• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
काठमाडौं महानगरमा बालेनका सय दिनः दलीय जालझेलबीच संघर्षपूर्ण काम
64x64
सुरेन्द्र बजगाईं सोमबार, भदौ २०, २०७९  ०८:२५
1140x725

काठमाडौं– काठमाडौं महानगरपालिकामा मेयरका रुपमा निर्वाचित बालेन्द्र शाहले कार्यभार सम्हालेको सय दिन पूरा भएको छ। १६ जेठमा कार्यभार सम्हालेका बालेनको कार्यावधीको पहिलो सय दिनमा उनी आलोचना र चर्चा दुवैमा रहेका छन्।

फुटपाथमा मकै बेच्नेलाई ‘लछारपछार’ पारेका कारण आलोचना हुनेदेखि अनाधिकृत रुपमा पार्किङका लागि भन्दै बनाइएको संरचना प्रयोग गर्नेमाथि चलाएको ‘डोजर’ले बालेन यो अवधीभर चर्चामा रहे। फोहोर व्यवस्थापन, व्यवस्थित सडक, पारदर्शी महानगरलगायतका विषयलाई मुख्य चुनावी एजेण्डाका रुपमा राखेका बालेनले आफ्नो कार्यभारको पहिलो सय दिनको अवधीमा पनि यीनै कामका कारण चर्चा र आलोचना भोग्नु परेको छ।

कार्यभार सम्हाल्ने बित्तिकै बालेन फोहोर व्यवस्थापनको विषयलाई लिएर चर्चामा थिए। उनी मेयर भएको लामो समयसम्म फोहोर उठ्न सकेन। कहिले सिसडोलबासीको आन्दोलनका कारण त कहिले सडकको अवस्थाका कारण काठमाडौंको फोहोर व्यवस्थापनमा व्यवधान झेल्नु पर्‍यो। तर, बालेन मेयरका रुपमा निर्वाचित भएर कार्यभार सम्हाल्ने बित्तिकै उनी सिसडोल पुगेका थिए। शपथ लिएसँगै उनी सार्वजनिक रुपमा सहभागी कार्यक्रम नै सिसडोलबासीसँगको साक्षात्कार कार्यक्रम थियो।

फोहोर व्यावस्थापनलाई प्रमुख चुनावी एजेण्डाका रुपमा प्रचार गरेका बालेनले फोहोर व्यवस्थापनका लागि सिसडोलका स्थानीयसँगै छलफल गरेका थिए। साथै, तत्कालीन शहरी विकासमन्त्री रामकुमार झाँक्रीसँग छलफल गर्नेदेखि फोहोर व्यवस्थापन हुने स्थानसम्म पुग्ने सडकको स्तरोन्नतीका लागि पनि बालेनले गृहकार्य गरेका थिए। यसका बाबजुद पनि लामो समयसम्म फोहोर उठ्न सकेको थिएन।

बालेनले देशका प्रधानमन्त्री शेरबहादुर देउवालगायतका विभिन्न नेताहरुसँग भेटेरै फोहोर व्यवस्थापनको पक्षमा काम गरेका थिए। उनको यो प्रयासका बीच पनि काठमाडौंको फोहोर व्यवस्थापन हुन नसक्दा उनले आलोचना खेप्नु पर्‍यो।

पछिल्लो समय भने शैलुङ्ग कन्स्ट्रक्सनले अलपत्र छाडिदिएको बाटोका कारण फोहोर व्यवस्थापनमा समस्या भएको बालेनले सामाजिक सञ्जालमार्फत लेखेका थिए। पछिल्ला केही हप्ताबाट भने लामो समयसम्म उठ्न नसकेको काठमाडौंको फोहोर उठिरहेको अवस्था छ।

शहर व्यवस्थापन गर्न ‘डोजर’ अभियान र व्यवस्थित फुटपाथ
बालेनले फोहोर व्यवस्थापनको विषयलाई लिएर लामो समयसम्म गृहकार्य गरे। सिसडोल पुगेर स्थानीय जनतासँग कुराकानी गर्नेदेखि सरकारी निकायसँग समझदारीमा काम गर्न उनले सक्दो गृहकार्य गरे। विस्तारै उनको यो गृहकार्यले मूर्तरुप लिँदै फोहोर व्यवस्थापनको काम पनि अघि बढिरहेको छ।

