• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
दिलिप हत्या प्रकरण : तीन वर्षदेखि न्याय खोज्दै महतो परिवार दिदी संगम भन्छिन्- 'आशा जीवितै राखेर जनकपुर फर्किँदै छु'
64x64
कल्पना घिमिरे सोमबार, भदौ २०, २०७९  १४:३२
1140x725

काठमाडौं- ‘मैले काठमाडौंका वकिलहरुलाई भेटेर न्यायका लागि अपिल गरेकी छु। भाइले न्याय पाउने आशा जीवितै राखेर जनकपुर फर्किँदै छु,' संगमकुमारी महतो मसिनो स्वरमा बोलिन्। 

संगमका भाइ दिलिपको हत्या भएको तीन वर्ष बितिसक्यो। तर उनको परिवार न्याय खोज्दै कहिले धनुषा त कहिले काठमाडौंको चक्कर लगाइरहेको छ।

भाइ दिलिपका हत्यारालाई कानुनी कारबाहीको माग गर्दै दिदी संगम बाबुलाई समेत लिएर संघीय राजधानी काठमाडौं आएकी थिइन्। काठमाडौंमा रहँदा विभिन्न निकाय धाएकी उनी अहिले जनकपुर फर्किएकी छिन्।

संगमले भनिन्, 'यही भदौ ३० गते मुद्दाको पेसी छ। त्यस दिन डाक्टरको बकपत्र हुन्छ होला। जान नपाएकोले मलाई पनि खासै थाहा छैन। अब जनकपुर गएर बुझ्छु।’ 

Sangam-kumari1662367411.jpg
संगमकुमारी महतो

०००

भारतको भोपालमा इन्जिनियरिङ पढ्दै गरेका मिथिला नगरपालिका-५, श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो (दिलिप) कलेज बिदामा दुई साताअघि मात्र घर आएका थिए। 

२०७६ साल पुस २५ गते घर पछाडिको खोलामा लोडर र टिपर गुडेको अवाज सुनेपछि दिलिप क्रसर रोक्न भन्दै खोलामा पुगेका थिए। ना७ख ६४१३ नम्बरका टिप्पर चालक महोत्तरी बर्दिबास-९ का ३४ वर्षीय मुनिन्द्र महतोले ठक्कर दिएर हत्या गरेको आरोप लागेको थियो।

औराही खोलामा अवैध क्रसर रोक्न पुगेका दिलिपलाई पहिला लिभरले शरीरभरि प्रहार गरेर पछि सडकमा लगेर टिप्परले किचिएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो।

एक महिनाको अनुसन्धानपछि २०७६ माघ २२ मा जिल्ला अदालत धनुषामा मुद्दा दर्ता भयो। सरकारी वकिलको कार्यालयले विनोद महतो, मुनिन्द्र महतो, सत्यनारायण महतो, जितेन्द्रकुमार महतो, विपिनकुमार महतो, रोशनकुमार यादव र शत्रुधन महतोलाई विपक्षी बनाउँदै मनसायपूर्वक हत्या गरिएको अभियोगमा मुद्दा दायर गरेको थियो। 

अभियोगपत्रमा दिलिपलाई यातना दिई क्रुरतापूर्वक मारेको भन्दै सात जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा ४१ बमोजिम जन्म कैद सजायको माग गरिएको थियो।

जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासले उद्योग सञ्चालक विपिन तथा कर्मचारीहरू मुनिन्द्र र रञ्जितलाई मात्रै पुर्पक्षका लागि थुनामा पठायो। अदालतमा पेस भएका रोशनकुमार, सत्यनारायण र शत्रुधन २५ हजार रुपैयाँ धरौटीमा रिहा भए।

एक वर्ष फरार रहेर अदालतमा हाजिर भएका चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विनोद महतो साधारण तारिखमै २०७७ असोज २६ मा जिल्ला अदालतबाटै छुटेका थिए।

Croccer-iindustry1662367461.jpg

जिल्लाको आदेशविरुद्ध सरकारी वकिलको कार्यालय जनकपुरले उच्च अदालतमा निवेदन दियो। यसअघि थुनामा रहेकाहरुले धरौटीमा रिहाइको माग गर्दै निवेदन दिएका थिए। उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रमेश ढकालले २०७७ पुस २ मा जिल्ला अदालतका सबै आदेशलाई सदर गर्ने निर्णय सुनाएपछि उनीहरु थुनामै रहेका छन्। 

अदालतको आदेशमा छुटेका विनोदले उल्टै आफ्नो उद्योगमा हस्तक्षेप गरेको भन्दै २०७७ चैत २० मा दिलिपको परिवारमाथि जनकपुर उच्च अदालतमा मुद्दा हाले। 

२०७६ माघ २२ गते जिल्ला अदालतमा दर्ता भएको मुद्दामा हालसम्म तीन पटक आदेश भइसकेको छ भने ६ पटक स्थगित गरिएको छ। तीन वर्षमा ११ पटक पेसी चढेको मुद्दामा ९ पटक न्यायाधीशको इजलास तोकियो। मुद्दा दर्ता भए लगत्तै न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले पुर्पक्षको आदेश गरेको थियो।

