काठमाडौं– देशका तीन प्रदेशमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। विभागका अनुसार हाल देशभर आंशिक बदली ररहेको छ।
मंगलबार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी प्रदेशमा आंशिक बदली रहनेछ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।