्पूर्ण काम सक्न असम्भव छ।’

पूर्वी नेपालको पाँचथर चिवाभञ्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म हुने डबल लेनको यो लोकमार्ग निर्माण २०६४/०६५ मा सुरु गरिएको थियो। कुल लम्बाई १८७९ किमि र १२९ पुलसहित निर्माण लक्ष्य राखिएको यो लोकमार्गले मध्यपहाडका २६ जिल्ला र २१५ बस्तीलाई यातायात सञ्जालमा जोड्ने लक्ष्य लिएको थियो।

पूर्व–पश्चिम महेन्द्र राजमार्गको विकल्पको रुपमा रहेको यो लोकमार्ग सुरुवातमा २०७३/०७४ मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। तर, उक्त मितिमा पूरा हुन नसक्ने देखिएपछि कार्यतालिकालाई संशोधन गर्दै चालु आवसम्ममा सम्पन्न गर्नुपर्ने लक्ष्य राखिएको थियो।

तर, निर्धारित मितिमा निर्माण नसकिने देखिएको हो। निर्देशनालयका प्रवक्ता अधिकारीका अनुसार कुल सडक लम्बाईमध्ये ४ सय ६२ किमि सडक पहिले नै बनिसकेको हो। बन्न बाँकी १४१७ किमिमध्ये हालसम्म ७९९ किमि सडक मात्रै कालोपत्रे भएको अधिकारी बताउँछन्। 

madya pahadi1658669751.jpg

गत आवमा ५ अर्ब खर्च, १४६ किलोमिटर सडक र ३ पुलमात्रै निर्माण 
मध्यपहाडी लोकमार्गअन्तर्गत गत आर्थिक वर्ष २०७८/०७९ मा कुल १४६ किमि सडक मात्रै कालोपत्रे भएको छ। त्यस्तै, ३ वटा पुलको निर्माण सम्पन्न भएको छ। निर्देशनालयकाअनुसार गत आवमा कुल ५ अर्ब ५१ करोड ४९ लाख रुपैयाँ पुँजीगत खर्च भएको छ। जसअन्तर्गत १४६ किमि सडक कालोपत्रे र ३ पुल निर्माण भएको हो। यसमा फिदिममा २३.१ किमि, धुलिखेलमा ५.४८ किमि, गोर्खामा ८ किमि, पर्वतमा १७ किमि र दैलेखमा ९२.४ किमि सडक कालोपत्रे भएका छन्। 

त्यस्तै, गत आवमा गोर्खाको जराङ खोला पुल, खोटाङको दाउन्ते खोला पुल र धनकुटाको माङमाया खोला पुल निर्माण भएका छन्।

Ncell 2
Ncell 2

आव २०७५/०७६ मा भने १५२ किमि कालोपत्रे भएको थियो। उक्त आवमा १६० किमि सडक कालोपत्रे, ३०५ किमि ग्राभेल र १३० किमि ट्रयाक निर्माणको लक्ष्य रहेकोमा १५२ किमि कालोपत्रे, २८६ किमि ग्राभेल र १३० किमि ट्रयाक निर्माण भएको थियो। 

त्यस्तै, आव २०७४/०७५ मा ६३ किमि कालोपत्रे, १२५ किमि ग्राभेल र १४ वटा पुल निर्माण भएका थिए। उक्त आवमा १२८० किमि ट्रयाक खोलिएका थिए।

त्यस्तै, आव २०७६/०७७ मा लक्ष्य राखेकामध्ये ७३ प्रतिशत भौतिक प्रगति र ७२ प्रतिशत वित्तिय प्रगति भएको थियो।

१९ पुलको ठेक्का व्यवस्थापन हुन बाँकी
लोकमार्गमा ४४ वटा पुल निर्माण हुनै बाँकी छ। यस्तै, कुल १४१७ किमि सडक कालोपत्रे हुनुपर्नेमध्ये अब ४१५ किमि सडक निर्माण हुन बाँकी छ। त्यस्तै, कुल १२९ पुलमध्ये २५ पुल निर्माणाधीन अवस्थामा छन् भने २०५ किमि सडक र १९ वटा पुलको ठेक्का व्यवस्थापन हुन बाँकी रहेको प्रवक्ता अधिकारी बताउँछन्। यसअनुसार ६२० किमि सडक र ४४ पुलकाे काम अझै बाँकी छ।

