• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
कास्की १:  एमालेलाई विरासत जोगाउन कठिन
64x64
राजनीतिक ब्यूरो बिहीबार, भदौ १६, २०७९  १९:४२
1140x725

काठमाडौं– कास्कीमा प्रतिनिधि सभातर्फ ३ वटा क्षेत्र छन्। अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा ३ वटै क्षेत्रमा एमाले–माओवादी गठबन्धनका उम्मेदवार विजयी भएका थिए। 

२०७४ सालको निर्वाचनमा क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट एमाले उम्मेदवार खगराज अधिकारी ३९ हजार २४२ मतसहित विजयी भएका थिए। नेपाली कांग्रेसका यज्ञबहादुर थापाले २५ हजार ८२६ मत प्राप्त गरेका थिए। 

प्रतिनिधि सभाको अघिल्लो निर्वाचनमा जित निकालेको एमालेलाई आगामी मंसिरमा हुने निर्वाचनमा भने कास्की १ बाट जित निकाल्न सहज छैन। 

स्थानीय तहको निर्वाचन २०७९ मा कास्की क्षेत्र नम्बर १ अन्तर्गत पर्ने पालिकामा वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेको मतलाई आधार मान्दा एमाले कमजोर देखिन्छ। एक्लै बलियो रहेको कांग्रेसलाई गठबन्धनका अन्य दलको पनि साथ रहने हुँदा एमालेको सम्भवना झन् कमजोर देखिन्छ।   

कास्की १ मा मादी गाउँपालिकाका सबै (७ वटा) वडा र रुपा गाउँपालिकाका (१२ वटा) तथा पोखरा महानगरपालिकाका १०, १२, १३, १४, २७, २८, २९, ३०, ३१ र ३२ गरी १० वटा वडाहरु पर्छन्। ३ पालिकाका गरी यो क्षेत्रहरूमा कुल २९ वटा वडाहरू रहेका छन्।

यी वडाहरूमा एमालेका वडाध्यक्षका उम्मेदवारले कूल २८ हजार ३४६ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवारले ३ हजार १७० मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवारले ३१ हजार ७२ मत प्राप्त गरेका छन्। स्थानीय तहको निर्वाचनमा पनि कांग्रेस र माओवादी केन्द्रसहित गठबन्धनका दलले तालमेल गरेका थिए।  

कास्की क्षेत्र नम्बर १ मा राप्रपाका वडाध्यक्षका उम्मेदवारले १ हजार ७३७, स्वतन्त्रले ४३५ र अन्य पार्टीका उम्मेदवारले ३९ मत प्राप्त गरेका थिए। 

वडाध्यक्षहरुले प्राप्त गरेको मतलाई हेर्दा कास्की १ मा कांग्रेस सबैभन्दा ठूलो दल छ। गठबन्धनका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको समेत मत जोड्दा एमालेसँगको मतान्तर झन् फराकिलो हुने देखिन्छ। 

त्यसमाथि २०७४ सालको जस्तो राजनीतिक समीकरण नभएका कारण पनि एमालेलाई नतिजा आफ्नो पक्षमा पार्न झन् कठिन हुने देखिन्छ। 

बदलिरहने कास्की १ को नतिजा
२०६४ सालयता भएका निर्वाचनको परिणामलाई हेर्दा कास्की १ को नतिजा कसैका लागि स्थायी नहुने चित्र देखिन्छ। 

२०६४ सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा कास्की १ बाट नेकपा माओवादी केन्द्र (तत्कालीन नेकपा माओवादी)का देव गुरुङ विजयी भएका थिए। दुई ठाउँबाट विजयी गुरुङले पछि मनाङ रोज्दा २०६५ सालमा कास्की–१ मा उपनिर्वाचन भएको थियो। उपनिर्वाचनमा पनि माओवादीकै कृष्णबहादुर गुरुङ निर्वाचित भएका थिए। 

२०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा कास्की १ ले कांग्रेसलाई रोज्यो। २०७० को निर्वाचनमा कांग्रेसका यज्ञबहादुर थापा विजयी भएका थिए। 

२०६४ सालको प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी भए। एमाले र माओवादी केन्द्र बीचको वाम गठबन्धनका उम्मेदवार एमाले नेता खगराज अधिकारी १३ हजार बढीको मतान्तरसहित विजयी भए। 

कास्की १ का मतदाताको मनोविज्ञानले पनि अघिल्लो निर्वाचनको जस्तै नतिजा आफ्नो पक्षमा पार्न गाह्रो पर्ने एमालेका स्थानीय नेताहरुको भनाइ छ। त्यसमाथि ५ दलीय गठबन्धन एकातिर हुँदा जित निकाल्ने हम्मे पर्ने एमाले नेताहरुको मनस्थिति छ।  

२०७९ को स्थानीय तहको निर्वाचनमा कास्की १ मा वडाध्यक्षहरुले प्राप्त गरेको मत:

राजनीतिक दल प्राप्त मत
नेकपा एमाले २८३४६
नेपाली कांग्रेस ३१०७२
नेकपा माओवादी केन्द्र ३१७०
राष्ट्रिय प्रजातन्त्र पार्टी १७३६
स्वतन्त्र ४३५
जनता समाजवादी पार्टी ४४
अन्य ३९

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि पनि मतदाताको संख्या थपिएको छ। नयाँ मतदाताको संख्या थपिएकाले उनीहरुको रोजाइले पनि आसन्न मंसिरमा हुने निर्वाचनको परिणामलाई प्रभावित पार्न सक्छ। 
 

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १९:४२
  • #निर्वाचन क्षेत्र विशेष
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
राजनीतिक ब्यूरो
लेखकबाट थप
गुल्मी- १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीको लडाइँ : ह्याट्रिक कि बराबरी?
ईश्वर पोखरेलका दुई चुनौती- प्रदीप पौडेल र ‘अन्तर्घात’!
काठमाडौं १: प्रकाशमान सिंहको चौथो जित कि रवीन्द्र मिश्रको ‘डेब्यु’?
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्