• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
राजनीतिमा नअटाएको तेस्रो पुस्ता
64x64
कुमार दाहाल बिहीबार, भदौ २३, २०७९  ०९:४१
1140x725

साहित्यमा उत्तरआधुनिकता तथा राजनीतिमा समाजवाद र व्यक्तिगत स्वतन्त्रता असीमित विचार हुन्। यी विचारले सधैं नयाँपन जन्माउँछ र यथास्थितिको विरोध गर्छ। समाजवादको प्रगतिशीलता र पुँजीवादको वैयक्तिक स्वतन्त्रताको कुनै राजनीतिक बन्देज छैन।

प्लेटोको आदर्श राजनीति, हेगेलको राजनीति भित्रको विश्व व्यापकता, रुसोको राजनीति स्वतन्त्रताको लागि स्टेटमेनसिप राजनीतिका असीमित आदर्श हुन्। जसलाई साहित्यको उत्तरआधुनिकता र राजनीतिको स्वतन्त्रताले सधैंभरि पछ्याइरहन्छ तर अनुमान गर्न सक्दैन।

सन् १२१५ को म्याग्नाकार्टा तेस्रो पुस्ताको माग थियो। जसले सारा युरोपमा निरंकुश राजनीतिको अन्त्य गर्‍यो। लुई सोह्रौंको अन्त्य निरंकुशताको मात्र अन्त्य थिएन, बेलायती प्रजातन्त्रको माग थियो जसलाई फ्रान्सका जनता राजनीतिक सपना ठान्थे। त्यसपछि राजनीतिभित्र पुँजीवाद र‌ समाजवादका थुप्रै अभ्यास भइसकेक छन्।

सन् १९३० भन्दा अगाडिको पुँजीवाद र त्यसपछि मार्क्सको समाजवादले राजनीति र अर्थनीतिका सबै विषयहरुलाई छोइसकेको छ। तर आर्थिक पुँजीवाद र समाजवादीय अर्थशास्त्र राजनीति घेरामा मात्र समेटिएको छैन। जसले गर्दा अमेरिकाको पुँजीवादी अर्थतन्त्र, भारतको प्रजातान्त्रिक अर्थशास्त्र, चीनको समाजवाद, उत्तर कोरियाको साम्यवाद अझै प्रयोगको अवस्थामा छन्।

यी नीतिले राजनीतिक सन्तुष्टि दिन सकेका छैनन्। त्यसैले ताइवान, युक्रेनलाई केन्द्रविन्दु बनाएर विश्व राजनीति आफ्नो अर्थनीतिलाई स्थापित गर्न कम्मर कसेर लागेको छ। यसको चिन्ता विश्वका तेस्रो मुलुक र तेस्रो पुस्तालाई छ। जो राजनीतिक परिवर्तनको सिद्धान्तलाई कसरी आत्मसात गर्ने भन्ने चुनौतीको सामना गरिरहेका छन्।

नेपालमा २००७ सालमा प्रजातन्त्र आउनुअघि नै विश्व राजनीतिभित्र अर्थशास्त्र र राज्य सञ्चालनका नीति जन्मिसकेका थिए। ००७ सालभन्दा अगाडि  मार्क्सको समाजवाद , एडम स्मिथको पुँजीवाद र  व्यापारका लागि उपनिवेशले नेपाललाई छोएन। विश्व साम्राज्यका शासकहरुलाई चाकरी गरी आफ्नो अस्तित्व जोगाउनमा शासकहरु लागे।

००७ सालपछि महेन्द्रकालीन राष्ट्रवादले समाजवादी अर्थनीतिलाई त पछ्यायो तर यसको प्रतिफल सीमान्त वर्गसम्म पुग्न सकेन। बीपी कोइराला र राजा महेन्द्रको विचारको बेमेल यसैमा थियो। राजा महेन्द्रको समाजवादलाई बीपीले स्वीकार नगर्नु, बीपीको समाजवादी अर्थशास्त्रलाई  महेन्द्रले राजनीतिक हस्तक्षेप मान्नु तत्कालीन राजनीतिक परिवर्तनको लागि अभिसाप प्रमाणित भयो। जसलाई आजसम्म हामीले खेप्नुपरेको छ। 

२०४७ को परिवर्तनपछि नेपाल पूर्ण रुपमा पुँजीवादी अर्थतन्त्रको हिमायती त बन्यो। तर यो अर्थनीतिले विकास र परिवर्तनलाई आत्मसात गर्न सकेन। माओवादी द्वन्द्वले समाजशास्त्रीय विभेद र सांस्कृतिक परिवर्तन त ल्यायो तर दह्रो अर्थनीतिलाई टेक्न सकेन। कहिले पुँजीवादी अर्थतन्त्रलाई स्वीकार गर्ने कहिले समाजवादी चिन्तन राख्ने दोहोरो चरित्रले पार्टीहरु स्पष्ट भएनन्। किनकी, चीन र भारतको दुवै अर्थनीतिलाई स्वीकार गर्नुपर्ने बाध्यता शासन र सत्ता दुवैमा थियो। अद्यापि छँदैछ।

विश्वव्यापीकरण, उदारीकरण, निजीकरणले नेपालको अर्थनीतिलाई परिवर्तन गर्छ भन्ने ठूलो आशा थियो। तर यसैभित्र नेपाली राजनीति अल्मलियो। भाइवाद, परिवारवाद, भ्रष्टाचार, राजनीतिक प्रभुत्वमा शासकहरु चुर्लुम्म डुबे।