योसँगै कार्यभार सम्हालेको सय दिनमा बालेनले गरेको अर्को प्रशंसा योग्य काम शहर व्यवस्थापनका लागि चालेको कदम हो। उनले शहरलाई व्यवस्थापन गर्न पार्किङको विषयलाई ध्यानमा राख्दै हाल काम गरिरहेका छन्। अण्डरग्राउण्ड पार्किङका लागि भन्दै नक्सा पास गराएर अन्य प्रयोजनमा प्रयोग भइरहेका ती संरचनामाथि बालेनले डोजर चलाएका छन्। नर्भिक अस्पतालमा अवैध रुपमा सरकारी जग्गाको दुरुपयोग गरेको विषयलाई लिएर कारबाही गर्न पुगेका बालेनले सर्वोच्च अदालतका कारण रोकिनु परेसँगै उनी तत्कालै फिल्डमै एक्सनमा उत्रिन सुरु गरेका थिए। 

पछिल्लो समय बालेनले पार्किङका लागि भन्दै नक्सा पास गरेर अन्य प्रयोजनमा प्रयोग गरिएका संरचनामाथि डोजर चलाइरहेका छन्। काठमाडौं मल, अल्फाबिटा हाउसलगायतका संरचना महानगरको डोजर बालेनकै नेतृत्वमा चलेको थियो। यीसँगै पार्किङका लागि बनाइएका अण्डरग्राउण्ड संचरनामा अन्य व्यवसाय हुँदा महानगरले त्यसलाई खाली गराएको थियो। जसमा राहदानी विभागजस्ता सरकारी निकायले पनि साथ दिएका थिए। 

मेयर बालेनको स्वकीय सचिव भुपदेव शाहकाअनुसार बालेनको उक्त कदम महानगरलाई व्यवस्थित बनाउने थालनी हो। नेपाल लाइभसँगको कुराकानीमा उनले भने, ‘हाम्रो यो कदम जथाभावी भएको पार्किङलाई व्यवस्थित गरेर शहरलाई सुन्दर बनाउने कामको सुरुआत हो।’ बालेनले अवैध संरचनामाथि डोजर चलाउन चालेको कदमको उल्लेखनीय रुपमा प्रशंसा भएको छ। यसको सिको गर्दै ललितपुर, टोखालगायतका अन्य स्थानीय तहले पनि अवैध संरचनामाथि डोजर अभियान अगाडि बढाएका छन्।

त्यस्तै, बानेश्वरस्थित फुटपाथको व्यवस्थापनमा पनि बालेनले उल्लेखनीय काम गरे। फुटपाथमा भइरहेको व्यापार हटाएर उनले फुटपाथलाई पैदलयात्रीकै लागि हुनुपर्ने व्यवस्था गराएका छन्।

शौचालयका लागि निजी क्षेत्रले दिएको साथ
महानगरभित्र लामो समयदेखि समस्याका रुपमा रहेको सार्वजनिक शौचालयको समस्यालाई पनि बालेनले कार्यभार सम्हालेको केही समयभित्रै समाधान गरेका थिए। उक्त समस्याको समाधानका लागि बालेनले फरक र नयाँ किसिमको मोडल अपनाए, जसमा महानगरलाई थुप्रै निजी क्षेत्रले साथ दियो।
सार्वजनिक शौचालयको लागि बालेनले विभिन्न रेस्टुरेन्ट, होटल, बैंकजस्ता निजी व्यावसायिक क्षेत्रसँग सहकार्य गरे। सार्वजनिक शौचालयको अभावकै कारण उत्पन्न समस्या समाधानमा बालेनको यो उपाय केही हदसम्म प्रभावकारी देखिएको छ। यस कार्यमा निजी क्षेत्रले पनि उत्साहजनक रुपमा साथ दिएका छन्।

