• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
शेखर समूहको दबाबले देउवालाई गठबन्धनमा बल 
64x64
नवीन झा आइतबार, असोज ९, २०७९  ०७:०५
1140x725

काठमाडौं– सत्तागठबन्धन भित्र सिट बाँडफाँटलाई लिएर रस्साकस्सी चलिरहँदा शनिबार नेपाली कांग्रेसको एउटा समूहका दोस्रो तहका नेताहरुले खबरदारी सभा गरे। उसो त आउँदो निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल गरेर अघि बढ्ने निष्कर्ष निकालेसँगै कांग्रेसभित्र शेखर कोइराला संशकित देखिए। उनले सार्वजनिक कार्यक्रमहरुमा त्यसपछि लगातार यस बारेमा प्रश्न उठाउँदै आए र कांग्रेसले सय सिट भन्दा तल झर्नु हुँदैन भन्ने अडान सार्वजनिक रुपमा राख्न थाले।

यो बीचमा शेखर कोइराला समूहका नेताहरुले कैयौंपटक आफ्नो समूहको बैठक गरेर पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई घच्घचयाइसकेका छन्। उनीहरुले पार्टीले लिने सिट र सभापतिले बाँड्ने टिकटकाबारेमा बारम्बार प्रश्न उठाउँदै आएका छन्। उनीहरुले त्यही कडी स्वरुप शनिबार खबरदारीसभा नै आयोजना गरे। शुक्रबार अनौपचारिक बैठक गरेका शेखर समूहका दोस्रो तहका नेताहरुले शनिबार खबरदारी सभा गरेर सिट बाँडफाँटबारे पार्टी नेतृत्वलाई चेतावनीमात्रै दिएनन् बरु न्यायोचित ढंगले  टिकट वितरण नभए विद्रोह गर्ने खुल्ला चुनौती पनि पार्टी नेतृत्वलाई दिए।

यसरी देख्दा पार्टीभित्रको तीव्र दबाबमा सभापति तथा प्रधानमन्त्री देउवा देखिन्छन्। समानुपातिक सूची गत सोमबार निर्वाचन आयोगमा बुझाएपछि मंगलबारदेखि पुन: सुरु भएको गठबन्धन बैठक अझै अल्मिएको छ।  शनिबार बोलाइएको बैठक त बस्नै सकेन। नेताहरुले बाहिर जे भने पनि सिट बाँडफाँटमा गठबन्धनलाई सकस परेको प्रष्ट देखिन्छ र कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवामाथिको पार्टीको आन्तरिक दबाबपनि एउटा प्रमुख कारक हो। देउवाले पार्टीभित्र विद्रोहको अवस्था रहेको भन्दै प्रचण्ड र गठबन्धनका अन्य नेताहरुसँग आफ्नो मजबुरी बुझिदिन बारम्बार आग्रह गरिरहेका छन्।

प्रचण्डसहित गठबन्धनका अन्य नेताहरु माधवकुमार नेपाल र उपेन्द्र यादव कांग्रेसलाई सक्दो कम सिटमा कसरी झार्न सकिन्छ किन भन्ने ध्येयमा देखिन्छन्। त्यही भएर शुक्रबार मात्रै प्रचण्ड, नेपाल र यादवले छुट्टै बैठक नै गरे। कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा सिट बाँडफाँटको क्रममा सय सिटलाई बटमलाइन बनाउने तर ९० भन्दा तल नझर्नेमा अडिग छन्। तर, गठबन्धनका नेताहरु कांग्रेसलाई ७५ देखि ८० सिटमा खुम्चाउन चाहन्छन्।

यसरी गठबन्धनभित्रै पनि प्रचण्ड, नेपाल र यादवको तीव्र दबाब झेलिरहेका देउवा आफ्नै पार्टीभित्रको एउटा समूहको लगातारको विरोधका कारण गठबन्धनभित्र आफ्नो अडानभन्दा तल नझर्न बाध्य भएका छन्। शनिबार शेखर कोइराला पक्षले आयोजना गरेको खबरदारी सभामा युवा नेता भूपेन्द्रजंग शाहीले भने, ‘सिट बाँडफाँटको नाममा हाम्रो टिकट काटियो भने पनि हामी निर्वाचनमा उम्मेदवार बन्छौं।’

