• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार २६, २०८२ Thu, Jul 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सम्पादकीय बजारमा अचाक्ली महङ्गी : सरकार खै?
64x64
नेपाल लाइभ शुक्रबार, भदौ १०, २०७९  २०:५०
1140x725

बजारमा महङ्गी अचाक्ली बढेको छ। काम गरेर खाने वर्गलाई दैनिक खर्च चलाउन निकै सकस भइरहेको छ। बजारमा महङ्गी बढ्नुका धेरै कारण देखिन्छन। तर, यस मध्येको प्रमुख कारण हो उदारवादको नाममा सरकारले बजारलाई बेलगाम छोड्नु। सरकारले नियमित रुपमा बजारमाथि अनुगमन गर्न जरुरी हुन्छ। तर, सरकारले व्यवसाय गर्ने अनुमति जारी गर्छ अनि आफ्नो जिम्मेवारी पूरा भएको सम्झेर मौन बस्छ जसका कारण दशैं, तिहार, तीज जस्ता नेपालीका प्रमुख चाडको मुखैमा व्यापारीहरुलाई मनलाग्दी मूल्य तोकेर उपभोक्तालाई ठगी गर्न सहज भएको छ। 

संविधानको धारा ३६ मा  खाद्य सम्बन्धी अधिकार संविधानको मौलिक हकको रुपमा राखिएको छ। उक्त धारामा प्रत्येक नागरिकलाई खाद्य सम्बन्धी अधिकार हुने भनिएको छ। प्रत्येक नागरिकलाई कानुन बमोजिम खाद्य सम्प्रभुताको हक हुने छ र खाद्य वस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थावाट सुरक्षित  हुने हक हुने छ भनिएको छ।

संविधानले यसरी मौलिक हकको रुपमा खाद्य अधिकार राखेपछि सरकारले त्यस अनुरुपको काम गर्न नसक्दा बजारमा लुटतन्त्र मच्चिएको देखिन्छ। उपभोक्ता अधिकारकर्मी अधिवक्ता ज्योति बानियाँले महङ्गी नियन्त्रण गर्ने कानुनहरु रहेको तर त्यसको कार्यान्वयन गर्नु पर्ने  सरकारले नै आफ्नो दायित्व पूरा नगरेको बताउँछन्। अखाद्य वस्तु बिक्री गर्ने, कालोबजारी गर्ने  र बजारमा वस्तुको कृत्रिम अभाव गराउने व्यक्तिलाई कारबाही गर्ने कानुन छन् तर त्यो जिम्मेवारी पूरा गर्नुपर्ने निकायले नगर्दा बजारमा महङ्गी अनियन्त्रित हुँदै गएको देखिन्छ।

खास गरी रुस-युक्रेन युद्धका कारण संसारभरि नै आपूर्ति प्रणाली प्रभावित भएको छ। उत्तरी छिमेकी चीनले कोभिड नियन्त्रण गर्न भन्दै नेपाली व्यवसायीहरुले आयात गरेका करोडौं रुपियाँका सामान रोकिदिँदा बजारमा सामानको अभाव हुन पुगेको छ।  तर, आन्तरिक कारण पनि त्यत्तिकै महत्त्वपूर्ण छन्। 

केही हदसम्म मुलुकको राजनीति पनि यसका लागि जिम्मेवार रहेको छ। राजनीतिक दलहरु जनताको भोट भन्दा व्यापारीहरुको नोटमा भर पर्न थालेपछि नीति पनि त्यही अनुसार बन्दै गएको देखिन्छ। व्यापारीले नेता र सरकारलाई चन्दा दिन्छ भने त्यसको असुली पनि उसले कुनै न कुनै माध्यमबाट गर्छ, त्यो भनेको आम उपभोक्ता नै हो। आम्दानी मनग्ये हुनेहरुले त बजारमा  मूल्य वृद्धि भएपनि दैनिक व्यवहार चलाउलान् तर जसको न्यून आय छ र गरिबीको रेखामुनि  रहेका छन् उनीहरु भोकै बस्नुको विकल्प देखिँदैन।  जो अनौपचारिक श्रमको क्षेत्रमा काम गर्दछन् दैनिक गुजाराका लागि काम गर्ने यस्तो वर्ग झन् ठूलो मारमा परेको देखिन्छ।  

