• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
झापा १:  तेस्रो प्रयासमा वामपन्थी किल्ला भत्काउन सक्लान् कांग्रेस महामन्त्री शर्मा? 
64x64
राजनीतिक ब्यूरो सोमबार, भदौ १३, २०७९  २१:३१
1140x725

काठमाडौं– ‘बागमतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो। तर मान्छे म मेची र निन्दा किनारकै हो,’ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केही दिन पहिले आसन्न निर्वाचनको उम्मेदवारीको सन्दर्भमा लेखेको ट्विट हो।

शर्मा काठमाडौंको कुनै निर्वाचन क्षेत्रबाट उठ्न सक्ने आकलन भइरहेका बेला उनले झापा क्षेत्र नम्बर १ बाटै उम्मेदवारी दिनेबारे सामाजिक सञ्जालमार्फत् स्पष्ट पारेका थिए। अहिले उनी त्यतै केन्द्रित छन्। 

यद्यपि उक्त क्षेत्रबाट शर्माले ७० र ७४ मा भएको निर्वाचनमा पराजय भोगिसकेका छन्। उनी यो क्षेत्रबाट तेस्रोपटक प्रतिस्पर्धा गर्ने तयारीमा देखिन्छन्।

२०७४ को निर्वाचनमा वाम गठबन्धन गरेर माओवादी केन्द्रका उम्मेदवार राम कार्कीले शर्मालाई पराजित गरेका थिए। शर्माले ३३ हजार ३१० मत प्राप्त गर्दा कार्की ३६ हजार १७३ मत ल्याएर विजयी भएका थिए।

मंसिरमा हुने निर्वाचनमा शर्माको उम्मेदवारीको सन्दर्भ र सम्भावित नतिजालाई मुख्यत: ४ वटा कोणबाट विश्लेषण गर्नु वाञ्छनीय हुनेछ। पहिलो, सत्ता गठबन्धनले प्रस्ताव गरेको सिट बाँडफाँटको विधि र दोस्रो, वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरूले प्राप्त गरेको मत विश्लेषण। तेस्रो, वामपन्थीहरूको दबदबा क्षेत्र र चौथो, कृष्ण सिटौला ‘फ्याक्टर’। यी सबै कोणबाट हेर्दा शर्मालाई संसदीय राजनीतिमा प्रवेश गर्न अवरोध हुन सक्छ। 

प्रस्तावित सिट बाँडफाँटको विधिलाई कार्यान्वयनमा ल्याइए उक्त क्षेत्र  माओवादी केन्द्रलाई छोड्नुपर्ने हुन्छ। तर शर्मा उक्त विधिलाई अस्वीकार गर्ने पक्षमा रहेको उनी निकट स्रोत बताउँछ। पार्टीको महामन्त्री रहेकाले उक्त क्षेत्रमा स्वतः आफ्नो मागदाबी रहने शर्माको तर्क रहेको उनी निकटस्थहरू बताउँछन्। 

त्यसो त उनले गरेको ट्विटमा गठबन्धनका उम्मेदवारलाई साथमा लिएर उम्मेदवारी दिने उल्लेख गरेका छन्। ‘उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु,’ शर्माले लेखेका छन्।

यता, वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दलबाट उम्मेदवार बनेका वडाध्यक्षले प्राप्त मतलाई विश्लेषण गर्ने हो भने एमाले फराकिलो मतले अगाडि देखिन्छ। 

यो क्षेत्रमा मेचिनगर नगरपालिकाका सबै (१५ वटा)वडा, भद्रपुर नगरपालिकाको ९ र १० नंबर वडा र बुद्धशान्ती गाउँपालिकाका ४, ५, ६, ७ नम्बर वडाहरू रहेका  छन्।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए। उक्त निर्वाचनमा कांग्रेसका वडाअध्यक्षका उम्मेदवारले २४ हजार ५९ मत प्राप्त गरेका थिए। त्यस्तै, माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले ३ हजार ९०५ मत प्राप्त गरेका थिए। एक्लै प्रतिस्पर्धा गरेको एमालेका वडाध्यक्षका उम्मेदवारले ३१ हजार २३२ मत प्राप्त गरेका थिए। यस्तै, राप्रपाका वडाध्यक्षका उम्मेदवारले ५ हजार ८३० मत, एकीकृत समाजवादीका उम्मेदवारले १ हजार २५२ मत र स्वतन्त्र लगायत अन्य दलले ४ हजार ६५२ मत प्राप्त गरेका थिए। 

