• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
बीपी भन्नुहुन्थ्यो- विकासको केन्द्रमा मनुष्य हुनुपर्छ
प्रदीप गिरि शुक्रबार, भदौ २४, २०७९  १२:१५
1140x725

आजकै दिन, एउटा मनुष्यको जन्म भएको थियो। उहाँको नाम थियो, विश्वेश्वरप्रसाद कोइराला।

नेपाली समाजमा उहाँलाई महामानव भन्ने चलन छ। म उहाँप्रति श्रद्धासुमन टक्र्याउन चाहन्छु। त्यतिमात्रै होइन, उहाँको ऐतिहासिक महत्त्व किन हो, यस संसद्ले किन उहाँका प्रति साँच्चै नै श्रद्धा र आभार पेस गर्नुपर्दछ भन्ने बताउन चाहन्छु।

उहाँको जीवन नेपाली इतिहासमा खुला किताबजस्तै छ। उहाँको जन्म, उहाँको पिताको प्रताडना, हिन्दूस्तानको स्वतन्त्रता आन्दोलनमा उहाँले भाग लिनुभएको तथ्य, राणा शासनको विरुद्धमा गर्नुभएको संघर्ष, राजा त्रिभुवनका महत्त्वाकांक्षाका विरुद्ध कानुनी र शान्तिपूर्ण तरिकाले लड्नुभएको लडाइँ, ०१५ सालको आम चुनाव र त्यसपछि राजा महेन्द्रद्वारा ८ वर्षको कैद र अर्को ७ वर्षको निर्वासन। यी सबै कुरा करिबकरिब हामीलाई थाहा छ।

म ती थोरै सौभाग्यशाली युवकमध्ये हुँ, जसले उहाँसँग थोरै सहकार्य गर्ने मौका पनि पायो। उहाँको जीवनलाई मैले नजिकबाट हेर्ने सौभाग्य पाएँ।

सारा इतिहासका कुराका निम्ति उहाँ स्मरणीय हुनुहुन्छ। प्रात स्मरणीय हुनुहुन्छ।

बीपीको जीवनमा महत्त्वपूर्ण कुरा आजको मितिमा आजको नेपाललाई चाहिएको एउटा केन्द्रीय अवधारणा छ।

आज नेपालमा विद्यमान रहेको नेपालको संविधानले आफूलाई समाजवादोन्मुख भनेर घोषणा गरेको छ। बीपी कोइरालाले आजीवन आफूलाई समाजवादीको रुपमा प्रस्तुत गर्नुभयो। त्यही दिशामा उहाँका अध्ययन, प्रशिक्षण, लेख र पढाइ केन्द्रित रहे।

बीपीको सुदीर्घ ऐतिहासिक जीवनको एउटा यस्तो तिथिको म यहाँ उल्लेख गर्न चाहन्छु। जो मेरो जीवनमा सबैभन्दा महत्त्वपूर्ण छ। राणा शाहीको कालकोठरीमा आमरण अनसन गरेको तिथि होइन। ०१५ सालको चुनावपछि गिरफ्तार भएको तिथि होइन। १९५३ मा उहाँ एसियाइ समाजवादी सम्मेलनको स्थापना गर्ने क्रममा रंगुन पुग्नुभएको थियो। आफ्ना अनन्य मित्र कृष्णप्रसाद भट्टराई र धर्मपत्नी सुशीला कोइरालालाई लिएर रंगुनमा उहाँले समाजवादी सम्मेलनलाई स्थापना र सम्बोधन गर्नुभयो।

मैले आज यो किन भन्नु परेको छ भने, यहाँ विकासको कुरा भइरहेको छ। चीन र भारतको विकासको कुरा भइरहेको छ। तिनीहरुको वृद्धिदरको कुरा भइरहेको छ। अमेरिका र हिजोको रुसले उन्नति गरेको कुरा भइरहेको छ।

बीपी समाजवादको त्यो धाराको प्रतिनिधित्व गर्नुहुन्थ्यो, जसले बारम्बार विकास, प्रगति र समाजवाद भनेको मनुष्यलाई केन्द्रमा राखेर गर्ने कुरा हो। बीपीको उद्धरण धेरैलाई याद होला। विकास एउटा आर्थिक र राजनीतिक प्रक्रिया मात्र होइन। मानवीय प्रक्रिया हो।

मनुष्यलाई बलियो नगराउञ्जेल, उत्पीडितलाई अधिकार नदिउञ्जेल, गाँस बास कपास र शिक्षाको व्यवस्था नगराउञ्जेल समाजवादका नाममा यसो गर्छु, उसो गर्छु भन्ने हवाई कुराको कुनै मतलब छैन।

बीपीले यो कुरा भन्नुभएको १९५३ मा हो। त्यसपछि आज झन्डै ७० वर्ष पुग्न आँटिसक्यो। यस अवधिमा विश्वले कोल्टे फेरेको छ। कुनै बेला विश्व समाजवादको राजधानी ठहरिएको सोभियत संघ भंग भएको छ। लगत्तै, चीन  माओत्से तुङको सिद्धान्त माओवादलाई छोडेर विकासको नाममा पुँजीवादको अन्धानुकरण आत्मघाती बाटोमा जाँदैछ।

बीपीले त्यतिबेला एसियाइ सम्मेलनमा दुईचार वटा कुरा भन्नुभएको थियो। त्यो सम्झना गर्नु ठीक हुन्छ।

कुनै पनि विकास, समाजवाद, साम्यवाद मनुष्यलाई केन्द्रमा राखेर गर्नुपर्छ। मनुष्य साध्य हो, साधन होइन।