बजारका बेथिति र कालो बजारी नियन्त्रण गर्न सरकारले बजार अनुगमनका लागि वाणिज्य विभागलाई तोकेको छ। जिल्लामा सहायक सिडीयोलाई अधिकार दिएको छ। त्यस्तै स्थानीय सरकारलाई पनि यसको अधिकार रहेको छ। उनीहरुले प्रभावकारी रुपमा काम गर्ने हो भने बजारमा देखिएको बेथिति नियन्त्रण  असम्भव छैन। 

कतिपय स्थानीय सरकारहरुले आफैं कानुन र कार्यविधि  निर्माण गरी बजार अनुगमन नियमित रुपमा गरिरहेको पनि देखिन्छ। यसलाई अझै व्यवस्थित बनाउँदै सबै स्थानीय तह र केन्द्र सरकारले पनि अनुमगन र कारबाही तीव्र बनाउनुपर्छ। राम्रा काम गर्ने व्यवसायीहरुलाई हौसला दिनुपर्छ भने कालोबजारी गर्नेहरुमाथि डन्डा चलाउन जरुरी छ। कानुनको परिपालना गर्दै जनतालाई सुशासन दिने जिम्मेवारी सरकारको हो। आम उपभोक्ता लुटिएको टुलुटुलु हेरेर बस्ने सरकार हुन सक्दैन। जनताको सार्वभौम अधिकार प्रयोग गरेर सत्तामा पुगेको र सरकारी संयन्त्रमा रहेकाहरुले जनताकै लागि काम गर्नुपर्दछ। जनताको लागि काम गर्ने हो भने तत्काल बजारमा हस्तक्षेप गरिनुपर्दछ। बजारमा देखिएको विचलन रोक्नका लागि पनि मौसमी अनुगमन हैन नियमित अनुगमन हुन जरुरी छ।

बजार अनुगमनका लागि अनुगमन मात्र  गर्ने अनि कालोबजारी गर्नेहरुलाई सचेत मात्र गराएर उन्मुक्ति दिँदा उनीहरुले प्रश्रय पाइरहेका छन्। त्यसैले सरकारले अग्रसरता देखाएर बजारमा हस्तक्षेप नगर्ने हो भने व्यापारीहरुको मनलाग्दीपन बढ्ने छ अनि उपभोक्ता मारमा पर्ने छन्। महिनाभरि गरेको आम्दानी बजारमा मात्र बुझाउनुपर्ने अवस्थाले जीवनस्तर कहिल्यै पनि सुध्रिँदैन। जीवनस्तर उकास्नका लागि उपभोक्ताले गरेको आर्जनको केही हिस्सा बचत पनि हुन जरुरी छ। त्यसका लागि सरकारले बजारको मूल्य स्थिर र एकरुपता कायम गराउन सक्नुपर्ने छ। महङ्गी नियन्त्रणमा राख्न सरकारले अग्रसरता देखाउन नचुकोस्।

यस श्रृंखलाका थप सामग्रीहरू :
महङ्गी नियन्त्रणमा सरकारी प्रयास: तथ्यांकमा घटाउने, बजारमा जेसुकै होस्!

जब नेता व्यापारी हुन्छन् जनताले लुटतन्त्र र महंगी भोग्नुपर्छ : ज्योति बानियाँ [अन्तर्वार्ता]
महङ्गीको मार: गरिखानेले कसरी जोड्ने हातमुख?
कहालीलाग्दो महङ्गी: छाक टार्ने कि आङ ढाक्ने?
सरकारकै नीतिका कारण मूल्यवृद्धि, घटाउने पहल नै भएन

प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  २०:५०
  • #महङ्गीको मार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
माओवादीसहित १२ राजनीतिक घटकले शुक्रबार काठमाडौँमा जनप्रदर्शन गर्ने
कोहलपुरमा तीन जना बालक स्कुलबाटै हराए, तीन दिनदेखि खोजी जारी
कांग्रेस अनुशासन समितिले गर्‍यो १८ जनालाई निष्कासन, संस्थापनइतरको असहमति
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
माओवादीसहित १२ राजनीतिक घटकले शुक्रबार काठमाडौँमा जनप्रदर्शन गर्ने बुधबार, असार २५, २०८२
कोहलपुरमा तीन जना बालक स्कुलबाटै हराए, तीन दिनदेखि खोजी जारी बुधबार, असार २५, २०८२
कांग्रेस अनुशासन समितिले गर्‍यो १८ जनालाई निष्कासन, संस्थापनइतरको असहमति बुधबार, असार २५, २०८२
रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख दिने निर्णय बुधबार, असार २५, २०८२
रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दिपक अर्याल नियुक्त बुधबार, असार २५, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्