मंसिरमा हुने निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन हुँदा पनि एमालेको मत करिब २ हजार ५०० ले बढी देखिन्छ। यस्तो अवस्थामा गठबन्धनले उक्त क्षेत्रको तेस्रो शक्तिको रुपमा रहेको राप्रपालाई समेट्नुपर्ने देखिन्छ।

तर राप्रपा र एमालेबीच गठबन्धन हुन सक्ने प्रारम्भिक लक्षणहरू देखिन्छन्। 

‘जब्बर’ वामपन्थी मत
यो क्षेत्र वामपन्थीहरूको उद्गमस्थल हो। जसको पुष्टि २०७४ को निर्वाचनमा कार्कीको विजयले पनि गर्छ। आफ्नो राजनीतिक जीवनमा कुनै पनि समय यो क्षेत्रमा योगदानै नगरेका कार्कीले सोही ठाउँका र राष्ट्रिय राजनीतिमा समेत चर्चा बटुलेका शर्मालाई करिब ३ हजारको मतान्तरले पराजय गरिदिए। 

यद्यपि ०७४ को दलहरूको समीकरण परिवर्तन भए पनि वैशाखको निर्वाचनमा सानो शक्तिको रुपमा खुम्चिएको माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको मतले गठबन्धनको जो सुकै उम्मेदबार भएपनि जित निकाल्न कठिन छ। किनभने कार्कीको जितमा तत्कालीन एमालेको मत मुख्य थियो भने वैशाखको निर्वाचनमा एमाले फराकिलो मतले अगाडि छ। यदि शर्माकै उम्मेदवारी निश्चित भयो भने पनि ‘जब्बर’ वामपन्थी मतलाई रिझाउन उनले निकै मेहेनत गर्नुपर्छ।

सिटौला ‘फ्याक्टर’ 
कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलाको गृहजिल्ला पनि झापा हो। सिटौला र शर्माबीचको सम्बन्ध सुमधुर देखिँदैन। जसको ताजा उदाहरण वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने विषयमा भएको असमझदारीले देखाउँछ। 

शर्माकै गृहनगर मेची नगरपालिकामा सिटौलाको दबाबले उनी पक्षका केशव पाण्डेलाई गठबन्धनले मेयरमा सिफारिस गरेको थियो। तर उम्मेदवारी दर्ता गर्ने दिन शर्माले हस्तक्षेप गरेर आफू पक्षीय इन्द्र बुढाथोकीलाई मेयरमा उम्मेदवारी दिलाए। यसको असर कांग्रेसले गठबन्धन हुँदा पनि पराजय भोग्नुपर्‍यो। जबकि एक्लाएक्लै प्रतिस्पर्धा गर्दा ०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले मेयरमा बाजी मारेको थियो।

महामन्त्री पदको प्रभाव पर्ने आशा
शर्माको जितको एउटा मात्र बलियो आधार भनेको उनी नेपाली कांग्रेसका महामन्त्री हुनु हो। आगामी दिनमा सत्ता र शक्तिको केन्द्र बन्ने सम्भावना रहेका शर्मालाई त्यही विश्वासमा मतदाताले विजयी बनाउन सक्छन्। 

शर्मा पनि यही संभावनाबाट बढी आशावादी देखिन्छन्। मुखर रुपमै उनले अघिल्ला निर्वाचनमा मतदाताले पराजित गराएकाले प्रधानमन्त्री, पार्टी सभापतिको दाबीमा असर पारेकोले अब मतदाताले त्यस्तो ‘भुल’ गर्न नहुने धारणा राख्न थालेका छन्।

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  २१:३१
  • #निर्वाचन क्षेत्र विशेष
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला मंगलबार, असार २४, २०८२
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह मंगलबार, असार २४, २०८२
तस्बिरमा हेर्नुहोस् नेपाल–चीन सीमा क्षेत्रमा बाढीको दृश्य मंगलबार, असार २४, २०८२
आज सङ्घीय संसद्का दुवै बैठक बस्दै मंगलबार, असार २४, २०८२
देशभर उच्च सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्