• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
हस्तीको हार २ बहालवाला प्रधानमन्त्री किशुनजी पराजित, मंगला देवी र प्रकाशमान पनि असफल
64x64
डिबी खड्का मंगलबार, असोज ११, २०७९  १६:१६
1140x725

काठमाडौं– २०४८ सालको निर्वाचनमा कांग्रेसले २ सय ५ निर्वाचन क्षेत्रमध्ये १ सय १० सिट जित्यो। बहुमत ल्याएर फेरि सरकार बनाउने हैसियतमा पुगेको कांग्रेस ‘कमान्डर’ लाई मैदानमै छाडेर आएको विजयी सेना जस्तो भयो।

प्रधानमन्त्री तथा कांग्रेस कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई (किशुनजी) काठमाडौं-१ बाट पराजित भए। उनी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीसँग पराजित भएका थिए। भण्डारीले २७ हजार ३७२ मत पाउँदा भट्टराईले २६ हजार ६२१ मत मात्रै पाए।

२०१५ सालमा प्रचाराध्यक्ष अर्थात् ‘चुनावी कमान्डर’ का रुपमा भट्टराईले पराजय भोगेका थिए। त्यो समय हारेर पनि ३४ वर्षकै उमेरमा प्रथम जननिर्वाचित संसद्को सभामुख बन्ने अवसर पाए। २०४६ सालमा बहुदल आएपछि अन्तरिम सरकारको नेतृत्व गर्ने अवसर पाए। २०४७ सालको संविधान ल्याउनमा समन्वयकारी भूमिका खेले। 

राजनीतिक रुपमा उनको योगदान मूल्याङ्कनयोग्य नै थियो। त्यसैमाथि बहालवाला प्रधानमन्त्री समेत भएकाले हार्ने अनुमान गरेका थिएनन्। एमाले महासचिव भण्डारी काठमाडौं- १ का साथै काठमाडौं- ५ मा समेत उम्मेदवार थिए।

भण्डारीले काठमाडौं–५ मा कांग्रेसका उम्मेदवार हरिबोल भट्टराईलाई फराकिलो मतान्तरले पराजित गरे। जहाँ भण्डारीले २७ हजार ४७५ ल्याउँदा हरिबोल भट्टराईले १८ हजार ९२८ मत ल्याए।

सिंहका आमाछोरा नै पराजित
बहुदल प्राप्तीको आन्दोलनका ‘कमान्डर’ नेपाली कांग्रेसका सर्वोच्च नेता नेता गणेशमान सिंह २०४८ सालमा उम्मेदवार बनेनन्। तर, उनको परिवारबाट भने दुई जना उम्मेदवार कांग्रेसले पायो।

काठमाडौं- ३ मा कांग्रेस नेतृ तथा गणेशमान पत्नी मंगलादेवी सिंह उम्मेदवार बनिन्। काठमाडौं-४ मा पुत्र प्रकाशमान सिंहले टिकट पाए।

तर, उक्त निर्वाचनमा आमाछोरा नै पराजित भए। नेकपा एमालेकी उम्मेदवार सहाना प्रधानले प्रकाशमानलाई हराइन्। प्रधानले २८ हजार ६८० मत ल्याइन्। सिंहले १९ हजार ५०४ मत मात्रै प्राप्त गरे।

Ncell 2
Ncell 2

एमालेकै पद्मरत्न तुलाधरसँग मंगलादेवी पराजित भइन्। तुलाधरले २६ हजार ४८० मत पाए भने मंगलादेवीले २० हजार ११५ मत ल्याइन्। 

अहिले यी चर्चित नेता, जो त्यतिबेला पराजित भए
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई अहिले ५ वटा निर्वाचन क्षेत्रबाट चुनाव लड्नका लागि सिफारिस गरिएको छ। राष्ट्रिय राजनीतिमै प्रभावशाली उनी हार्ने सम्भावना निकै कम छ। तर, २०४८ सालमा यादवले विजेताले ल्याएको मतको एक तिहाइ मात्रै पाएका थिए।

नेकपा एमालेका तर्फबाट सुनसरी-४ मा उम्मेदवार बनेका उनले ८ हजार ६७२ मत पाउँदा नेपाली कांग्रेसका खलील मियाँले २४ हजार ३५० मत ल्याए।