२०४७ सालपछि युवाहरूको हातमा राजनीतिक नेतृत्व आउने आशा थियो तर आएन। त्यही पुरानै नेतृत्वले राजनीति बर्चस्व कायमै राख्यो। परिवर्तित नेतृत्वले युवाहरूको चाहना समेट्न सकेनन्।

प्रत्यक्ष रुपमा राजनीतिभित्र ठूलाठूला भ्रष्टाचार देखिए। यसैको ढाकछोप गर्न शासकहरु लागिराखे। दलालीतन्त्रले उच्च सत्ता र शासक सबैतिर टपक्कै ढाक्यो। ढाकिरहेको छ। सुधार गर्ने बलियो नेतृत्व देखिएन। जति आए तिनीहरुलाई पनि कि त राजनीतिले  कि त पद-प्रतिष्ठा र दबाबले किच्यो। राजनीतिक स्वार्थ र सोचभन्दा नेतृत्व माथि आउन नसक्नाले  ३० वर्षमा ठूलो आलोचना खेप्नुपर्‍यो।

आजको पुस्ता राजनीतिप्रति उदासीन देखिँदैछ। व्यक्तिगत स्वतन्त्रताको वकालत गर्ने यो पुस्ता अन्याय सहन सक्दैन। देखेको कुरा प्रष्ट भन्छ। राजनीतिक दाउपेच मन पराउँदैन। जान्दैन। यो पुस्ता नतिजामा विश्वास गर्छ। धर्म र संस्कृतिप्रति उदार छ। राजनीति र प्रशासन भित्रको भ्रष्टाचारको खुलेर विरोध गर्छ। त्यसैले यो पुस्ता र पुरानो पुस्ताको बीचमा खाडल पैदा भएको छ।

तेस्रो पुस्ताको कम उपस्थिति, सुधार विनाको नेतृत्वलाई स्वीकार गर्नुपर्ने बाध्यताले राजनीतिप्रति वितृष्णा पैदा भएको हो। यो पुस्ता विश्वको परिवर्तनप्रति सचेत छ। प्रविधिमा पोख्त छ। तर राजनीतिक दल र पार्टीहरु अझै पनि राजनीतिक आदर्शको असीमित चिन्तनमा तल्लीन छन्।  युवा पुस्ता नेतृत्व लिन तयार छ भन्ने कुरा नेताहरुले नबुझेका होलान् र? तर नेताहरू यो विषय स्वीकार गर्न तयार छैनन्।

स्थानीय चुनावमा बालेन शाह र हर्क साम्पाङको जितले नेपालका स्थापित राजनीतिक दलमा भूकम्प ल्याएको छ। दलका नेताहरु भित्रभित्रै तर्सिएका छन्। यसको अर्थ युवा पुस्ताको विद्रोह होइन। परिवर्तनको बाहक युवा पुस्ताको धर्म-कर्म र मर्मलाई राजनीतिक दलले नचिन्नु नै हो। 

नेपालका धैर्यशील जनता र धानिएको अर्थतन्त्रलाई नेताले आजसम्म भजाएर खाए। बल्ल यो जनतालाई थाहा हुँदैछ। यसका लागि राजनीतिक संस्कार नै परिवर्तन गर्नुपर्ने बाध्यता दलहरुमा देखिँदैछ। यससँगै कर्मचारीतन्त्रले पनि आफ्नो कार्यशैली परिवर्तन गर्नैपर्छ। यसलाई नजरअन्दाज गरेमा भोलि नेपाली राजनीति अन्योलमा नपर्ला भन्न सकिँदैन।

स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षण राजनीतिक प्रणालीको आक्रोश हो। किनकी, विगत वर्षमा शासन गरेका अनुभवहरु उनीहरूसँग जस्ताको तस्तै छन्। जसको नतिजा अर्थ राजनीतिले भोग्नुपरेकै छ। यसैको विरोध अहिले नयाँ पुस्ताले गरेको छ।

यही नयाँ पुस्ता हो जसले नेपालमा ठूला परिवर्तन गर्‍यो। तर स्थापित राजनीतिलाई बढी विश्वास गर्दा यो पुस्ताले सधैंभरि धोका पायो। अब राजनीतिक प्रवृत्ति र सोचाइ परिवर्तन हुने हो या नयाँ राजनीतिक पद्धति स्थापना हुने हो, राजनीति दलकै हातमा छ।

विश्व मञ्चमा नेपाली अर्थतन्त्र कमजोर नै होला। तर दक्षिण एसियामा नेपालको पर्यटन, विद्युत र अन्य क्षेत्रहरु बलिया छन्। यद्यपि, बेरोजगारी उच्च छ। युवा पुस्ता विदेश जान बाध्य छ। नेपालमा आय आर्जनका सम्भावना भइकन पनि खेर गएका छन्।

पुरानो नेतृत्वले नतिजामुखी काम देला भन्ने आशा युवा पुस्तालाई किन भएन? यो पुस्ता अब नेतृत्व परिवर्तन चाहन्छ। युवाहरूको चाहनालाई सम्बोधन गर्ने दल वा नेता अब नेतृत्वमा आउँछन् भन्ने विश्वास गरौं।

राजनीतिमा परिवर्तन विस्तारै हुने विषय हो। तर नेपालमा यो द्रुत गतिमा लम्किँदै छ। हामी सबै युगसापेक्ष परिवर्तनको प्रतीक्षामा छौं।

प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  ०९:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कुमार दाहाल
लेखकबाट थप
संघीय निजामती सेवा ऐन किन आएन ?
नेपालमा भ्रष्टाचार : कोही चोखो छ कि?
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्