त्यसपछि २०७८ असोज ७ गते न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासले साक्षी बुझ्ने आदेश गर्‍यो। हरेक पेसीमा मुद्दा स्थगित भए। एकै पटक २०७८ फागुन २५ गते न्यायाधीश तीर्थराज केसीको इजलासले पुनः साक्षी बुझ्ने आदेश गर्‍यो। जिल्ला अदालतमा पनि गोला प्रथाबाट पेसी तोकिन थालेपछि मुद्दा सुनुवाइ हुनेभन्दा स्थगित हुने धेरै भयो।

त्यस पेसीपछि न्यायाधीशहरु भीष्मराज प्रसाईं, परशुराम भट्टराई र श्रीप्रसाद उप्रेतीको इजलासमा पेसी पर्‍यो। तर सुनुवाइ हुन सकेन। बीचमा एक पटक वकपत्र नभएको भन्दै उक्त प्रक्रिया पूरा गरेर पेस गर्न भनियो। हाल न्याय परिषद्ले जिल्ला न्यायाधीशको सरुवा गरेकाले अदालतमा नयाँ न्यायाधीशहरु गएका छन्।

०००

दिलिपको न्यायका लागि काठमाडौं आएका संगमका बुबा बिरामी परे। संगमले केही दिन बुबालाई उपचार गराइन्। न्यायका लागि दौडधुप पनि गरिन्। काठमाडौं आएर कहिले वकिलकहाँ धाइन् त कहिले पत्रकार सम्मेलन गरिन्।   

‘प्रधानमन्त्री र मन्त्रीलाई भेट्ने तयारी पनि गरेकी थिएँ। तर भ्याइँन। ३० गते मुद्दा पेसी छ। बीचमा फेरि आउँछु अनि भेट्छु होला,’ उनले भनिन्।

काठमाडौं आएपछि न्यायका लागि लड्नुपर्छ भन्ने आत्मबल बढेको संगम बताउँछिन्।  

‘अचानक अन्यायमा त हामी पो परेको हो। न्याय त्यही गतिमा के पाइन्थ्यो। विस्तारै पाइएला नि,’ संगमले भनिन्, ‘पहिला के गर्दा राम्रो हुन्छ भन्ने नै थाहा थिएन। जनकपुर बसेर न्याय पाउने आश मरेपछि न्यायको खोजीमा काठमाडौं आएको हुँ।’

दिलिपको परिवार भदौ ११ गते काठमाडौं आएको थियो। दिलिपका बुबा रामजीवन, बहिनीहरू संगम र लक्ष्मी तथा भाइ ख्वाइस काठमाडौं आएका थिए। तीन वर्षसम्म न्याय नपाएपछि धनुषाबाट काठमाडौं आउनुपरेको संगमले बताइन्।

Crosser-industry1662367552.jpg

‘दाइको चिन्ताले बुबा पनि रोगी बन्दै जानुभएको छ। पछिल्लो एक वर्षमा तीन पटक आइसियु र एक पटक भेन्टिलेटरमा राख्नुपर्‍यो बुबालाई,’ संगमले भनिन्, ‘उहाँलाई दम पनि छ। औषधि बोकेरै काठमाडौं आएका हौं। यहाँ आएपछि थप उपचार पनि गर्‍यौं।’

रोगले च्याप्दै गएकाले न्याय नपाउँदै आफूलाई केही हुने हो कि भन्ने बुबाको चिन्ता रहेको उनले सुनाइन्। 

‘जिउँदो छँदै छोराले न्याय पाएको हेर्ने इच्छा छ भन्नुहुन्छ,’ संगमले भनिन्, ‘तर न्याय कहिले पाइन्छ थाहा छैन।’ काठमाडौं आएपछि आशा भने जागेको उनले सुनाइन्।

‘समय धेरै पाइएन तर यहाँ भएको छोटो भेटघाट र हौसलाले आश जागेको छ। अबको पेसी हेरौं अनि फेरि काठमाडौं आएर गृहमन्त्री, कानुनमन्त्री र अरु मन्त्रीहरुकहाँ धाउन परे धाउँला।’

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १४:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
उपभोक्ता संरक्षण ऐन, २०७५ संशोधनका लागि बन्यो तीन सदस्यीय समिति, ११ दिन भित्र मन्त्रिपरिषदबाट सैद्बान्तिक सहमति लिने बुधबार, असार २५, २०८२
द्वन्द्वपीडित, जनआन्दोलन र भूकम्पका घाइतेले अब निःशुल्क उपचार पाउने बुधबार, असार २५, २०८२
टेक्सास बाढी : केर काउन्टीमा अझै १६१ जना बेपत्ता बुधबार, असार २५, २०८२
अवैध हतियारसहित युवक पक्राउ बुधबार, असार २५, २०८२
झापामा भारतीय नागरिक पेस्तोलसहित पक्राउ बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
स्वास्थ्य बीमा : आठ जटिल रोगका बिरामीले दुई लाख रुपैयाँको उपचार पाउने बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्