विकास हुँदैछ, दुई चार जना मान्छे मरे मरुन्, दुईचार वटा महिला बलत्कृत भए होउन् भन्न पाइँदैन। प्रत्येक मनुष्य साध्य हो। यो बीपीको मान्यता थियो। उनको त्यही मान्यतालाई अगाडि बढाउँदै जयप्रकाश नारायण र डा राममनोहर लोहिया जस्ता भारतीय सहकर्मीहरुले विशाल सिद्धान्तको भण्डार खडा गरेका छन्।

विश्वमा आज वैकल्पिक मार्गमा हिँडौं भन्ने माग छ। बीपीले बारम्बार भन्नुभयो, विकासको पश्चिमी नक्कल गरेर नेपाल बाटोमा पुग्न सक्दैन।

यो के भनेको हो? म नेपालका पिएचडी, डाक्टर, बुद्धिजीवी, विद्वान, प्रधानमन्त्री र राष्ट्रपतिलाई यस विषयमा मनन गर्न अनुरोध गर्दछु।

बीपीले तीन वटामा जहिले पनि जोड दिनुभयो।

पहिले, (लक्ष्मीप्रसाद) देवकोटाका शब्दमा भन्ने हो भने, आर्तरहेका चहर्यामइरहेका घाउमा मल्हम लगाऊ। प्रत्येक व्यक्तिको आँखाको आँसु सुकोस्। त्यसका विकासको नाममा नबढाऊ।

बीपीले भन्नुभएको थियो, गाउँमा एउटा गाई होस्। ५० वर्षमा कहाँबाट कहाँ पुगिसक्यो। अब गाउँको कुरा रहेन। तर भन्न खोजिएको के भने, गाउँमा रहेको बेरोजगारी, अर्धबेरोजगारी र गुप्तबेरोजगारीलाई सम्बोधन गर्नुहोस्।

बृद्धिदरका नाममा ठूल्ठूला हवाइजहाज, ठूल्ठूला एयरपोर्ट, ठूल्ठूला मोनोरेल, ठूल्ठूला जहाजका कुरा गरीकन जनतालाई भ्रमित नगराउनुहोस्। यो बीपीकै शब्द हुन्।

बारम्बार भनिन्छ, उत्पादन बिना वितरण हुँदैन। एकदम सही कुरा हो। बीपीमा पनि भेटिन्छ, उत्पादन बिना वितरण हुँदैन। तर केको उत्पादन? अन्न, दूध, फलफूल, कपडामा परनिर्भर र गाउँमा श्रमिक बेरोजगार। बिप्रेषणका पैसा खाएर हामी बाँचिरहेका छौं। आर्थिक नीतिको वैकल्पिक बाटो बीपी कोइरालाको रचनामा छन्।

दुर्भाग्यवश लामो समयसम्म हाम्रो पार्टीको शासन भएता पनि हामीले बीपीका विचारलाई समुचित स्थान दिन सकेनौं। समय पनि त्यस्तै थियो। भूमण्डीकरणको बाढीमा, सोभियत संघको विघटनको भोलिपल्ट कोही पनि सायद बजारवादको बाटोबाट हट्न सक्दैनथ्यो। मनमोहन अधिकारीको सरकार पनि हटेन। गिरिजाको सरकार पनि हटेन।

तर अहिले आएर हामीले ४० वर्षमा देख्दैछौं, तथाकथित बृद्धिदरका नाममा हामी कता पुग्दैछौं। त्यसैले आज बीपीको अन्य महानतलाई पूरा गर्दै म विनम्रतापूर्वक भन्न चाहन्छु, बीपी कोइरालाले देखाउनुभएको वैकल्पिक बाटोतर्फ यस सरकारले सोचोस्। मुलुकमा सर्वप्रथम रोजगार र सुशासन कायम गरोस् र मुलुकलाई अनाहक ऋणको बोझमा पारेर अनाहक सपना देखाएर, सिंगापुर र स्विटजरल्याण्डको सपना देखाएर होइन, नेपाललाई नेपाल बनाउने संकल्पमा लैजाओस्।

त्यही आशाले पञ्चायतकालको लामो परम्परा, बीचका अवधिका अलमलका विरुद्धमा वर्तमान सरकारले मताधिकार पाएको छ।

आज बीपीलाई सम्झँदै म चाहन्छु, यस संसद्ले पनि उहाँलाई सम्मान गरोस्। बीपी कुनै दलको नेता होइन। सिंगो मुलुकको नेता हो। सम्मान गर्ने क्रममा हामीले बीपीको विचारको अध्ययन गर्ने सुरुवात गरौं। बीपीमात्रै होइन, मनमोहनको गरौं, पुष्पलालको गरौं। र, नेपाललाई साँच्चै नै तेस्रो बाटो देखाऔं। यो पुँजीवादको बाटो पनि चल्दैन। पुँजीवादको अनुकरण गरेर हिँडेका साम्यवादको बाटो चल्दैन। सोभियत रुस, चीन, अमेरिका र भारतको विकासको रङमङमा हामी नअलमिलौ।

बाटो लामो छ। तर जस्तै लामो बाटो पनि पहिलो डेगबाट हिँडिन्छ।

(२०७९ भदौ ४ गते निधन भएका कांग्रेस सांसद प्रदीप गिरिले बीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर २०७६ भदौ २४ गते प्रतिनिधि सभामा राखेको धारणाको सम्पादित अंश। यो सामग्री सोही दिन पनि नेपाल लाइभमा प्रकाशित गरिएको थियो। शुक्रबार कोइरालाको १०९औँ जन्मजयन्ती परेकाले सान्दर्भिक ठानेर पुनः प्रकाशित गरिएको हो।)

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १२:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्