सय दिनको कार्यभारमा बालेनले महानगरबाट सञ्चालन हुने इन्फास्ट्रक्चर एम्बुलेन्स, कल सेन्टर सञ्चालन जस्ता कामहरु अगाडि बढाए। योसँगै महानगरभित्र मनोरञ्जनात्मक व्यवसाय सञ्चालन गरिरहेका विभिन्न पार्क तथा क्यासिनोमार्फत लामो समयदेखि उठ्न नसकेको कर उठाउने कार्यलाई तीव्रताका साथ अगाडि बढाएका छन्। कर उठाउन उनी कडा रुपमा प्रस्तुत भएका छन्। जसका कारण भृकुटीमण्डपस्थित काठमाडौं फन पार्कले बालेनले दिएको २४ घण्टे अल्टिमेटमभित्र साढे १७ लाख कर महानगरलाई बुझायो। यस्तै आइतबारमात्रै बालेनले महानगरभित्र सञ्चालित सात क्यासिनोलाई मनोरञ्जन कर तिर्न अल्टिमेटम दिएका छन्। विगत चार वर्षदेखि कर नतिरेका यी क्यासिनोलाई आगामी सात दिनभित्र कर तिर्न महानगरले अल्टिमेटम जारी गरेको हो।

फुटपाथ व्यवसायीमाथिको व्यवहारले आलोचित
मेयरका रुपमा निर्वाचित भएसँगै बालेनको चर्चा र आलोचना दुवै भइरहेको छ। फुटपाथ व्यवस्थापनका लागि फुटपाथमा व्यवसाय चलाउने व्यापारी हटाउन उनी निर्मम ढंगले प्रस्तुत भए। उनकै नेतृत्वमा महानगर प्रहरीले फुटपाथमा व्यवसाय गरिरहेकाहरुमाथि ‘लाठी’ चलाएको थियो। महानगरको यो कदमको चर्को आलोचना पनि भयो।

यो कार्य बालेनको चुनावी एजेण्डासँग मेल नखाएको भन्दै सर्वसाधारणबाट विरोध पनि भयो। उनी आलोचित बने तर पछि हटेनन्।

सडकमा मकै पोलेर बेच्नेमाथि महानगरले गरेको ज्यादतीको आलोचना हुँदा सामाजिक सञ्जालदेखि सार्वजनिक वृत्तमा मेयर बालेन विगतमा महानगरले पाएको मेयरभन्दा फरक नभएको आरोप पनि लाग्यो।

कार्यभार सम्हालेको सय दिन पूरा भएको अवसरमा बालेनले यो विषयमा आफ्नो धारणा राखेका छन्। लामो समयसम्म उक्त विषयमा मौनता साँधेका बालेनले अन्तत: आइतबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो सन्दर्भमा अझैं पनि सही वास्तवमा के हो भन्ने एक किसिमको धर्मसंकट हुन्छ। तर, अन्तिममा के लाग्छ भने आफूले पाएको अभिभारा पूरा गर्न भावनात्मक मात्रै भएर हुन्न।’ बालेनले यो विषयमा फुटपाथको आधारभूत निर्माण पैदयात्रुको लागि भएको र सहरको व्यवस्थापनका लागि फुटपाथ खुला हुनुपर्ने बताएका छन्।

यस अवधिमा उनी फुटपाथ व्यवसायीमाथि भएको ज्यादतीले मात्रै नभएर नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँगको भेटका कारण पनि आलोचित भए। 

मेयर भएसँगै सेनापतिसँग पहिलो भेट गरेका कारण बालेनको आलोचना भएको थियो। केही समयसम्म राजनीतिक दलका नेता तथा कार्यकर्तासँग मात्रै  भेट गरेको भन्ने आरोप पनि उनले खेप्नु पर्‍यो। 

त्यसबाहेक बालेनले सार्वजनिक कार्यक्रममा मदिरा सेवन गरेकोलगायतका विषय पनि चर्चामा आए। पछिल्लो पटक धरानका मेयर हर्क साम्पाङ राईसँग सामाजिक सञ्जालमा ‘दोहोरी’ खेलेको भन्दै उनीबारे विभिन्न खाले टिकाटिप्पणी भए। 

