• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
हस्तीको हार ३ २०५१ मा सभामुख ढुंगानासहित केही मन्त्री रोकिए, डा रामवरण र सुशील कोइराला पराजित
64x64
डिबी खड्का बुधबार, असोज १२, २०७९  १९:२१
1140x725

काठमाडौं– बहुदलपछि २०४८ वैशाख २९ मा चुनाव भयो। कांग्रेसको स्पष्ट बहुमत रहेको सरकार आन्तरिक विवादमा फस्यो। परिणामतः सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राजा वीरेन्द्रलाई धन्यवाद दिने प्रस्ताव असफल भयो।

त्यससँगै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरे। जसअनुसार २०५१ कात्तिक २९ गते मध्यावधि निर्वाचन भयो।

सो चुनावमा सत्ताधारी नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायत २४ वटा दल सहभागी भए। जसमध्ये ५ वटा दलले मात्रै प्रतिनिधित्व सुनिश्चित गरे।

२०४८ सालको चुनावमा ६९ सिट मात्रै जितेको एमालेले ८८ सिट जितेर पहिलो दल बन्यो। सत्ताधारी कांग्रेस भने ११० बाट ८३ सिटमा खुम्चियो। राप्रपा ४ (गाई १,  हलो ३) सिटबाट २० (हलो) सिटमा पुग्यो।

२०४८ सालमा बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले हार बेहोरेका थिए। २०५१ मा सभामुख दमननाथ ढुंगाना हारे। भट्टराई मदन भण्डारीसँग पराजित भएका थिए भने ढुंगाना विद्या भण्डारीसँग पराजित भए।

बहुदलपछिको पहिलो संसद्का सभामुख बन्ने अवसर पाएका ढुंगाना काठमाडौं- २ बाट चुनाव लडेका थिए। अहिलेकी राष्ट्रपति भण्डारी पनि त्यही क्षेत्रमा चुनाव लडिन्। भण्डारी २१७६३ मत पाएर फराकिलो अन्तरले विजयी भइन्। ढुंगानाले जम्मा १३६४ मत पाए।

नेपालको पहिलो राष्ट्रपति बन्ने शौभाग्य प्राप्त भयो, डा रामवरण यादवलाई। २०४८ सालमा धनुषा- ५ बाट चुनाव जितेर आएपछि डा यादव स्वास्थ्य राज्यमन्त्री बनेका थिए। उनी २०५१ सालको मध्यावधिमा धनुषा- ५  बाटै उम्मेदवार बने। तर एमालेका रामलखन महतोसँग पराजित भए। महतोको १६ हजार ५९० मत थियो भने यादवको १५ हजार ८२६ मात्रै आयो।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रीमण्‍डलका अन्य २ जना मन्त्री पनि पराजित भए। स्याङ्जाबाट गोपालमान श्रेष्ठ र कास्की-१ बाट तारानाथ रानाभाट। पूर्वमन्त्री श्रेष्ठलाई एमालेका ध्रुव लम्सालले १४ हजार ८२० मत ल्याएर पराजित गरे। श्रेष्ठको १२ हजार २३६ मत मात्रै आयो।

Ncell 2
Ncell 2

रानाभाटलाई खगराज अधिकारीले पराजित गरे। अधिकारीको १९ हजार ९६५ मत थियो भने रानाभाटको १८ हजार ७१४ मत आयो।

पछि आएर नेपाली कांग्रेसका सभापति र प्रधानमन्त्री बने सुशील कोइराला। २०५१ सालमा भने उनी बाँके- २ बाट पराजित भए। उनलाई शान्ति समशेर राणाले ५ हजार मतले पराजित गरेका थिए। राणाको १५७११ मत आएको थियो भने कोइरालाले १०२२२ प्राप्त गरेका थिए।

२०५१ सालको निर्वाचनमा झापा- १ बाट कांग्रेस नेता कृष्ण सिटौला एमालेका पुष्पराज पोखरेलसँग १ हजार १४१ मतान्तरले पराजित भए। सिटौलाले १४ हजार ५११ ल्याउँदा पोखरेलले १५ हजार ६५२ मत ल्याए।