Ncell 2
Ncell 2

शाहीले भनेकोजस्तो अवस्था अन्यत्र पनि विद्यमान रहेको स्वयम् कांग्रेस नेताहरुले बताउने गरेका छन्। यही अवस्थाको दबाबले होला गत बुधबार गठबन्धनका नेताहरुसँग देउवाले सिट बाँडफाँटमा बढी सकस देखिएको भन्दै सहजै तालमेल हुने ठाउँमा मात्र तालमेल गरेर अन्यत्र आ–आफ्नो ढंगले निर्वाचनमा जाने गरि सहमति  गर्न प्रस्ताव गरेको श्रोतले बतायो। बाहिर सार्वजनिक नभएपनि त्यसको अन्तर्य  कांग्रेसभित्रको असन्तुष्टि सम्बोधन नै रहेको देखिन्छ।

शेखर कोइराला समूहको निष्कर्षमा सय सिटभन्दा कम कांग्रेसले पाएको अवस्थामा आफ्नो समूहका नेताहरुले टिकट पाउने सम्भावना झनै न्यून भएर जाने छ भने जति बढी सिट कांग्रेसले पाउँछ आफनो समूहका नेताहरु त्यति बढी मात्रामा टिकट पाउने सम्भावना हुन्छ। 

शेखर कोइराला समूहका नेता गुरुराज घिमिरेले शनिबारको सभामा पनि त्यसको आभास आफ्नो सम्बोधनमा दिए। घिमिरेले सबै पार्टीहरुको टाउको मात्रै निर्वाचनमा मिलेर भाग लिए अन्य नेताहरुको र व्यवस्थाको के हुने भन्ने प्रश्न उठाए। उनले गठबन्धनको नाममा शीर्ष नेताहरुले अत्यन्तै जोखिमपूर्ण राजनीति गर्न खोजेको आरोप पनि लगाए। 

शेखर कोइराला समूहका नेताहरुले हालै निर्वाचनमा आयोगमा पार्टीले बुझाएको समानुपातिक नामावलीलाई पनि उदाहरणको रुपमा पछिल्लो समयमा प्रस्तुत गरेका छन्। सभापति देउवापक्षले आफना समूहका नेताहरुको नामक्रम संख्याहरुमा अगाडि राखेर अन्य नेताहरुलाई तलको क्रम संख्यामा राखेका छन्। 

समानुपातिकमा पाउने सिट संख्यामा माथिको क्रमबाट राख्ने निर्वाचन आयोगको व्यवस्था छ। जसबारे शेखर कोइराला समूह संशकित छ। शनिबार उनीहरुले त्यो पनि असोज १६ गतेभित्र सच्च्याउन माग गरेका छन्। शेखर कोइरालासहित यो पक्षका पदाधिकारीहरु उपस्थित नभएर दोस्रो तहका नेताहरु यस्ता बैठक र भेलाहरु गर्ने गरेका छन्। जानकारहरु चाहिं यस्ता भेला र बैठकहरुले पार्टी भित्रको दबाब झेलिरहका देउवालाई गठबन्धनमा बार्गेनिङ गर्न बल पनि पुगिरहेको बताउँछन्। 

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण मधेस भवनस्थित मुख्यमन्त्री निवासमा नवनियुक्त उद्योग वाणिज्य तथा पर्यटन मन्त्री कुशवाहा र वन तथा वातावरण मन्त्री यादवले पद तथा गोपनीय... बिहीबार, जेठ ८, २०८२
मधेशमा जनमतका सञ्जय वन र बसन्त उद्योगमन्त्री नियुक्त सरकारको नेतृत्व गरिरहेका जनमत पार्टीले  उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालयमा बसन्त कुमार कुशवाहा र वन तथा वातावरण मन्त्रालयमा सञ्ज... बिहीबार, जेठ ८, २०८२
निजामती कर्मचारीलाई 'कुलिङ पिरियड' लगाउनु असंवैधानिक रहेको मुख्यसचिव र सचिवहरूको दाबी प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले 'संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बन... बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो बिहीबार, जेठ ८, २०८२
मधेशका नवनियुक्त मन्त्रीद्वय यादव र कुशवाहाले गरे शपथपछि पदभार ग्रहण बिहीबार, जेठ ८, २०८२
ढोरपाटनका मेयर नेपालीलाई २० लाख धरौटीमा छोड्न आदेश बिहीबार, जेठ ८, २०८२
मधेशमा जनमतका सञ्जय वन र बसन्त उद्योगमन्त्री नियुक्त बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्