काठमाडौँ–काठमाडौँ उपत्यकाको आकाश आज दिनभर नै धुम्मिएको छ।
वायु प्रदुषण र आकाशमा बाक्लो बादल भएका कारण उपत्यकाको आकाश धुम्म देखिएको जल तथा मौसम विज्ञान विभागले बताएको छ।
भोलि मंगलबारदेखि काठमाडौँमा हल्का वर्षा हुने सम्भावनासमेत रहेको विभागले बताएको छ।
छिमेकी देश भारतमा न्यून चापीय प्रणालीको विकास भएको र त्यसको प्रभाव नेपालमा समेत पर्ने सम्भावना रहेको जनाइएको छ।
आज पनि उपत्यकाका तीनै जिल्लामा वायु गुणस्तर सूचकांक ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) मानव स्वास्थ्यका दृष्टिले जोखिम तहमा पुगेको हो।

वायुमा विषाक्त कणको मात्रा उच्च भएपछि देशैभर श्वासप्रश्वास र अन्य स्वास्थ्य समस्या भएका बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरू बताउँछन्।
एक्यूआई २०० भन्दा माथि पुगेपछि मानव स्वास्थ्यका दृष्टिले निकै जोखिम मानिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।