गणेशमानपुत्र प्रकाशमान सांसद बन्न दोस्रोपल्ट असफल भए। उनी काठमाडौं- ३ मा मनमोहन अधिकारीसँग प्रतिस्पर्धामा थिए। सिंहले ११३७८ मत पाउँदा अधिकारीले १५ हजार ६९२ मत पाएका थिए। यही कार्यकालमा अधिकारी ९ महिना १३ दिन प्रधानमन्त्री बने।

रुपन्देही- ३ मा एमालेका मोदनाथ प्रश्रितले कांग्रेसका बालकृष्ण खाँणसँग २०४८ सालको बदला लिए। खाँणले १५ हजार ३४५ मत मात्रै पाउँदा प्रश्रितले १९ हजार ६७५ मत ल्याएका थिए। यसैगरी सिराहा- २ बाट चित्रलेखा यादव पराजित भइन्। दार्चुलामा दिलेन्द्र बडू एमालेका प्रेमसिंह धामीसँग पराजित भए। भोजपुरबाट कांग्रेसका ज्ञानेन्द्र कार्कीले एमालेका हेमराज राईसँग पराजय भोग्नुपर्‍यो।

यसैगरी चित्रबहादुर केसी बाग्लुङ- २ बाट स्वतन्त्र उम्मेदवार थिए। कांग्रेसका मीनबहादुर खत्रीसँग २ सयभन्दा कम मतान्तरले हारे। केसीले १५ हजार ८९ मत ल्याएका थिए भने खत्रीले १५ हजार २८३ मत ल्याए। राजेन्द्र महतो कांग्रेसकी मीना पाण्डेसँग सर्लाही- २ मा दोस्रोपटक पराजित भए।

सिन्धुपाल्चोक- १ मा एमालेका अमृत बोहरासँग हारेका पशुपति शमशेर राणा सिन्धुपाल्चोक- ३ मा कान्छा लामालाई हराएर सांसद बने। मकवानपुर- २ मा एमालेका विरोध खतिवडालसँग पराजित कमल थापा मकवानपुर- २ एमालेका कृष्णप्रसाद दाहाललाई पराजित गरेर प्रतिनिधि सभामा आए।

२०४६ सालको जनआन्दोलनमा संयुक्त वाम मोर्चाको मानार्थ अध्यक्ष रहेका तुलसीलाल अमात्य पाँचौँ अधिवेशनपछि एमालेमा समाहित भएका थिए। एमालेले रौतहट- ३ बाट उनलाई उम्मेदवार बनाएको थियो, तर जिताउन सकेन। कांग्रेसका हरिहर यादवले १४ हजार ८९० मत ल्याउँदा अमात्यले १२ हजार ३६६ मत ल्याए।

एमालेले रुपन्देही- १ बाट उम्मेदवार बनाएका घनश्याम भूसाल कांग्रेसका दुर्योधन सिंहसँग पराजित भए। सिंहले १२ हजार ८१९ मत ल्याए भने भूसालले ११ हजार २४३ मत मात्रै पाए।


यो श्रृङ्खलाका अन्य सामग्री:

हस्तिको हार  १ : गणेशमान सिंहसँग पुष्पलाल पराजित,  चुनाव हारेका भट्टराई सभामुख

बहालवाला प्रधानमन्त्री किशुनजी पराजित, मंगला देवी र प्रकाशमान पनि असफल

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १९:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
वाशिङ्टन डीसीमा इजरायली दूतावासका दुई कर्मचारीको हत्या बिहीबार, जेठ ८, २०८२
लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र बिहीबार, जेठ ८, २०८२
रूकुमपूर्व पुगे माओवादी अध्यक्ष प्रचण्ड बिहीबार, जेठ ८, २०८२
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ बिहीबार, जेठ ८, २०८२
पाकिस्तानको एक स्कूल बसमा बम विष्फोट, ५ जनाको मृत्यु बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण, यस्तो छ तापक्रमको आँकलन बुधबार, जेठ ७, २०८२
रवि लामिछानेको मुद्दाको सुनवाइ आज स्थगित बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्