• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
#२०४८ देखिका सांसद बालकृष्ण खाण: अरुलाई त्यागको पाठ, आफूलाई सधैँ लाभ
64x64
नेपाल लाइभ सोमबार, असोज १०, २०७९  २१:००
1140x725

काठमाडौं– गत असोज ८ गते भैरहवामा शान्ति बुद्ध गुम्बा उद्घाटनका क्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनमा सबैलाई टिकट दिन नसकिने बताए। सिद्धार्थ गौतमले पनि त्याग नगरेको भए बुद्ध बन्न नसक्ने जिकिर गर्दै उनले अहिलेको त्यागले भविष्यमा अझै राम्रो स्थान दिलाउन सहयोग गर्ने भन्दै कार्यकर्तालाई त्याग गर्न आह्वान गरे।

‘यो संवेदनशील बेलामा शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नुपर्ने, नयाँ जनादेशले नयाँ राजनैतिक उचाई छुनुपर्ने संकल्पमा आफ्नो भूमिकाको खोजी गर्नु स्वाभाविक हो’, उनले भने, ‘तथापि कहिलेकाहीँ मुलुकका लागि, विचारका लागि एक कदम पछाडि पनि हट्नुपर्ने हुन्छ।’

अरुलाई त्यागको पाठ पढाउने उनै खाणले आफूले भने त्यस्तो पाठ पढ्न आवश्यक ठानेको देखिँदैन। २०४४ सालमा नेविसंघको केन्द्रीय अध्यक्ष र २०५४ सालमा नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष भएका उनी २०५६ सालदेखि नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए। उनी २०४८ सालदेखिका सांसद पनि हुन्। पहिलो पटक सांसद् बन्दा उनी केवल ३० वर्षका थिए।

२०४८ सालमा उनी रुपन्देही- ३ बाट निर्वाचित भएका थिए। त्यतिबेला उनले १६ हजार ७७८ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशरमणि पोखरेलले १४ हजार ६४० र नेपाल सद्‌भावना पार्टीका ओमकार नाथ दुवेले ३ हजार ५६१ मत पाएका थिए।

२०५१ को मध्यावधि निर्वाचनमा भने उनी पराजित भए। रुपन्देही- ३ मा भएको प्रतिस्पर्धामा एमाले उम्मेदवार मोदनाथ प्रश्रितले १९ हजार ६७५ मत पाउँदा खाणले १५ हजार ३४९ मत मात्रै पाए। राप्रपाका प्रदीप उदयले ५ हजार ४६२ मत पाए।

२०५६ मा भने खाण उम्मेदवार भएनन्।

२०६४ मा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा उनी रुपन्देही- ३ बाटै निर्वाचित भएका थिए। खाणले १६ हजार ७९० मत पाएका थिए। एमाले उम्मेदवार लिला गिरीले १५ हजार ४५८ र नेकपा माओवादी उम्मेदवार तेजकुमारी पौडेलले ११ हजार ५५४ मत पाएका थिए।

२०७० मा सम्पन्न दोस्रो संविधान सभाको निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट विजयी भएका थिए। त्यतिबेला खाणले १९ हजार ४८१ मत पाएका थिए। एमाले उम्मेदवार घनश्याम भुसालले १८ हजार ३९५ र राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार झमबहादुर गुरुङले ४ हजार ६२० मत पाएका थिए।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा खाण प्रत्यक्षतर्फ उम्मेदवार भएनन्, समानुपातिक सूचीमा बसे। समानुपातिकतर्फ रहे पनि उनी सांसद बन्ने निश्चित जस्तै थियो। किनकि, उनी खसआर्य समूहको पुरुषतर्फ पहिलो नम्बरमा थिए। सोही अनुसार सांसद पनि बने।

पार्टीभित्र देउवा समूहको बलियो खम्बा रहँदै आएका खाणले त्यस अनुसारको लाभ पनि पाइरहेको घटनाक्रमले देखाउँछ। सांसद मात्रै होइन, मन्त्री समेत भइसकेका छन्। उनी २०६१ मा गठित देउवा नेतृत्वको सरकारमा शिक्षा तथा खेलकुद राज्यमन्त्री भएका थिए। २०६६ मा गठित माधवकुमार नेपाल नेतृत्वको सरकारमा सिँचाइ मन्त्री भएका थिए। त्यस्तै, २०७३ मा गठित पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रक्षा मन्त्री भएका थिए। २०७८ मा गठित देउवा नेतृत्वको सरकारमा उनी गृहमन्त्री छन्।

अहिले त उनले श्रीमतीलाई पनि सांसद बनाउने प्रयास थालेको भनेर आलोचना खेपिरहेका छन्। समानुपातिक निर्वाचन प्रणालीतर्फ कांग्रेसको गत असोज ३ गते बुझाएको बन्दसूचीमा मञ्जु खाणको पनि नाम छ, उनी बालकृष्ण खाणकी श्रीमती हुन्। त्यसो त, मञ्जु खाण २०७४ को निर्वाचनमा पनि समानुपातिक सूचीमा थिइन्। उनको नाम खसआर्य समूहको महिलातर्फ आठौं नम्बरमा थियो। तर, उनी भने त्यतिबेला सांसद बन्न पाइनन्। 

[समानुपातिक प्रणालीबाट पटकपटक सांसद बन्नेहरुको जति चर्चा/आलोचना हुन्छ, प्रत्यक्षतर्फ सांसद बन्नेहरुको खासै हुँदैन। हुन त, व्यक्तिगत रुपमै लोकप्रिय नेता जनताबाट प्रत्यक्षरुपमा जति पटक अनुमोदन भए पनि के फरक पर्छ र? भन्ने बहस पनि हुने गरेको छ, तर दुवै प्रणालीबाट निर्वाचित हुनेहरु पार्टीगत लोकप्रियताभन्दा धेरै पर भने नहुने स्पष्टै छ। प्रत्यक्ष प्रणालीबाट एउटै व्यक्ति कति पटक सांसद बन्ने? यही बहसलाई सघाउ पुगोस् भनेर यो शृंखला सुरु गरेका छौँ। यसअन्तर्गत हामी २०४८ मै सांसद भइसकेका र अहिले पनि सांसद बन्ने प्रयत्नमा रहेका नेताहरुको विषयमा चर्चा गर्नेछौँ]


यस शृंखलाका अन्य सामग्रीहरू :

हृदयेश त्रिपाठी : ३ पार्टीबाट ५ पटक संसद्‌मा
डिनालाई हराएर संसद् यात्रा थालेका विरोध खतिवडा डिनासँगै सिट बाँडफाँटको चुनौतीमा

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  २१:००
  • ##२०४८ देखिका सांसद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
छानबिन समितिको बैठक : तोकिएको समयअघि नै कार्यसम्पन्न गर्ने सभामुखको विश्वास
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?
विपद प्रभावितलाई  तत्काल उद्धार र राहत सामग्री दिन सांसदहरुको माग
सम्बन्धित सामग्री
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
सर्केगाडको उपाध्यक्षमा माओवादीकी तिमल्सिना निर्वाचित उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
छानबिन समितिको बैठक : तोकिएको समयअघि नै कार्यसम्पन्न गर्ने सभामुखको विश्वास मंगलबार, असार २४, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
विपद प्रभावितलाई  तत्काल उद्धार र राहत सामग्री दिन सांसदहरुको माग मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार (भिडियो) मंगलबार, असार २४, २०८२
धेरैजसो कम्पनीको मूल्य बढे पनि घट्यो नेप्से परिसूचक मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्