• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ ७, २०८२ Wed, May 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष
सरकारले मल दिएन, किसान आफैं पुगे सीमापारि!
प्रिया स्मृती गजमेर शुक्रबार, साउन १३, २०७९  ११:०१
1140x725

दाङ– लमही नगरपालिका वडा नम्बर ५ बयलडाँडाका किसान खुसीराम चौधरीले धान रोपेको दुई महिना भइसक्यो। तर, उनले सरकारका तर्फबाट न धान रोप्नेबेला मल पाए, न अहिले नै। 

उनी भन्छन्, ‘धान रोपेको दुई महिना भैसक्यो तर सरकारका तर्फबाट अहिलेसम्म मल पाउन सकिनँ। मल नहालेरै धान रोप्यौं। रोप्नुअघि नै हाल्नुपर्ने मल नपाएपछि यसपाली भनेजस्तो धान कसरी फल्ला र?’

धान रोपेको तीन साताभित्र मल हालिसक्नुपर्थो। उनी मलका लागि कैयौंपटक सहकारीमा पुगे। कृषि कार्यालयमा पनि धाए। तर, कतैबाट मल पाएनन्। अन्त्यमा उनी कोइलाबास भन्सार हुँदै भारतको तुलसीबजारमा मल ल्याउन बाध्य भए। त्यो पनि रोपाइँ सकिसकेपछि। 

उनी भन्छन्, ‘रोपाइँ हुनुअघि नै मल हाल्न पाए यतिबेलासम्म धान हरियो हुँदै झांगिसक्थ्यो। तर, समयमा मल पाइन, अहिले हालेको मलले उत्पादन कति पो हुने होला र?’

उनले तुलसीपुरबाट पनि १० नम्बरीको बोरा ल्याएका थिए। ‘तर, भन्सारमा मलभन्दा कर बढी तिर्नुपर्‍यो’, चौधरीले भने। 
त्यस्तै लमही नगरपालिका वडा नम्बर ३ वनगाउँका देवेन्द्र चौधरीको पनि समस्या उस्तै छ। एक बिघा खेतको लागि उनले पनि सीमापारीको बजारमै पुगेर आफैं मल ल्याए। 

‘सरकारको भर परेको भए त सायद मेरो खेती नै हुँदैनथ्यो। पारीबाट ल्याएको मल पनि पुगेन। धान सोचेजस्तो सप्रिएको छैन’, उनले भने। 

उपल्लो दाङ उपत्यका र तल्लो देउखुरी उपत्यका धान खेतीका लागि उर्वरभूमि मानिन्छ। यहाँका अधिकांश किसानले मलबिना नै यसपाली धान रोपाइँ गरेका छन्। रोपाइँ हुनेबेलासम्म पनि मल नपाएपछि त्यतिकै रोपाइँ गर्न बाध्य भएको किसानले बताएका छन्। 

उसै त मल नपाएर धानबाली नसप्रिने चिन्ता छँदै थियो, त्यसैमाथि धानका लागि आवश्यक पानी नपर्दा किसान झन् चिन्तित भएका छन्। लामो समयदेखि पानी नपर्दा धानखेतमा धाँजा फाटेका छन्। सरकारले नै मल ल्याउन नसकेको अवस्थामा सहकारीको भर परेका किसानले यसपाली दुःख पाएको राप्ती गाउँपालिका–१ का किसान मधुकर शर्माले बताए। 

Ncell 2
Ncell 2

आफूहरुले पनि भारतीय बजारका व्यापारीसँग समन्वय गरेर केही मात्रामा मल ल्याएर रोपाइँ गरेको उनको भनाइ छ। त्यही मलमा पनि कालोबजारी हुने गरेको उनको गुनासो छ। ‘पावर र पहुँच हुनेले समयमै सीमा पारीबाट मल ल्याए। तर, निम्तस्तरका किसानले मल ल्याउन सकेनन्। मलबिना नै रोपाइँ गरे’, शर्माले भने। 