आफूले लडेको चुनाव चिह्न ‘लौरो’को विषयमा बालेनले सार्वजनिक रुपमा गरेको टिप्पणीका कारण उनलाई विवादित बनायो। तर, पछि उक्त आलोचनाको विषय धरानका मेयर बने।

महानगरको बैठक लाइभ गर्ने विषयमा बालेनले आलोचना र प्रशंसा दुवै भोग्नु पर्‍यो। महानगरपालिकाको २३ जेठको कार्यपालिकाको बैठक लाइभ गरिएको थियो। उक्त बैठक लाइभ गरेको विषयलाई लिएर केही वडाध्यक्षहरुले विरोध गरेका थिए। तर, सर्वसाधारणले भने बालेनले चालेको कदम प्रसंशायोग्य भएको र महानगरलाई पारदर्शी बनाउने कदमका रुपमा रहेको भन्दै उनको प्रशंसा गरेका थिए।

दलीय नेताबाट चर्चा  
महानगर केन्द्रित कामका बीच बालेनको चर्चा दलीय राजनीतिमा पनि चुलियो। उनले मेयर भएसँगै प्रधानमन्त्रीसँगै देशका प्रमुख राजनीतिक दलका नेताहरुसँग भेटर्वार्ता गरेका थिए। भेटवार्ताका क्रममा दलका नेताहरुले पनि बालेनको खुलेर प्रशंसा गरेका थिए।

पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, डा. बाबुराम भट्टराईलगायतका नेताहरुले उनको प्रशंसा गरेका थिए। बञ्चरेडाँडा र मुड्खुको सडकखण्ड निर्माणमा लामो समयसम्म काम नगरेपछि ठेक्का रद्द भएको शैलुङ कन्स्ट्रक्सनको विषयलाई जोडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना भएको थियो। तर पनि उनै प्रचण्डले बालेनको प्रशंसा गरेका थिए। प्रचण्डले सार्वजनिक रुपमै एक कार्यक्रममा बालेन जस्तै उम्मेदवार उठाउँछु भन्दै उनको प्रसंशा गरेका थिए। 

प्रधानमन्त्री शेरबहादुर देउवाले समेत बालेनले चालिरहेको कदम र गर्न खोजेको काम आवश्यक रहेको भन्दै काठमाडौंको फोहोर व्यवस्थापनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

यद्यपि, राजनीतिक दलका केही नेताहरु भने बालेनको आलोचनामा उत्रिए। नेकपा एमालेका सांसद महेश बस्नेतले अल्फाबिटा कम्प्लेक्समा बालेनले डोजर चलाएपछि त्यस कार्यको विरोध गरेका थिए। उनले बालेन स्वतन्त्र उम्मेदवार भएको भन्दै विभिन्न लाञ्छना लगाएर विरोध गरेका थिए। त्यस्तै, नेपाली कांग्रेसका मिन विश्वकर्माले पनि बालेनको विरोध गरेका थिए। विश्वकर्माले अधिकार छ भन्दैमा ‘गृहमन्त्रीले बन्दुक बोकेर हिँड्नु?’ भनेर बालेनको डोजर अभियानविरुद्ध धावा बोलेका थिए।  

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  ०८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ साहले प्रशासकीय अधिकृत जितेन्द्र यादव, लेखापाल सावित्री गिरी र नायव सुब्बाहरू मदन चौधरी तथा सञ्जय मण्डललाई बर्खास्त गर्न निर्देशक पा... सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान अन्सारी नक्कली भारतीय नोट प्रकरणमा दोषी ठहर भएपछि ललितपुरको नख्खु कारागारमा ६ वर्षको कैद सजाय भुक्तान गरी आइतबार छुट्ने क्रममा थिए ।... सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल राष्ट्रपति पौडेलले हामीले रोजेको लोकतान्त्रिक शासन प्रणालीलाई जीवन पद्धतिका रूपमा अवलम्बन गरी लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउँदै... सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्