हाल काठमाडौं-५ बाट निर्वाचन लड्दै आइरहेका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल धनुषा- ३ बाट पराजित भए। त्यही भूगोलमा रहेर भूमिगतकालीन राजनीति गरेका उनलाई कांग्रेसका आनन्द ढुंगानाले पराजित गरे। ढुंगानाको २० हजार ८७७ मत थियो भने पोखरेलको १४ हजार ३११ मात्रै।

माओवादी केन्द्रका वर्तमान महासचिव देव गुरुङ लमजुङ- १ मा संयुक्त जनमोर्चाका तर्फबाट उम्मेदवार थिए, तर सांसद बन्न सकेनन्। उनले १० हजार ७८९ मत ल्याउँदा कांग्रेसका रामचन्द्र अधिकारी १६ हजार ६७८ मतसहित विजयी भए।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमालेका वर्तमान उपसमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङ-२ बाट सांसद बन्ने प्रयास गरेका थिए। तर, उनलाई कांग्रेसका रामबहादुर गुरुङले १९ हजार ९२२ मत ल्‍याउँदै रोके। पृथ्वीसुब्बाको १२ हजार ८६१ मत आयो।

लोकतान्त्रिक समाजवादीका नेता राजेन्द्र महतोको सांसद बन्ने चाहनामा कांग्रेसकी मीना पाण्डेले पानी खन्याइन्। सर्लाही-२ मा पाण्डेले १० हजार ६८४ मत पाउँदा नेपाल सद्‍भावना पार्टीबाट उम्मेदवार बनेका महतोले ७ हजार ८२८ मत पाए।

कांग्रेस नेता कृष्ण सिटौला झापा- १ बाट उम्मेदवार थिए। तर, उनलाई एमालेका द्रोण आचार्यले हराए। आचार्यले १३ हजार ७२१ मत पाउँदा सिटौला ९ हजार ८२७ मै रोकिए।

नेकपा एमालेका चर्चित नेता जीवराज आश्रित पनि सांसद बन्न पाएनन्। गुल्मी-२ बाट उम्मेदवार बनेका उनलाई कांग्रेसका भागवत ज्ञवालीले पराजित गरे। आश्रितले २१ हजार ०११ मत ल्याए भने ज्ञवालीले २२ हजार ३६४ मत प्राप्त गरे।

माओवादी केन्द्रका वर्तमान उपमहासचिव तथा अर्थमन्त्री जनार्दन शर्मा रुकुम-१ बाट पराजित भए। उनलाई कांग्रेसका गोपाल शाहीले पराजित गरे। शर्माले ११ हजार १२६ र शाहीले १२ हजार ४४१ मत ल्याएका थिए।

एमालेका वर्तमान उपाध्यक्ष युवराज ज्ञवाली कांग्रेसका खुमबहादुर खड्कासँग पराजित भए। उनले दाङ-३ बाट १४ हजार ५९४ मत पाए भने खड्काले २४ हजार १०५ मतसहित जित हासिल गरे।

अहिले राप्रपा नेपालका अध्यक्ष रहेका र त्यतिबेला राप्रपाका उम्मेदवार रहेका कमल थापा पनि पराजित भएका थिए। उनी मकवानपुर- १ बाट एमाले उम्मेदवार कृष्ण दाहालसँग पराजित भएका थिए। दाहालले १४ हजार १८४ मत पाउँदा थापाले ९ हजार ८२५ मत मात्रै पाएका थिए।

यस श्रृङ्खलाका थप सामग्री :

हस्तीको हार १ : गणेशमान सिंहसँग पुष्पलाल पराजित, चुनाव हारेका भट्टराई सभामुख

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १६:१६
  • #चुनाव_२०७९
  • #हस्तिको हार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
सुनको मूल्य पुनः एक लाख ९० हजार नाघ्यो, चाँदीको कति ? बिहीबार, जेठ ८, २०८२
वाशिङ्टन डीसीमा इजरायली दूतावासका दुई कर्मचारीको हत्या बिहीबार, जेठ ८, २०८२
लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र बिहीबार, जेठ ८, २०८२
रूकुमपूर्व पुगे माओवादी अध्यक्ष प्रचण्ड बिहीबार, जेठ ८, २०८२
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण, यस्तो छ तापक्रमको आँकलन बुधबार, जेठ ७, २०८२
रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्