नेपाल सरकारबाट अनुदानमा पाइने डिएपी र पोटासबाहेक यूरिया मल न स्थानीय सरकारले उपलब्ध गराउन सक्यो न किसानका लागि काम गर्ने सहकारीले नै। 

एक त समयमै पानी नपर्दा रोपाइँ गर्न सकस झेल्ने किसानले यसपाली मल नपाउँदा झनै दुख पाए। समयमै मल र पानीको व्यवस्था भए राम्रै आम्दानी लिने सम्भावना भएको क्षेत्रका किसान नै अहिले परिवार कसरी पाल्ने भन्ने चिन्तामा रहेको किसान सूर्यलाल केसी बताउँछन्। 

बर्खेबाली लगाउनुअघि नै स्थानीय सरकारलाई समेत मलको व्यवस्था गरिदिन अनुरोध गरेका किसान रोपाइँ सकिसकेपछि पनि मल नपाएपछि दुखित छन्। खेतीपातीबाटै जिविका चलाउने यहाँ किसान सरकारले मल ल्याउन नसकेपछि आफैं महंगो शुल्क तिरेर सीमा पारीबाट ल्याउन बाध्य छन्। 

समयमै पानी नपर्दा दाङमा यसपाली ७४ प्रतिशतमात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ। सरकारले अघिल्लो वर्षदेखि कोटा अनुसार मल वितरण गर्दै आएको थियो। मल वितरणको जिम्मा पाएका कृषि सामग्री केन्द्र र साल्ट्र ट्रेडिङ कम्पनीले मल आपूर्ति गर्न नसक्दा जिल्लाका किसानले पनि मल पाएनन्। 

यता साल्ट्र ट्रेडिङ कम्पनी लिमिटेड दाङका प्रमुख रामबाबु प्रसाद गुप्ताले आफूहरुसँग आउने ३० प्रतिशत मल वितरण गरिरहेको जानकारी दिए। तर, ७० प्रतिशत मल आपूर्तिको जिम्मेवारी लिएको कृषि सामग्रीले मल ल्याउन नसक्दा किसानले दुःख पाएको उनको भनाइ छ।

यो श्रृङ्खलाका थप सामग्रीहरु:

रासायनिक मलको कथा र 'कृषि प्रधान' देशका किसानले भोग्दै आएको व्यथा 

मल अभाव हुन नदिन अब तीनै तहका सरकार मिलेर योजना बनाउनुपर्छ : योगेन्द्रकुमार कार्की [अन्तर्वार्ता]

नेपालमा मल कारखाना खोल्ने होइन, रासायनिक मलको विकल्प खोजौं

नेपालमा रासायनिक मल कारखानाः बजेटमा सधैं, सञ्चालनमा कहिले? 

प्रांगारिक मल उत्पादनतर्फ नगरहरु : रासायनिक मलको विकल्प बन्न सक्ला?

जब शारदाहरु प्रवेश गर्छन् अनि महिनामा आइपुग्ने मल वर्षौंसम्म पनि आउँदैन

 

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  ११:०१
  • ##मल विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चितवनलाई  पर्यटकीय राजधानी घोषणा गर्न माग
विद्युत् प्राधिकरणको नाफा–घाटाबारे तीनवटै पक्ष झिकाएर छलफल गर्न माओवादीको माग
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
चितवनलाई  पर्यटकीय राजधानी घोषणा गर्न माग बुधबार, जेठ ७, २०८२
विद्युत् प्राधिकरणको नाफा–घाटाबारे तीनवटै पक्ष झिकाएर छलफल गर्न माओवादीको माग बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा बुधबार, जेठ ७, २०८२
नवनियुक्त गभर्नर पौडेलले लिए शपथ बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
आईपीएलमा चेन्नाईविरुद्ध राजस्थान विजयी, सूर्यवंशीको उत्कृष्ट ब्याटिङ बुधबार, जेठ ७, २०८२
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा मंगलबार, जेठ ६, २०८२
नवनियुक्त गभर्नर पौडेलप्रति सांसद शाहीको कटाक्षः चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने बुधबार, जेठ ७, २०८२
भूकम्पको धक्का महसुस मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्