काठमाडौं– काठमाडौंको कीर्तिपुरमा गाईजात्रा उल्लासका साथ मनाइएको छ। परिवारको कुनै सदस्यको मृत्यु भएको सम्झनामा गाईजात्रा बनाउने गरिन्छ।
यसदिन मृतकको सम्झनामा उनीहरुको तस्वीरका साथै पुत्ला बनाएर आ–आफ्नो टोल तथा मुख्य स्थान परिक्रमा गराउने प्रचलन छ।
गाई र मानिसलाई सिँगारी मृतक आफन्तको प्रतिमाका साथ सहर परिक्रमा गर्दै मृतकका आफन्तले फलफूल, मिठाई, दूध, दही लगायत विभिन्न खानेकुरा र द्रव्य दान गर्ने गर्दछन्। यसरी नगरपरिक्रमा गर्नाले मृत्यु भएका व्यक्तिले मुक्ति पाउने धार्मिक विश्वास रहेको छ।






तस्बीरहरु– मनिष अर्याल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।