मध्यपहाडी लोकमार्ग निर्माणका लागि सरकारले पहिलो पटक आव २०६४/६५ मा ३ करोड ९२ लाख रुपैयाँ विनियोजन गरेको थियो। त्यसवर्ष आयोजनाको पुँजीगत प्रगति ७९.१७ प्रतिशत थियो। त्यस्तै आव ०६५/६६ मा ३२ करोड ५२ लाख ६७ हजार पुँजीगत विनियोजन भएकोमा प्रगति ९०.७६ प्रतिशत भएको आयोजना निर्देशनालयले जनाएको छ।

त्यसपछिका आर्थिक वर्षमा सरकारले मध्यपहाडी लोकमार्गलाई १ अर्बभन्दा बढी रकम विनियोजन गर्दै आएको छ।  आव २०७४/७५ मा आइपुग्दा यो आयोजनालाई सरकारले ७ अर्ब ९४ करोड ८४ लाख ७३ हजार रुपैयाँ पुँजीगत विनियोजन गरेको थियो। उक्त आवमा आयोजनाको पुँजीगत प्रगति ९९ प्रतिशत भएको थियो। 

त्यस्तै आव २०७५/७६ मा आयोजनाको पुँजीगत विनियोजन ११ अर्ब ७२ करोड ७२ लाख रुपैयाँ थियो भने प्रगति ९८.७० प्रतिशत भएको थियो। हालसम्म मध्यपहाडी लोकमार्गमा ३९ अर्ब ९० करोड ६३ लाख ४३ हजार ९ सय २४ रुपैयाँ पुँजीगत खर्च भएको छ भने २४ करोड ३५ लाख १८ हजार ७ सय ३८ रुपैयाँ चालू खर्च भएको छ। आव २०७६/७७ मा सरकारले मध्यपहाडी लोकमार्गलाई १२ अर्ब ११ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको थियो।

बर्सेनि बजेट बिनियोजन भइरहँदा पनि समयमा निर्माण सम्पन्न नहुने स्थिति आउनुमा विभिन्न समस्याहरु देखिएको राष्ट्रिय योजना आयोगको प्रतिवेदनले जनाएको छ। आयोगका अनुसार सडक सीमा निर्धारण नभएकाले र मुआब्जा दिने प्रचलन नरहेकाले जग्गा प्राप्तिमा समस्या हुने तथा जग्गा अधिग्रहण हुन नसकेको अवस्था छ। त्यस्तै, मुआब्जा वितरण नहुँदा रेखांकनमा पनि विवाद सिर्जना भएको अवस्था रहेको जनाइएको छ। विभिन्न जलासययुक्त जलविद्युत् आयोजना निर्माणले लोकमार्गको रेखांकन परिवर्तन गर्नुपर्ने अवस्था रहेको आयोजनाले जनाएको छ।

त्यस्तै, निर्माण सामग्रीको अभाव र रुख कटानको प्रक्रिया लामो र झन्झटिलो भएकाले पनि लोकमार्ग निर्माण समयमा सम्पन्न हुन नसक्ने अवस्था आएको आयोगको ठम्याई छ।

आयोजना निर्देशनालयका प्रवक्ता अधिकारी भने सडक र पुलको निर्माण बाँकी रहनु र ठेक्का व्यवस्थापनसमेत नहुँदा समयमा निर्माण नसकिएको बताउँछन्। उनकाअनुसार ठेक्का लागेका निर्माण कार्यसमेत जारी छन्। 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताए । उन भने, “पहिलो वर्ष त बजेट थिएन होला भनेर... सोमबार, जेठ ५, २०८२
तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’ चतरा धामस्थित खुवालुङदेखि खोटाङको तावाभञ्ज्याङसम्म लोअर मुन्दुम ट्रेल, तावाभञ्ज्याङ देखि भोजपुरको साल्पासिलिचुङ सम्म मुन्दुम ट्रेल त... बिहीबार, जेठ १, २०८२
गण्डकीमा‘राइड सेयरिङ’ले पायो कानुनी मान्यता,दर्ता र नविकरण नगरे जरिवाना मङ्गलबारको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० पारित गरेको थियो। ‘सम्मानित सर्वोच्च अदालत... बुधबार, वैशाख ३१, २०८२
ताजा समाचारसबै
खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु मंगलबार, जेठ ६, २०८२
राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त मंगलबार, जेठ ६, २०८२
विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर मंगलबार, जेठ ६, २०८२
गभर्नर सिफारिस समितिको बैठक जारी मंगलबार, जेठ ६, २०८२
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : खानेपानीमन्त्री मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्