काठमाडौं– फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै सडक व्यवसायीहरुले काठमाडौं महानगरपालिका घेराउ गरेका छन्।
जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवाइमा फुटपाथ व्यवसायीहरुले महानगरको ध्यानाकर्षण गर्दै घेराउ गरेका हुन्।
फुटपाथ एवं साना व्यवसायीलाई विकल्प नदिई काठमाडौं महानगरले हटाएको भन्दै उनीहरुले विरोध गरेका हुन्। साना व्यवसायीहरु सुन्धारामा जम्मा भएर भद्रकाली हुँदै महानगर कार्यालय पुगेका हुन्।
उनीहरुले दसैं–तिहार लगायतका चाडपर्व नजिकिएको अवस्थामा आफूहरुलाई जिविकोपार्जनमा समेत रोक लगाउने कार्य भएको भन्दै महानगरको विरोध गरेका छन्।
उनीहरुले ‘श्रमको सम्मान गर, स्वरोजगारलाई सम्मान गर, महानगरमा श्रम डेस्क स्थापना गर’ लगायतका नारा लगाएका थिए।
1663227001.jpg)
1663226999.jpg)
1663226999.jpg)
1663226998.jpg)
1663226996.jpg)
1663226998.jpg)
1663226996.jpg)
1663226995.jpg)
1663226994.jpg)
1663226995.jpg)
1663226994.jpg)
1663226992.jpg)
1663226992.jpg)
तस्बिरहरु : मनिष अर्याल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।